माघ १५, २०७९
भारी मात्रामा अवैध मदिरासहित प्रहरीले ३ जनालाई ललितपुरबाट पक्राउ गरेको छ। नक्कली रक्सी बनाउने गरेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो ललितपुरको महालक्ष्मीस्थानबाट प...
राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप ४ हजार ३९४ निवेदन परेका छन् ।
गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबूक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन दिएका हुन् ।
आयोगले साउन पहिलो हप्ता निकालेको सूचनाका आधारमा ३२७ जनाको निवेदन परेको भए पनि दोस्रोपटक निकालेको सूचनामा ४ हजार ६७ जनाले निवेदन बुझाएका हुन् ।
आयोगको सूचनाअनुसार नेपाल सरकारले गठन गरेको आयोग, कार्यदल र समितिबाट वितरण गरेका जग्गाको स्वामित्व वा दर्ता श्रेस्ता एवं नक्सा प्रमाणित लगायतका विषयमा समस्या भएकाहरूले निवेदन दिएको आयोगले जनाएको छ ।
विगतका आयोगले, समिति कार्यदलका बाँकी काम सम्पन्न गर्नका लागि आवश्यक प्रमाणसहित उनीहरूले निवेदन दिएको कार्यालयकी नायब सुब्बा कल्पनाकुमारी कुँवरले जानकारी दिइन् ।
थपिएका निवेदनसँगै आयोगको जिल्ला कार्यालयमा ८ हजार ५२६ जनाको निवेदन परेको उनले जानकारी दिए । आयोगको शुरूआती समयमा ४ हजार १३२ वटा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन परेको थियो ।
तीमध्ये अहिलेसम्म १७९ जनाले जग्गाधनी प्रमाण पुर्जा पाइसकेका छन् भने अन्यको प्रक्रियामा रहेको उनले बताए । आयोगले अहिले जिल्लाका कालिका नगरपालिका, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा कामलाई तीव्रता दिएको छ ।
यसअन्तर्गत माडी नगरपालिकामा ९०० कित्ताको नाप नक्सा भइसकेको छ भने कालिका नगरपालिकामा ३ हजार ९९४ कित्ता अर्थात् १३ लाख ८१ हजार ६१६ दशमलव ९ वर्गमिटरको नाप नक्साको काम सकिएको छ ।
भरतपुर महानगरपालिकामा १७ लाख ७३ हजार ५२९ दशमलव ८६६ वर्गमिटर जग्गाको नाप नक्सा सकिएको कुँवरले बताइन् । अहिले इच्छाकामना र रत्ननगरमा सम्झौताको काम भइरहेको कार्यालयले जनाएको छ । अन्य पालिकामा स्थलगत काम भइरहेको छ ।
भारी मात्रामा अवैध मदिरासहित प्रहरीले ३ जनालाई ललितपुरबाट पक्राउ गरेको छ। नक्कली रक्सी बनाउने गरेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो ललितपुरको महालक्ष्मीस्थानबाट प...
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पवित्र भूमि लूम्बिनिमा अपवित्र काम किन ? भन्ने प्रश्न गरेका छन्। आज मन्त्रलयमा लुम्बिनी विकास कोषको ब्रिफिङ लिइसकेपछि निर्देशनात्मक भनाइ राख्दै मन्त्री किरातील...
सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बताएका छन्। आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्...
भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरको मख्य गर्भगृहमा राख्न भगवान् रामको बालापन निर्माणका लागि कालीगण्डकी नदीबाट भारत पठाउन लागिएको शिला जनकपुरधाम पुगेको छ । शनिबार साँझ जानकी मन्दिरमा ल्याइएको...
पोखरामा पनि एक युवकले आफ्नै शरीमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन्। पोखरा महानगरपालिका- १३ बस्ने युवाले आज आइतबार बिहान शौचालयमा गएर आफ्नो शरीरमा आगो लगाउन खोज्दा उनलाई उद्धार गरिएको छ। ...
काठमाडौंको स्वयम्भूमा ट्यांकरको ठक्करबाट स्कूटर चालकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू चमतीमा प्रदेश प्रदेश ३-०१-००३ क ७५१२ नम्बरको ट्यांकरले बा ८१ प १७८६ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...