×

NMB BANK
NIC ASIA

लापसे र मापसे गरेर गाडी चलाउने चालकविरुद्ध मुद्दा

मंसिर १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रहरीले आफ्नो ज्यानका साथै विद्यार्थी एवं यात्रुको समेत जीउ ज्यानलाई जोखिममा पारेर मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) गरेर सवारीसाधान चलाउने चालकलाई कारबाही मात्रै होइन अब मुद्दा चलाउन थालेको छ ।

Muktinath Bank

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा सवारीसाधन जाँच अभियानका क्रममा स्कुलका बस चलाउने चालकले मापसे र लापसे गरेको फेला परेपछि त्यसविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको प्रहरीले सार्वजनिक अपराधका साथै सम्बन्धित कसुरमा मुद्दा नै चलाउन थालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए । ‘लागुऔषध र मापद पदार्थ खाएर सवारी चलाउनु यात्रुको जीउ ज्यानमा खेलवाड गर्नु हो । त्यसैले त्यसरी सवारी चलाउने चालकलाई मुद्दा नै चलाउन थालिएको छ’, उनले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केहीअघि मात्रै काठमाडौंको फर्पिङमा ना १ ज ८४६९ नम्बरको सुमो चालक काभ्रेपलाञ्चोकको पनौतीका ४४ वर्षीय नवराज केसीले मापसे गरेको फेला प¥यो । उनलाई प्रहरीले अभद्र व्यवहार गरेको आरोपसहित मुद्दा चलायो । उनीमाथि कीर्तिपुर प्रहरीले अदालतबाट म्याद थप गरेरै कारबाही प्रक्रिया अघि बढाएको छ । 


Advertisment
Nabil box
Kumari

आइतवार पनि त्यसैगरी लागुऔषध सेवन गरेर सवारीसाधन चलाएका पाँच चालक फेला परे । उनीहरुविरुद्ध पनि लागुऔषध सेवनको कसुरमा पाँच दिन म्याद थप गरेर मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ । लागुऔषध सेवन गरी सवारीसाधन चलाएको फेला परे पनि उनीहरुलाई काठमाडौंको तार्केश्वर नगरपालिका–८ शेषमती पुलबाट नियन्त्रणमा लिइएको थियो । 

Vianet communication
Laxmi Bank

यस्ता घटनाहरु पछिल्ला समयमा बढ्दो क्रममा देखिएकाले कडाइका साथ अभियान चालिएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र नेपाल प्रहरी अस्पतालको संयुक्त टोली नै यस अभियानमा खटिने गरेको छ ।

यसरी मुद्दा चलाइएकामा दीपेश सुनुवार, रोशन तामाङ, प्रलाद लामा, मोहन विक र अमित थापा मगर रहेका छन् । उनीहरुलाई किटको प्रयोग गरी पिसाब जाँच गर्दा लागुऔषध सेवन गरेको पाइएको थियो । उनीहरुमाथि प्रहरी वृत्त बालाजुले थप अनुसन्धान समेत गरिरहेको छ । मापसे र लागुऔषध सेवन गरी सवारीसाधन चलाउँदा दुर्घटना बढ्ने र यसले जीवन क्षतिको जोखिम पनि हुने भएकाले सम्भावित जोखिम कम गर्न उक्त अभियान थालिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए । रासस 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x