कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो ‘विशेष सैन्य अभियान’मा अपेक्षा गरिएभन्दा बढी समय लागेको स्वीकार गर्दै नयाँ भूभाग कब्जा गर्न सफल भएको र आफ्नो देशको आणविक हतियारले द्वन्द्व बढ्नबाट रोकेको बताएका छन् ।
‘निःसन्देह, यो एक लामो प्रक्रिया हुन सक्छ,’ पुटिनले भने ।
फेब्रुअरी २४ मा रूसको आक्रमणबाट शुरू भएको ९ महिनाभन्दा लामो युद्धले लाखौंलाई आफ्नो घरबाट विस्थापित गरेको छ र दशौं हजार घाइते वा मृत्यु हुनुपरेको छ ।
युद्धको लम्बाइ धेरै दिन हुने देखिएपनि तिनले ‘हाम्रो हितको लागि निरन्तर लड्ने र उपलब्ध सबै उपायहरू प्रयोग गरेर आफ्नो रक्षा गर्ने’ प्रतिज्ञा गर्दै कुनै संकेत देखाएनन् । उनँले आफूसँग सेना पठाउनुको विकल्प नभएको दाबी गर्दै वर्षाैंदेखि पश्चिमा मुलुकले रूसको सुरक्षा मागलाई ‘अनुहारमा थुक्ने मात्र’ जवाफ दिएको बताए ।
रूसमा आफ्नो मानव अधिकार परिषद्का सदस्यहरूसँगको टेलिभिजन बैठकमा बोल्दै पुटिनले भूमि अधिग्रहणलाई ‘रूसका लागि महत्त्वपूर्ण परिणाम’को रूपमा वर्णन गरे । उनले भने, ‘अजोभको सागर रूसको आन्तरिक समुद्र बनेको छ ।’
आफूले प्रशंसा गर्ने एक जना रुसी नेतालाई बारम्बार उल्लेख गर्ने एउटा ऐतिहासिक प्रसङ्गमा उनले थपे, ‘पिटर द ग्रेटले पानीको त्यो स्रोतमा पहुँच प्राप्त गर्न लडेका थिए ।’
तीव्र युक्रेनी प्रतिरोधका कारण कीभ लिन असफल भएपछि रूसले आक्रमणको शुरूआतमा दक्षिणी युक्रेनको व्यापक भूभाग कब्जा गर्यो र लगभग ३ महिनाको घेराबन्दीपछि मे महिनामा मारिउपोलको अजोभ बन्दरगाहको प्रमुख सागर कब्जा गर्यो । गत सेप्टेम्बरमा पुटिनले युक्रेनका दक्षिणमा खेरसन र जापोरिजझिया र पूर्वमा डोनेट्स्क र लुहान्स्क गरी ४ वटा क्षेत्रलाई रूसी भूभागमा गाभिएको औपचारिक घोषणा गरेका थिए ।
यसपहिले सन् २०१४ मा युक्रेनको क्रिमियन प्रायद्वीपलाई पनि रूसी सेनाको नियन्त्रणमा लिई यो भूभाग आफ्नो भएको घोषणा गरेको थियो ।
पुटिनले आणविक अस्त्रसम्बन्धी आफ्नो यसअघिको टिप्पणी ‘द्वन्द्व बढाउने कारक नभई प्रतिरोधको कारक’ भएको दाबी गर्दै पश्चिमाहरूको आलोचनालाई अस्वीकार गरे ।
‘हामी पागल भएका छैनौं । आणविक हतियार के हो भन्नेबारे हामी पूर्ण जानकार छौं,’ पुटिनले भने । उनले भने, ‘हामीसँग ती हतियार छन् र ती अन्य कुनै पनि आणविक शक्तिको तुलनामा धेरै उन्नत र अत्याधुनिक छन् ।’
टेलिभिजनमा प्रशारित आफ्नो टिप्पणीमा रुसी नेताले आपूर्ति, घाइते सैनिकहरूको उपचार र सीमित परित्यागमा समस्या रहेको स्वीकार गरेका छन् । उक्त अवसरमा पुटिनले युक्रेनमा सेनालाई बलियो बनाउन सेप्टेम्बरमा आदेश दिएका ३ लाख जगेडा सैनिक बलको परिचालनबारे छलफल गरेका थिए ।
पुटिनका अनुसार हालसम्म करीब १ लाख ५० हजार मात्र लडाकू युक्रेनी क्षेत्रमा खटाइएका छन् भने बाँकीलाई सेनाले तालिम दिइराखेको छ । क्रेमलिनले अर्को परिचालनको तयारी गरिरहेको हुनसक्ने अनुमानबारे पुटिनले भने, ‘रूस र रूसी रक्षा मन्त्रालयले त्यसो गर्न आवश्यक ठानेको छैन ।’
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...