×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

नजर नयाँ सरकारतिर : सत्ता गठबन्धन एकमत, एमाले पनि मौका हेर्दै

मंसिर २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको सबै मतगणना मंगलबार सकिने भएको देखिएको छ । प्रत्यक्षतर्फको मतगणना सोमबार सकिइसकेको छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ । सो प्रणालीतर्फ अब स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको केही मतगणना हुन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । 

Muktinath Bank

मतगणनाको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट संख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्नेछ । सोका लागि दलहरूले प्रतिनिधि सभातर्फ सात दिन र प्रदेश सभातर्फ तीन दिन समय पाउनेछन् ।
००००
यसैबीच प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका १६५ सिटमध्ये ५७ सिट जित्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ । नेकपा एमालेले ४४ सिट जितेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा माओवादी केन्द्रले १८ सिट, नेकपा एकीकृत समाजवादीले १० सिट, जनता समाजवादी पार्टी नेपालले ७ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट र राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेका छन् ।
प्रत्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट, नागरिक उन्मुक्ति पार्टीले ३ सिट, राष्ट्रिय जनमोर्चाले १ सिट, नेपाल मजदुर किसान पार्टीले १ सिट, जनमत पार्टीले १ सिट र स्वतन्त्र उम्मेदवारले ५ सिट जितेका छन् ।
००००
नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारमा सहभागी चार दलले यही गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका छन् । सोमवार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गठबन्धनलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै संयुक्त वक्तव्य जारी गरेका छन् ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । 
‘आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’, चार दलका शीर्ष नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

Vianet communication
Laxmi Bank

बैठकमा चुनावको नतिजाको समीक्षा भएको छ । सरकार गठनका बारेमा भने सांसदहरूको शपथपछि मात्र छलफल हुने महासचिव गुरुङले जानकारी दिए ।
००००
यसैबीच एमालेले पनि गठबन्धन टुटाएर सरकार बनाउन सकिन्छ कि भनेर पहल गरिरहेको छ।  सत्ता गठबन्धनले भन्दा एमालेको गठबन्धनका कम सिट भएकाले गठबन्धनलाई बहुमत जुटाउन सहज देखिन्छ । तर, गठबन्धनमा खेलेर आफ्नो नेतृत्वमा सरकार बनाउन एमालेले पहल गरिरहेको हो।  त्यसका लागि एमालेले राजनीतिक लबिङलाई तीव्र बनाइरहेको छ ।

 यहीक्रममा एमालेका सचिव रघुवीर महासेठले नेकपा माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।  महासेठले सोमवार दिउँसो खुमलटारस्थित निवासमै पुगेर प्रचण्डको निवासमै पुगेका थिए । 
 निर्वाचनको परिणाम अनुसार कुनै पनि एक दलको मात्रै बहुमत नपुग्दा फेरि पनि गठबन्धन बनाएर नै सरकार बनाउने स्थिति छ । जसकारण पनि नयाँ सरकारको नेतृत्वको चासो र चिन्ता नागरिकमा उत्तिकै बढेको छ । 
त्यस्तै राष्ट्रपति र उपराष्ट्रपति को बन्ला भन्ने चासो समेत आम मानिसमा छ । ५ वर्षका लागि चुनिने राष्ट्रपति र उपराष्ट्रपति को बन्ला भन्ने कौतुहहलता हुन स्वभाविक पनि हो । 

राष्ट्रपतिको निर्वाचन हुनका लागि पहिलो कुरा त सम्पूर्ण प्रत्यक्ष समानुपातिक मत परिणाम आइसक्नुपर्छ । त्यसपछि बहुमत बनाएर कुनै एक दलको नेतृत्वमा सरकार गठन हुन्छ । सरकार गठन भइसकेपछि संघीय संसदको बैठक बसेको १५ दिनमा सभामुख र उपसभाममुख चुन्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । त्यसपछि मात्रै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु हुन्छ ।
००००
नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ । भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको हो ।

आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा भएको थियो । ढुङ्गामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक घाइते भएका थिए । सीमामा भारत पक्षले एकतर्फी महाकाली नदीको धार फर्किने गरी तटबन्ध निर्माण कार्य सुरु गरेपछि नेपालतर्फ खलङ्गाका स्थानीयहरूले आइतबार चर्को विरोध गरेका थिए ।

सीमा तटबन्धकै विषयमा केन्द्रित रहेर अधिकारीहरूबीच छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । छलफलमा दार्चुलाका प्रअजिअ उपाध्यायले तटबन्ध निर्माण गर्दा दुवै देशलाई कुनै हानिनोक्सानी हुने गरी काम नगर्न आग्रह गरे ।  

छलफलमा विवाद भएको ठाउँमा तत्काल तटबन्ध निर्माण नगर्ने र विवाद नभएको ठाउँमा मात्र निर्माण गरिने सहमति भएको सहायक प्रजिअ हेमन्ती साउदको भनाइ छ ।
००००
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
००००
गण्डकी प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । सोमवार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा मनाङे मनाङबाट प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए । मनाङेले नेकपा एसको नीति र सिद्धान्त आफ्नो नीति र सिद्धान्तसँग मेल खाएकाले पार्टी प्रवेश गरेको उल्लेख गरेका छन् ।
००००
नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सोमबार छुट्टाछुट्टै भेट गरी मुलुकको अर्थतन्त्र जोखिमोन्मुख रहेकाले जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
००००
निरन्तर रूपमा उतारचढाव भइरहेको नेप्से परिसूचक साताको दोस्रो कारोबारका दिन (सोमवार) पनि उच्च अंकले गिरावट आएको छ । सोमवार नेप्से परिसूचक २४.४६ अंक घटेर १९३८.७६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.१९ अंक, फ्लोट इण्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंक घटेको छ ।
००००
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि संघीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय तहमा सञ्चालन गरिने आयोजना तथा कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ । 

आयोगले सोमबार प्रदेश सरकार र स्थानीय तहलाई सूचना जारी गर्दै आगामी आर्थिक वर्षको संघीय बजेटमा पर्नेगरी समपूरक र विशेष अनुदानबाट सञ्चालन हुने योजना तथा कार्यक्रमको प्रस्ताव पेस गर्न भनेको हो । त्यस्ता आयोजना तथा कार्यक्रमको प्रस्तावसहितको विवरण प्रदेश सरकार र स्थानीय तहले आगामी पुसमसान्तभित्र आयोगमा पठाइसक्नुपर्नेछ ।
००००
बागमती नदी किनारका सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन् । सोमवार सयौँको संख्यामा उपस्थित सुकुम्वासीहरूले माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म शान्तिपूर्र्ण यालीसहित विरोध प्रदर्शन गरेका हुन् । 
उनीहरूले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चतता, भूमिहीनहरूको सुरक्षित बसोवास व्यवस्थापन गर्नुपर्नेलगायतका माग राखेर विरोध जनाए । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा र नेपाल महिला एकता समाजको आयोजनामा विरोध कार्यक्रम आयोजना गरिएको हो । आफूहरूको माग पूरा गर्नुपर्ने शर्तसहित आन्दोलनमा उत्रिएका सुकुम्बासीहरूले वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास सह्य नहुने चेतावनी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x