×

NMB BANK
NIC ASIA

आफैँले पराजित गरेका उपेन्द्रदेखि मूलधारको राजनीतिमा ल्याउने ओलीसम्मलाई भेटे सीकेले

मंसिर २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

जनमत पार्टीका अध्यक्ष सीके राउतले  राजनीतिक भेटवार्तालाई जारी राखेका छन् । निर्वाचनमा विजयी भएलगत्तै काठमाडौं आएका सीकेले राजनीतिक भेटवार्तालाई जारी राखेका हुन् । 
सोही क्रममा बुधबार जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग छुट्टाछुट्टै भेटवार्ताका गरेका छन् । यस्तै सीकेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको महासचिव चन्द सिंहले जानकारी दिए । 
उनका अनुसार सबै भेट छुट्टाछुट्टै भएको हो । भेटमा राजनीतिक कुराकानीका साथै बधाई साटासाट पनि भएको उनको भनाइ छ । मंसिर ४ को निर्वाचनमा सीके राउतले सप्तरी २ मा जसपाका अध्यक्ष  यादवलाई हराएका थिए । उनै यादवलाई सीकेले बुधबार भेट गरेका हुन् । सो क्रममा सीकेलाई यादवले एक पुस्तक समेत हस्तान्तरण गरेको बताइएको छ।  

Sagarmatha Cement
Muktinath Bank

यस्तै आफूलाई मुल धारको राजनीतिमा ल्याउने ओलीसँग पनि सीकेले भेटवार्ता गरेका हुन् । ओलीले प्रधानमन्त्री भएको बेला स्वतन्त्र मधेसको अभियान चलाइरहेका सीकेलाई मूलधारको राजनीतिमा ल्याउने काम गरेका थिए । 
सीके राउतले काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित दर्जन बढी नेताहरुसँग भेटवार्ता गरिसकेका छन् । राउतले हाल कायम सत्ता गठबन्धनसँग सहकार्य गरेर सरकारमा जाने आकांक्षा देखाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x