माघ १९, २०७९
सरकारमा सहभागी तेस्रो ठूलो दल रास्वपा सरकारबाट तत्काल नबाहिरिने भएको छ। आज साँझ अबेरसम्म बसेको पार्टीको बैठकले सरकारमै रहने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिए। बैठक जार...
नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिएका छन् । बुधवार एकान्तकुना ललितपुरस्थित काठमाडौं चक्रपथ सुधार योजनाको कार्यालयमा पुगेर उनले चक्रपथ विस्तारको सम्बन्धमा भइरहेको कामबारे जानकारी लिए ।
नेता पौडेलले चक्रपथ विस्तारको काममा ढिलासुस्ती हुँदा आम नागरिकलाई समस्या परिरहेको भन्दै छिटोभन्दा छिटो बाँकी रहेका कामलाई अगाडि बढाउन निर्देशन दिए । उनले विष्णुमति र सामाखुशी खोलामा वर्षातको समयमा पानी बढी भएर त्यस क्षेत्रमा डुबानको समस्या हुने गरेको भन्दै सडक विस्तारको क्रममा ढल निकासको समस्यालाई पनि समाधान गर्न आग्रह गरे । उनले चक्रपथ विस्तार गर्दा ढल निकासको समस्यालाई पनि समाधान हुनेगरी गर्नुपर्ने बताए ।
‘रिङरोड वरिपरि ५० मिटरभित्र सामानहरू हटाउन, सफा गर्न १५ दिने सूचना जारी गरेको छ यो कार्यालयले । तोकिएको समयभित्र उहाँहरूले सफा गर्ने भन्नुभएको छ । विष्णुमति खोला, सामाखुशी खोलालगायत थुप्रै खोलाहरू वर्षातमा पानी बढेर बस्ती नै डुबानमा पर्ने स्थिति छ । ढलको क्षमता असाध्यै कम भएको कारणले बस्ती डुबानमा पर्ने स्थिति छ । सडक निर्माणको क्रममा जुन ढल निकासको प्रबन्ध हुन्छ, त्यो प्रबन्ध अलि बढी क्षमताको होस् । अहिलेको समस्या हल हुनेगरी होस् । ढल निकासको समस्यालाई रिङ रोड विस्तारको क्रममा ध्यान दिएर समाधान गरियोस् भनेर हामीले कुरा ग¥यौँ’, पौडेलले भने ।
नेता पौडेलले स्थानीय समस्याहरूको समाधान गर्दै दोस्रो चरणको कलंकीदेखि वसुन्धरासम्मको सडक विस्तारको काम र तेस्रो चरणको बसुन्धरादेखि चाबहिलसम्मको कामलाई पनि तत्काल शुरु गर्न आग्रह गरे । उनले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयलगायतका सरोकारवाला निकायहरूसँग पनि आफूहरूले कुरा गर्ने भन्दै चक्रपथ विस्तारलाई छिटो अगाडी बढाउने परिस्थिति निर्माण गर्न लागि पर्ने बताए ।
सरकारमा सहभागी तेस्रो ठूलो दल रास्वपा सरकारबाट तत्काल नबाहिरिने भएको छ। आज साँझ अबेरसम्म बसेको पार्टीको बैठकले सरकारमै रहने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिए। बैठक जार...
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । आज (बिहीबार) साँझ अबेसम्म करिब साढे चार घण्टा लामो समयसम्म बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि प्रव...
पार्टी सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछिको विकसित घटनाक्रमबारे टुंगोमा पुग्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकस परेको छ । नागरिकता प्रकरणमा सांसद र मन्त्री पद खारेज भए पनि पुनः गृहमन्त्री बन्न पाउनुपर्न...
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । पा...
एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा...
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने तयारी गरेपछि सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलिसम्मको लागि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बिहीबार अपराह्न ४ बजेका ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...