×

NMB BANK
NIC ASIA

वार्षिक १२ अर्बको हस्तकलाका सामग्री निर्यात

मंसिर २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

वार्षिक रुपमा रु १२ अर्ब बराबरको हस्तकलाका सामग्री विश्व बजारमा निर्यात हुँदै आएको छ । नेपालमा उत्पादित ती सामग्रीहरू विभिन्न मुलुकमा निर्यात हुँदै आएको नेपाल हस्तकला महासङ्घले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

महासङ्घका अनुसार विश्वका ६० भन्दा बढी मुलुकमा वार्षिक रु १२ अर्ब मूल्य बराबरको हस्तकला निर्यात हुने गरेको छ । आज  आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले देशको व्यापार घाटा कम गर्दै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन हस्तकला क्षेत्रले महत्वपूर्ण योगदान गरेको दावी गरे । “स्वदेश तथा विदेश गरेर वार्षिक झण्डै रु २४ अर्ब बराबरको हस्तकला कारोबार हुँदै आएको छ, यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आठ लाखलाई रोजगारी प्रदान गर्दै आएको छ”, अध्यक्ष शाक्यले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई स्वदेश तथा विदेशी बजारमा प्रवद्र्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले आगामी मङ्सिर २३ देखि २७ गतेसम्म होटल ह्यातमा १९औँ हस्तकला व्यापार मेला तथा १७ औँ हस्तकला प्रतियोगिता हुनेछ ।


Advertisment
Nabil box
Kumari

नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ता बीचमा व्यावसायिक सम्बन्ध, विकास, विदेशी हस्तकला आयातकर्ता र उपभोक्तलाई एकै स्थानमा भेला गराइ हस्तकला वस्तुको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्य रहेको छ । मेलामा एक सय ३० व्यापारिक कक्ष राखिने मेलाका संयोजक दिल्लीरत्न तुलाधरले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

उनका अनुसार मेलामा एउटै छातामुनी हस्तकला वस्तुको प्रदर्शनी, उत्कृष्ट व्यापारिक कक्ष प्रतियोगिता, परम्परागत र नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अमूर्त सांस्कृतिक सम्पदाको उजागर, जेष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान, अग्रणी निर्यातकर्तालाई सम्मान गरिनेछ ।
    
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपालको निर्यात क्षेत्रमा हस्तकला क्षेत्रको ६ प्रतिशत योगदान रहेको बताउँदै आगामी दिनमा यसलाई बढाउन आवश्यक रहेको बताए । उनले सीप भएका कलाकारलाई राज्यले सम्मान गरेमात्र यो क्षेत्रले अझै गती लिने विश्वास व्यक्त गरे ।

यसैवर्ष हस्तकला महासङ्घले स्वर्ण जयन्तीसमेत मनाउन लागेको छ । स्वर्णजयन्तीका अवसरमा महासङ्घले हस्तकलासम्बन्धी अन्तक्र्रियात्मक कार्यक्रम, रक्तदान, वृक्षारोपण, ज्येष्ठ कलाकारलाई सम्मानलगायत कार्यक्रमको आयोजना गरेको अध्यक्ष शाक्यले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x