×

Nic Asia
Dabur
Prabhu Bank

सुन पसलको आवरणमा गैर कानूनी धन्दा– मंहगो ब्याजको लोभ देखाएर समानान्तर बैंक खडा !

विराटनगर | मंसिर १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मोरङको बेलबारी २ का टंकबहादुर कोइराला २०७८ कात्तिक ३ गते अमेरिकाबाट नेपाल आए । उनका छोरा-बुहारी अमेरिकामै छन् । पाँच महिना अमेरिका बसेपछि उनी घर फर्के । अमेरिका जानुभन्दा अगाडि उनले सुन्दरहरैचा १० का एक सुन व्यापारीकोमा ३ लाख रुपैयाँ बचत गरेका थिए । उनले १५ प्रतिशत व्याज आउने आशमा माेरङकै सुन्दर हरैचास्थित कमला ज्वलेर्समा रकम बचत गरेका थिए । सञ्चालक राजु विश्वकर्माले कोइरालालाई बचत गरेको प्रमाणका रूपमा पासबुक दिएका थिए । 

yONNEX
IME BANK INNEWS

यस्तै सुन्दरहरैचना १० की मनमाया राईले पनि बैंक तथा वित्तीय संस्थाभन्दा बढी ब्याज पाउने प्रलोभनमा परेर १२ लाख रुपैयाँ विश्वकर्माकोमा बचत गरेकी थिइन् । उनले छोरीलाई उच्च शिक्षा पढाउनको लागि विराटनगरमा रहेको १० धुर जग्गा बेचेर १८ प्रतिशत ब्याजमा २०७८ पुस ११ गते बचत गरेकी थिइन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

गाउँमै चिने जानेको सुनचाँदी पसलमा पहिला पनि कारोबार गर्ने गरेकाले विश्वासको आधारमा बचत गरेकाे राईले बताइन् । बचत गरेको समयावधि पुग्न लागेपछि पैसा झिक्न जाँदा पैसा नदिएपछि आफू ठगिएको थाहा पाएको उनले बताइन् । ​

सुन्दरहरैचा १० मा पोलट्री फर्म सञ्चालन गर्दै आएका इन्द्र पुरीको समस्या पनि उस्तै छ  । उनले पनि फर्मबाट आएको मुनाफा  बचत गरेको १० लाख रुपैयाँ राम्रो ब्याज पाउने लोभमा सुन पसलमा राखेका थिए । 


Advertisment
Lokantar App
Saurya island

सुन पसल सञ्चालक राजु विश्वकर्माबाट ठगिएका दुई दर्जन बढी सर्वसाधारण सोमवार जिल्ला प्रशासन कार्यालय मोरङमा आएका छन् । उनीहरूले बचत गरेको रकम पाउनुपर्ने र गैर–कानूनी रूपमा कारोबार गर्नेलाई कारबाही गर्न माग गरेका छन् । 

सुन पसलले सहकारीले जस्तै पासबुक छापेर बैंक र सहकारीको भन्दा आकर्षक ब्याज दिने भन्दै सर्वसाधारणबाट रकम संकलन गर्ने र घर र जग्गामा लगानी गर्ने गरेको पीडितहरूको आरोप छ । 

Vianet communication

सुन–चाँदीको कारोबार गर्ने अनुमति लिएको पसलले ज्वलर्सको आडमा गैर–कानूनी रूपमा सर्वसाधारणको बचत उठाएर बैंकिङ कारोबार गरी ठगी गरेको भन्दै पीडितहरू न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा आएका हुन् । ५५ जना सर्वसाधारणलाई १५ देखि २४ प्रतिशतसम्म ब्याज दिने प्रलोभनमा पारी ठगी गरेको भन्दै बचतकर्ताहरू प्रहरीको शरणमा आइपुगेका हुन् । 

५५ जना सर्वसाधारणको १ करोड ८० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको मोरङ प्रहरीका डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । ठगीसम्बन्धी उजुरी परेपछि प्रहरीले ज्वेलर्सका सञ्चालक विश्वकर्मालाई नियन्त्रणमा लिएको छ । सर्वसाधारणको रकम ठगी गरेको उजुरीको आधारमा केही सुनचाँदी व्यवसायी पक्राउ परेपछि अहिले उजुरी दिनेको संख्या बढेको उनले बताए । सुनचाँदी पसलको आडमा अवैध रूपमा बैंकिङ कारोबार पनि गरेपछि मोरङ प्रहरीले अदालतमा ठगीमा म्याद थप गरी अनुसन्धान शुरु गरेको जनाएको छ । 

विश्वकर्माको सुनचाँदी पसलमा १ लाखदेखि २० लाख रुपैयाँसम्म ब्याजमा लगाउने सर्वसाधारण रहेको अनुसन्धानबाट खुलेको छ । पसलमा आएर पैसा जम्मा गरेपछि विश्वकर्माले पास बुक दिने गरेका थिए । 

जिल्लामा विश्वकर्मा मात्रै हाेइनन्, सुनचाँदी पसलकाे आडमा वित्तीय काराेबार गर्नेकाे संख्या धेरै छ । यसअघि पनि उर्लाबारी नगरपालिका – ६ डिबी मार्गमा रहेको गौतम सुनचाँदी पसलका सञ्चालक राजेश भनिने गोपाल गौतमले तीन सयभन्दा बढी सर्वसाधारणले ब्याजमा लगाएको १२ करोड रुपैयाँ रकम लिएर फरार भएका थिए ।

यस्तै, मोरङको बूढीगंगा गाउँपालिकामा ‘चन्दा ज्वेलर्स’ नामको सुन पसल सञ्चालन गरिरहेका चन्दन स्वर्णकार र उनकी श्रीमती संगीता धितोमा राखिएको सुनचाँदी र बचत गरेको करोडौँ रुपैयाँ लिएर भागेका थिए ।

केही समयअघि नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो सीआइबीले अनुमति नै नलिई बैंकिङ कारोबार गरेको विभिन्न इन्भेस्टमेन्ट कम्पनी, सुन पसल, फेन्सी पसलमा छापा मारेपछि इटहरीका सुन पसल सञ्चालकहरूको पनि भागाभाग भएको थियो । केही समय कारोबार बन्द गरे पनि अहिले भने पुनः कारोबार सञ्चालन हुन थालेका छन् ।

नेपाल राष्ट्र बैंक ऐन–२०५८ ले निक्षेप उठाउने र ऋण लगानीको काम गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । ऐनको दफा ७६ (उपदफा १) मा ‘कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कुनै पनि प्रकारको निक्षेप लिन वा कर्जा दिन बैंकबाट तोकिएबमोजिम स्वीकृति लिनुपर्नेछ’ भन्ने उल्लेख छ ।

तर, ऐन कार्यान्वयनमा राष्ट्र बैंक र प्रहरी प्रशासनले सक्रियता नदिँदा सुनचाँदी व्यवसायीले गैर कानूनी रूपमा निक्षेप संकलन गर्ने तथा सुन धितो राखेर सर्वसाधारणलाई ऋण दिने काम निर्बाध रूपमा गर्दै आएका छन् । सुन पसलबाट कारोबार गरेका सर्वसाधारणहरूको लगानी नै जोखिममा पर्ने गरेको छ ।  

मोरङ प्रहरीका डीएसपी कार्की स्वीकृति नलिइकन सुन पसलहरूले बचत कारोबार गर्नु गैर–कानूनी भएकोले यस्ता पसल कारबाहीको दायरामा आउने बताए । ‘राष्ट्रिय बैंकबाट सुनचाँदी व्यापारीले बचत संकलन गर्नु तथा ऋण दिनु गैर–कानूनी हो’, उनले भने, ‘यस्तो भेटिए कानूनी दायरामा आउनेछन् ।’ उनले सर्वसाधरणहरूलाई कानूनी मान्यता पाएको बैंक सहकारीहरूबाट मात्र कारोबार गर्न आग्रह गरेका छन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ९, २०७९

प्रहरी महानिरीक्षक (आईजीपी)को रेसमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको भर्ना प्रक्रियालाई लिएर लागेको आरोप पुष्टि नहुने देखिएको छ । एआईजी ज्ञवालीको भर्ना प्रक्रियाका विषयमा प्रारम्भिक अ...

चैत ९, २०७९

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताएका छन् ।  एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको ...

चैत ९, २०७९

नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।  चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा ...

चैत ९, २०७९

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । परिसंघको गभर्निङ काउन्सिल समितिले अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो । परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्...

चैत ९, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरूको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन्।  बिहीवार सामुदायिक ...

चैत ९, २०७९

प्रहरीको काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जनालाई हिजो बुधबार पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले काठमाडौं महानगरपालिका - २४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ ला...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x