कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
कञ्चनपुरका ९ पालिकाले विपद् पूर्व तयारीका लागि १० बुँदे प्रतिबद्धता गरेका छन् ।
बुधवार कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित ‘सुरक्षित र दीगो विकासका लागि उत्थानशिल पालिका मञ्च’को दोस्रो कञ्चनपुर सम्मेलनमा ९ वटै पालिकाका जनप्रतिनिधिले १० बुँदे प्रतिबद्धता गरेका हुन् ।
जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय नीति योजना तथा कार्यक्रमलाई स्थानीयकरण र कार्यान्वयन गर्ने, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सबै पालिकाले विपद् जोखिम वित्त व्यवस्थापन तथा सञ्चालन कार्यविधि तर्जुमा गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
जलवायुजन्य विपद्को जोखिममा रहेका समुदायको विस्तृत अध्ययन गरी जोखिम न्यूनीकरण गर्ने विपद् तथा जलवायु संवेदनशिल भूउपयोग योजना तर्जुमा तथा कार्यान्वयन गरी उत्थानशील र दीगो बसोवासलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाइएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि पूर्व सूचना प्रणाली तथा प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना सञ्चालन र समुदायको पहुँच अभिवृद्धि गर्ने, सामुदायिक विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्धि गरी प्रभावकारी रुपमा परिचालन गर्ने प्रतिबद्धता गरिएको छ ।
जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी जिल्ला तथा स्थानीयस्तरको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पाठ्यक्रममा उक्त विषय समावेश गर्ने, स्थानीय विकासका योजना निर्माण तथा कार्यान्वयनको क्रममा सामाजिक समावेशीकरणलाई प्राथमिकता दिने विपद् जोखिम व्यवस्थापन तथा जलवायु अनुकूलनका लागि प्रकृतिमा आधारित समाधानका उपायलाई प्रवद्र्धन गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।
कञ्चनपुरका गाउँपालिका तथा नगरपालिकाले उत्थानशील कार्यमञ्चमार्फत् पारस्परिक समन्वय र सहकार्य गरी विपद् तथा जलवायु उत्थानशील समाजको निर्माण गर्ने र घोषणाको कार्यप्रगति नियमित अनुगमन तथा समीक्षाका लागि जिल्ला समन्वय समिति र जिल्ला विपद् व्यवस्थापन समितिसँग आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले विपद् व्यवस्थापनका लागि स्थानीय सरकार जागरुक हुनुपर्ने बताए । ‘स्थानीय सरकारलाई आफ्नो क्षेत्र अन्तर्गतका सबै वस्तुस्थितिबारे जानकारी हुन्छ,’ उनले भने, ‘विपद् रोकथामका लागि पालिकास्तरबाटै आवश्यक काम अघि बढाउनुपर्छ ।’
लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले विपद् व्यवस्थापनका लागि गाउँपालिकाले सबै प्रयास गर्ने बताए । ‘विपद्बाट जोगिनका लागि गाउँपालिकाकाले सबैसँग समन्वय गर्छ,’ उनले भने, ‘दीगो विकास र विपद् पूर्व तयारीका लागि १० बुँदे प्रतिबद्धता जनाएका छौं ।’
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सुरक्षित र दीगो विकासका लागि उत्थानशील पालिका मञ्चमा कञ्चनपुरका सबै पालिका सदस्य रहेको बताउँदै विपद् पूर्व तयारीका लागि पालिकाले प्रतिबद्धता जनाएको बताए ।
‘जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समितिसँगको समन्वयमा विपद्मा काम गर्ने प्रतिबद्धता पालिकाले गरेका छन्,’ उनले भने, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि सबै पालिका एकमत भएका छन् ।’
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...