×

NMB BANK
NIC ASIA

सौगात मल्ल : फिल्म चलोस्–नचलोस् अफरको ओइरो, असारसम्मलाई छैन समय

मंसिर २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

वर्ष २०७९ मा सौगात मल्लका ७ वटा फिल्म प्रदर्शनमा आइसके । वैशाखमा प्रदर्शनमा आएको ‘मन्त्र’देखि कात्तिकमा प्रदर्शनमा आएको ‘लाखे’सम्म आउँदा २ वटा फिल्म मात्र हिट भए । बाँकी ५ फिल्मले प्रदर्शनपछि फ्लपको ट्याग लगाउनुपर्‍यो । 

Muktinath Bank

यद्यपि, हिटभन्दा फ्लप फिल्म दोब्बर बढी दिए पनि सौगातलाई यसले असर गरेको भने देखिँदैन । त्यसैले त फिल्म चलोस्–नचलोस् उनको हातमा फिल्म नै फिल्म छन् । हिजोआज पनि दिनहुँ कोही न कोही निर्माता एवं निर्देशक अफर लिएर उनीकहाँ पुगिरहेका छन् ।  तर, अब सौगातले नयाँ फिल्मलाई साउनभन्दा अगाडि समय दिनसक्ने अवस्था भने छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले साइन गरिसकेका फिल्मको संख्या ठूलो छ । यद्यपि, तत्काल निर्माण हुने फिल्महरू हेर्दा सौगात असारसम्मका लागि ‘प्याक’ भइसकेका छन् । मंगलबार सौगातलाई भेटेका एक निर्देशकले लोकान्तरसँग भने, ‘उहाँको हातमा कति धेरै फिल्म हुन् । असारसम्म प्याक भइसक्नुभएको रहेछ ।’


Advertisment
Nabil box
Kumari

सौगातले ति निर्देशकलाई बताएअनुसार पुस महिनाभर उनले कुनै फिल्ममा अभिनय गर्ने छैनन् । त्यसपश्चात शुरुवातमा उनले निश्चत बस्नेतको निर्देशनमा बन्ने ‘अनटाइटल’ फिल्ममा अभिनय गर्नेछन् । लेखक एवं समीक्षक यज्ञशको लेखन रहने फिल्ममा खगेन्द्र लामिछानेको पनि सहकार्य हुँदैछ । 

Vianet communication
Laxmi Bank

निश्चलको फिल्मपश्चात सौगातले ‘दुई नम्बरी’निर्माताको नयाँ फिल्म ‘हात्तीछाप’मा अभिनय गर्ने सम्भावना देखिन्छ । उनलाई उक्त फिल्मको कथा र टिम पनि मन परेको छ । त्यसपश्चात सौगातले फिल्म ‘हरि’ निर्माण टिमले बनाउने फिल्मलाई समय दिनेछन् । केही वर्षअघि प्रदर्शनमा आएको विपिन कार्की अभिनित ‘हरि’ समीक्षात्मक रुपमा सफल मानिन्छ । 

फिल्म निर्देशक मनोज पण्डित र अभिनेता सौगातबीच पनि नयाँ फिल्ममा सहकार्य हुने तयारी छ । मनोज र सौगातले यसअघि ‘दासढुंगा’ र ‘बधशाला’मा सहकार्य गरेका थिए । सौगातले आफ्नै प्रोडक्सन हाउसबाट अर्को एउटा फिल्म बनाउने सोँच पनि बनाएका छन् । यद्यपि, त्यसका लागि भने समय लाग्ने बताइएको छ । 

सौगात मल्ल नेपाली फिल्मका यस्ता अभिनेता हुन्, जो सिधैं सुटिङमा जाँदैनन् । पात्रको तयारीका लागि केही समय लिने अथवा वर्कशपमा बस्ने उनको बानी छ । त्यसकारण पनि यी फिल्मका लागि कम्तिमा ६ महिना समय लाग्ने देखिन्छ । त्यस हिसाबले सौगातले साउनभन्दा अघि नयाँ अन्य फिल्ममा अभिनय गर्ने सम्भावना एकदमै कम छ । अब, उनलाई फिल्मको प्रस्ताव लिएर पुग्ने निर्माता एवं निर्देशकहरूले साउनसम्म कुर्नुपर्नेछ । त्यसका लागि पनि सौगातलाई फिल्मको कथा चित्त बुझ्नुपर्‍यो ।

सौगातले कथा चित्त नबुझेका थुप्रै फिल्महरू अस्वीकारसमेत गर्दै आएका छन् । वास्तवमा उनी छनोट गरेरै फिल्ममा अभिनय गर्न चाहन्छन् । ‘तर, कतिपय साथीभाइको अनुरोधलाई अस्वीकार गर्न सकिँदोरहेनछ’, केही महिनाअघि सौगातले लोकान्तरसँग भनेका थिए,  ‘जसका कारण पनि मेरो फिल्महरू धेरै आएका हुन् । यद्यपि, कतिपय फिल्म चल्दैनन् भन्ने पहिल्यै महसुस भइसकेको हुन्छ ।’

निश्चल बस्नेतको फिल्म ‘लुट’मा ‘हाकु काले’ पात्रको भूमिका निर्वाह गरेसँगै सौगातको चर्चा र लोकप्रियता ह्वात्तै चुलिएको हो । त्यसयता, उनी नेपाली फिल्ममा रोजाइका अभिनेतामा पर्दै आएका छन् । अहिलेको सन्दर्भलाई हेर्दा उनको नामले मात्रै हलसम्म दर्शकको ठूलो भीड तानिने गरेको देखिँदैन, तर उनीप्रति निर्माता एवं निर्देशकको विश्वास भने गज्जबकै देखिने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x