माघ १९, २०७९
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार चारवटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो । ...
काठमाडाैं | मंसिर २१, २०७९
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद् सचिवालयमा दर्ता भएको महाभियोग निष्कृय भएको छ ।
संघीय संसद् सचिवालयले बुधवार जबरालाई महाभियोग निष्कृय भएको पत्र दिएको हो । ‘हिजो उहाँले निवेदन दिनुभएको थियो, आज सचिवालयले महाभियोग निष्कृय भयो भनेर पत्र दिएका छौँ’, संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले लोकान्तरलाई जानकारी दिए ।
संसद् सचिवालयले जबरालाई दिएको पत्रमा भनिएको छ, ‘महाभियोगको प्रस्ताव तत्कालिन प्रतिनिधि सभामा पेश, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मंसिरमा नयाँ प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेकोले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर जवराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्रसमेत निष्प्रभावी भएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु ।’
संसद् सचिवालयले प्रधानन्यायाधीशलाई दिएको पत्रका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषदसमेतलाई जानकारी गराएको छ ।
चोलेन्द्रविरुद्ध सत्ता गठबन्धनले २०७८ फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेको थियो ।
महाभियोगमाथिको कारवाही नटुंगिँदै संसदको कार्यकाल सकिएपछि २०७९ असोज १ गते महाभियोग सिफारिश समितिले अर्को प्रतिनिधिसभाले अगाडि बढाउने गरी प्रस्ताव जिम्मा लगाएको थियो ।
अर्को प्रतिनिधिसभाको बैठक बस्नुअगावै चोलेन्द्रको कार्यकाल सकिँदै थियो ।
यसअघि संसदको कार्यकाल सकिएपछि चोलेन्द्रले सर्वोच्चमा हाजिर हुन प्रयास गरे पनि सरकारले सहयोग गरेको थिएन ।
चोलेन्द्रले आफूलाई बालुवाटारस्थित निवासमै नजरबन्दमा राखेको आरोप समेत लगाएका थिए । त्यसयता चोलेन्द्र चुपचाप त्यहीँ निवासमा बस्दै आएका थिए ।
हेर्नुहाेस् संसद् सचिवालयले जबरालाई दिएकाे पत्र
जबराले संसद् सचिवालयमा दिएकाे निवेदन
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार चारवटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो । ...
अर्थ मन्त्रालयले सहसचिवहरुको कार्यविभाजन गरेको छ। मन्त्रालयले बिहीबार कार्यविभाजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जानकारी दिएको छ। जसअनुसार श्रीकृष्ण नेपाल आर्थिक सहायता समन्वय महाशा...
बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा आज दिउँसो यात्रुबाहक बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्ड...
काभ्रेमा बसको ठक्करले ८ वर्षीया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले बस जलाइदिएका छन्। आज दिउँसो बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद्ध नगरपालिका-७ स्थित २० किलो,भकुण्डेवेशीमा बालिकाला...
मोरङको सुन्दरहरैँचा नगरपालिका– १० मा लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले विगत एक महिना अगाडि वन कार्यालयमा लगाएको ताला अझै खुल्न सकेको छैन। व...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेर बहादुर देउवा नेतृत्वको सरकारलाई नालायक सरकारको संज्ञा दिएका छन् । डेढ वर्ष एउटा नालायक सरकार बन्दा अर्थतन्त्र ध्वस्त नै भएको ओलीले आरोप लगाएका छन्। विर...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...