माघ १९, २०७९
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थीले प्रतिनिधि सभामा प्र...
काठमाडाैं | मंसिर २२, २०७९
सीमित सिटमा तालमेलबाहेक सत्ता गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा होमिएको नेकपा एमाले तीन वटा प्रदेशसभामा सबैभन्दा ठूलो दल भएको छ । प्रदेश नम्बर १, मधेस प्रदेश र लुम्बिनी प्रदेशसभामा एमाले सबैभन्दा ठूलो पार्टी बनेको हो ।
यस्तै संघमा दोस्रो ठूलो पार्टी बनेको एमालेले समानुपातिकतर्फ दलहरुमा सर्वाधिक मत पाएको छ । समानुपातिकतर्फ एमालेले २८ लाख ४५ हजार मत पाएको छ । जुन समग्रमा ठूलो दल बनेको नेपाली कांग्रेसले पाएको भन्दा पनि धेरै मत हो । नेपाली कांग्रेसले समानुपतिकतर्फ २७ लाख १५ हजार मत पाएको छ ।
निर्वाचन आयोगका अनुसार कांग्रेसले यसपटक समानुपातिक र प्रत्यक्ष गरी संघमा ८९ सिट जितेको छ । यस्तै नेकपा एमालेले प्रत्यक्षमा ४४ सिट र समानुपातिकमा ३४ सिट जितेको छ । यस्तै नेकपा माओवादी केन्द्र भने ३२ सिटमा खुम्चिएको छ ।
प्रतिनिधिसभामा कांग्रेस, एमाले, माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टी राष्ट्रिय दल बनेका छन् । अन्य दलको पनि प्रतिनिधित्व रहेपनि राष्ट्रिय दल मान्यता पाउन सकेनन् । राष्ट्रिय मान्यता पाउन प्रत्यक्षमा कम्तीमा एक सिटसहित समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनुपर्ने हुन्छ ।
आयोगको अन्तिम मतपरिणामअनुसार प्रदेश नम्बर १ मा नेकपा एमालेले बहुमत नजिक ल्याएको छ । सरकार बनाउन ४७ सिट चाहिनेमा एमाले एक्लैले ४० सिट जितेको हो ।
यसैगरी विगतमा कमजोर नतिजा ल्याउने गरेको मधेसमा समेत एमाले चम्किएको छ । मधेसमा २३ सिट जित्दै एमाले पहिलो पार्टी बनेको हो । प्रदेश नम्बर १ र मधेस प्रदेशमा कांग्रेसको हैसियत दोस्रो पार्टीको रुपमा रहेको छ ।
यसैगरी लुम्बिनी प्रदेशमा पनि एमाले ठूलो पार्टी बनेको छ । एमाले २९ सिटसहित पहिलो पार्टी बन्दा २७ सिटसहित कांग्रेस दोस्रो स्थानमा छ । यस्तै माओवादीले ९ सिट जित्दा जसपाको ३ सिट रहेको छ।
बागमती र गण्डकी प्रदेशमा दोस्रो पार्टी बनेको एमाले कर्णाली र सुदूरपश्चिममा भने तेस्रो पार्टी बनेको छ । ती प्रदेशमा कांग्रेस पहिलो पार्टी बनेको छ ।
संघ र प्रदेशको सम्पूर्ण नतिजा आएसँगै निर्वाचन आयोगले यससम्बन्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने छ । आयोगले केही दिनभित्रमै राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी गरेको जनाएको छ । त्यसपछि नयाँ सरकार गठनको गृहकार्य सुरु हुनेछ ।
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थीले प्रतिनिधि सभामा प्र...
गृहमन्त्री नपाएपछिको स्थिति र सरकारबाट बहिर्गमन लगायतका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक शुरू भएको छ । पार्टी केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा ब...
रेशम चौधरी संयोजकत्वको नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्र्याक्टरमा आगजनी गरेकोसम्बन्धी झण्डै १० वर्ष पुरानो मुद्दामा उनलाई बिहीवार बाँकेबाट पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रव...
नवलपुर क्षेत्र भएर भग्ने नारायणीको उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको छ । गैँडाकोट नगरपालिकाको पहलमा गैँडाकोट–१७ को शिख्रौलीघाटबाट उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको गैँडाको...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारीले ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थलबाट नियन्त्रणमा लिएका छन् । दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ बाट नेपाल आएका यात्रुलाई गए राति १...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई दिनभित्र सत्ता साझेदार दलका नेताहरूले राजनीतिक इमानदारिता नदेखाए पार्टीले सरकारबाट बाहिरिने जस्तो अप्रिय निर्णय लिन सक्ने स्पष्ट गरेको छ । बिहीबार बसेको केन्द्रीय...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...