×

NMB BANK
NIC ASIA

चिनियाँ राष्ट्रपति सी साउदी अरबको भ्रमणमा

मंसिर २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चीनका राष्ट्रपति सी चिनफिङ बुधबार साउदी अरब पुगेका छन् । भ्रमण बिशेष गरी ऊर्जा सम्बन्धमा केन्द्रित हुने सम्भावना रहेको छ । सीको भ्रमण संयुक्त राज्य अमेरिकासँगको महिनौँको तनावपछि हुन लागेको हो । व्यापार तनाव र ताइवानबारे अमेरिकी धारणाका कारण चीन अमेरिकाबीचको सम्बन्धमा विगत केही समयदेखि तनावपूर्ण रहँदै आएको छ । 

Muktinath Bank

विश्वको दोस्रो ठूलो अर्थतन्त्रका नेताका रुपमा चिनिएका सी तीन दिने भ्रमणका लागि राजधानी रियाद पुगेका हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रियादमा उनको न्यानो स्वागतको अपेक्षा चीनले गरेको छ । राष्ट्रपति सीको भ्रमणको बिषयलाई साउदी सञ्चारमाध्यमले विशेष महत्व दिएर प्रकाशन गरेका छन् । 


Advertisment
Nabil box
Kumari

कच्चा तेलको प्रमुख निर्यातक साउदी अरब र चीन (दुवै पक्ष) कोभिड र युक्रेन युद्धका कारण देखिएको विश्वव्यापी आर्थिक उथलपुथल साथै भूराजनीतिक पुनःमिलनको समयमा आफ्नो सम्बन्ध विस्तार गर्न उत्सुक देखिन्छन् ।

Vianet communication
Laxmi Bank

कोरोना भाइरस महामारी सुरु भएयता सीको यो तेस्रो विदेश यात्रा हो । सन् २०१६ पछि उहाँको पहिलो साउदी अरब भ्रमण जुलाईमा अमेरिकी राष्ट्रपति जो बाइडनको भ्रमणपछि भएको हो ।

सम्मेलनमा साउदी अरबका राजा सलमान र युवराज मोहम्मद बिन सलमानसँग द्विपक्षीय भेटवार्ताका साथै छ सदस्यीय गल्फ को–अपरेशन काउन्सिलसँग शिखर सम्मेलन र व्यापक चीन–अरब शिखर सम्मेलन हुनेछ ।

भ्रमण कार्यक्रमबारे चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने, “यो कार्यक्रमले चीन र अरब जगतबीच जनगणतन्त्र चीनको स्थापनापछिको सबैभन्दा ठूलो कूटनीतिक गतिविधिको प्रतिनिधित्व गर्दछ ।”

साउदी प्रेस एजेन्सीका अनुसार सन् २००५ देखि २०२० को बीचमा अरब विश्वमा चिनियाँ लगानीको २० प्रतिशतभन्दा बढी हिस्सा साउदी अरबले ओगटेको थियो । 
विशेष गरी फेब्रुअरीमा रूसले युक्रेनमा आक्रमण गरेपछि बजारले अनुभव गरेको अशान्तिलाई ध्यानमा राख्दै चीन र साउदी अरबबीचको वार्ताका लागि तेल बजार एक प्रमुख बिषय हुने अपेक्षा गरिएको छ ।

क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र संयुक्त राज्य अमेरिका गरी  सात प्रमुख विकशित देशहरू सङ्गठित रहेको जी–सेबेन र युरोपेली संघ (इयू) ले क्रेमलिन युद्धका स्रोतलाई अस्वीकार गर्ने प्रयासस्वरुप रूसी तेलको मूल्य प्रतिब्यारेल ६० अमेरिकी डलर कायम गर्ने सहमति गरेपछि भएको सीको भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ । 

आइतबार साउदी अरब र रूसको संयुक्त नेतृत्वमा रहेको तेल निर्यात गर्ने मुलुकहरूको संस्था ओपेक प्लसले अक्टोबरमा स्वीकृत गरेको दैनिक २० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने निर्णय गरेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x