माघ १६, २०७९
सुखिपुर नगरपालिका –८ बस्ने राजेश चौधरीको कोल्ड स्टोर सप्लायर्सबाट बिभिन्न कम्पनीको रक्सी चोरी गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुखिपुर नगरपालिका &n...
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
मायाको शिवनाथ गाउँपालिका–६ को शिवनाथ मन्दिर नजिकै जङ्गलमा आधा घाँटी रेटेको अवस्थामा गत बुधबार शव फेला परेको थियो । सोही ठाउँकी १५ वर्षीया नेहा लुहारको घाँटीमा धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको अवस्थामा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको सिमानामा पर्ने लामाडाँगा भन्ने स्थानमा फेला परेकी थिइन् । उनको उपचार भइरहेको छ ।
सशस्त्र प्रहरीका जवानसमेत रहेका भरतलाई आइतबार कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएकामा आज सार्वजनिक गरेको हो । मृतक मायाका परिवारले कर्तव्य ज्यान मुद्दामा भरतको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।
प्रेमसम्बन्धमा रहेका माया र भरतबीच प्रेमसम्बन्धकै बारेमा खटपट हुँदा घटना भएको जनाएको छ । मायाको मोबाइल गत आइतबार भरतले आफ्नो नियन्त्रणमा राखेको र मायाको अन्य केटाहरूसँग पनि प्रेमसम्बन्ध रहेको शङ्कामा भरतले मायाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद थपेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । रासस
सुखिपुर नगरपालिका –८ बस्ने राजेश चौधरीको कोल्ड स्टोर सप्लायर्सबाट बिभिन्न कम्पनीको रक्सी चोरी गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुखिपुर नगरपालिका &n...
आफ्नै बुवा भोटखोला गाउँपालिका –५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या गरेको अभियोगमा २८ वर्षीय प्रेमकुमार राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा प्रेमकुमारले लाठी प्रहार गरी...
भारी मात्रामा अवैध मदिरासहित प्रहरीले ३ जनालाई ललितपुरबाट पक्राउ गरेको छ। नक्कली रक्सी बनाउने गरेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो ललितपुरको महालक्ष्मीस्थानबाट प...
कर्तव्य ज्यान मुद्दाका फरार २ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका –१ बस्ने ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षीय बहादुर तामाङ रहेका छन्...
नेपाल प्रहरीमा सरुवासम्बन्धी नयाँ कार्यविधि लागु हुने भएको छ। नयाँ कार्यविधिअनुसार इन्चार्ज जाने प्रहरी अधिकृतले एउटा दर्जामा २ पटक भन्दा धेरै नपाउने व्यवस्था गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालय उच्च स्रोत...
श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ गरेका छन्। भोजपुर अरुण गाउँपालिका-२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञान बहादुर श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । ज्ञान बहादुरले मादक पदार्थ सेवन गरी&n...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...