×

NMB BANK
NIC ASIA

काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

मंसिर २३, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सवको २०औं संस्करण बिहीवारदेखि शुरू भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने महोत्सवको उद्घाटन समारोहमा आयोजक हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले काठमाडौंलाई सांस्कृतिक शहरको रूपमा स्थापना गर्नेतर्फ अघि बढ्न आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष थापाले काठमाडौंलाई चलचित्र, साहित्य, संगीत, नाटक, सिम्फोनी र अर्केष्ट्राको विश्व हब बनाउनतर्फ महानगरको ध्यानाकर्षण गराउन चाहेको बताए ।


Advertisment
Nabil box
Kumari

महोत्सवमा कमल कुमारद्वारा निर्देशित वृत्तचित्र ‘बाघको बङ्गारा’ प्रदर्शन गरियो । हेर्ने कथा शृंखलाकी सञ्चालिका विद्या चापागाईंले निर्माण गरेको वृत्तचित्रले उत्तरी जाजरकोटको पहाडी भूगोलमा स्थानीयले गर्ने कष्टकर मह सिकारको कथा भन्छ । करीब ५५ मिनेट लामो वृत्तचित्रले शारीरिक र मानसिक यात्राको कथा पनि प्रस्तुत गर्छ ।

Vianet communication
Laxmi Bank

प्रदर्शनीपछि निर्मात्री चापागाईं र निर्देशक कुमारले दर्शकसँग यसको छायांकनबारे अनुभव साटेका थिए ।

भारतीय चलचित्रका निर्देशक प्रकाश झाले महोत्सवको शुभारम्भ गर्दै काठमाडौं आफूलाई मनपर्ने शहरमध्ये भएको र यसलाई सांस्कृतिक रूपमा जीवन्त बनाउनुपर्ने विचार राखे । ‘म दोस्रोपटक काठमाडौं आएको हुँ । मलाई मेरो फिल्म यहाँ देखाउने इच्छा थियो, त्यो पूरा भयो,’ निर्देशक झाले भने । उनको अभिनय रहेको चलचित्र ‘मट्टोकी साइकिल’को विशेष प्रदर्शन गरिएको थियो । यसका लागि झासँगै निर्देशक एम गनी पनि समारोहमा उपस्थित थिए । झा र गनीले दर्शकसँग अन्तर्क्रिया समेत गरेका थिए ।

महोत्सवको पहिलो दिन सम्राट खनालद्वारा निर्देशित ३३ मिनेट लामो वृत्तचित्र ‘थ्रुस् द सिङ्गिङ भिलेज’को प्रदर्शन भयो । जाकुब जेलाद्वारा निर्देशित ४६ मिनेट लामो ‘दु सारः अ काराकोरम स्की एक्सपिडिशन फिल्म’ पनि प्रदर्शन गरियो । मंसिर २६ गतेसम्म चल्ने महोत्सवमा ३० मुलुकका ६० भन्दा बढी चलचित्र देखाइने छ ।

महोत्सवमा भाग लिन विदेशी चलचित्र निर्माता समेत काठमाडौं आएका छन् ।

सन् २००० देखि शुरू भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका वासिन्दा, संस्कृति र वातावरणमाथि बनेका चलचित्र प्रदर्शन गरिन्छन् । महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख र ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने नेपाली पानोरामाअन्तर्गत फिक्सन र वृत्तचित्र विधामा उत्कृष्टलाई क्रमशः १ लाख र ७५ हजार पुरस्कार दिइनेछ । इसिमोड सदस्य मुलुकबाट छानिएका उत्कृष्ट चलचित्रले ‘बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’ सहित १ हजार अमेरिकी डलर पुरस्कार पाउनेछ । 

महोत्सवमा अत्यधिक दर्शकको मत पाउने चलचित्रले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत ५० हजार रुपैयाँ पाउनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x