माघ १९, २०७९
केन्यामा प्राथमिक विद्यालयका विद्यार्थीले सजायस्वरूप यौन सम्बन्धको नक्कल गरेको भिडियो भाइरल भएको भन्दै यसमा संलग्न रहेको आरोपमा छ जना शिक्षकलाई पक्राउ गरेको केन्याको प्रहरीले जनाएको छ । उक्त फुटेजमा विद्यालयको प...
चीनले रुसको ईएसपीओ कच्चा तेल महिनौंदेखि निकै सस्तो मूल्यमा किनिरहेको रोयटर्स समाचार संस्थाले खबर दिएको छ ।
पश्चिमी मुलुकहरूले ६० डलर प्रतिब्यारलको दरमा रुसी तेलको भाउ निर्धारित गरेको भए पनि चीनले उक्त मूल्य निर्धारणलाई वास्ता गरेको छैन । चिनियाँ व्यापारीहरूले पहिलेकै मूल्यमा कारोबार गरिरहेका छन् ।
रुसी तेल कम्पनी ईएसपीओका सबभन्दा ठूला ग्राहक चीनका स्वतन्त्र प्रशोधन कम्पनीहरू हुन् । उनीहरू पश्चिमले रुसी तेलको मूल्यमा तोकेको सीमाबाट हुन सक्ने प्रतिबन्धमा जोगिनका लागि विभिन्न उपाय अपनाइरहेका छन् ।
रुसको सुदूर पूर्वमा रहेको कोज्मिनो बन्दरगाह चिनियाँहरूले तेल ल्याइरहेका छन् किनकि त्यो नजिक पर्छ र त्यसलाई प्रशोधन गर्न सस्तो पनि पर्छ ।
डिसेम्बर महिनामा आएको रुसी तेल पश्चिमी बजारको भन्दा ६ डलर कम प्रतिब्यारलमा चीनले किनिरहेको छ ।
ईएसपीओको सस्तो मूल्यका कारण चिनियाँ क्रेताहरूले यो तेल थप किन्ने व्यापारीहरू बताउँछन् । चीनले कोरोना महामारी रोक्न लगाएको कठोर लकडाउन खुकुलो बनाएपछि अब गाडीहरू चल्न थाल्ने भएकाले तेलको माग बढ्न सक्छ ।
पश्चिमले रुसी तेलको मूल्यमा तोकेको सीमाका कारण चीन, भारत र टर्कीले रुसी तेल किन्नका लागि थप बार्गेनिङ गर्ने मौका पाएको विश्लेषकहरू बताउँछन् ।
केन्यामा प्राथमिक विद्यालयका विद्यार्थीले सजायस्वरूप यौन सम्बन्धको नक्कल गरेको भिडियो भाइरल भएको भन्दै यसमा संलग्न रहेको आरोपमा छ जना शिक्षकलाई पक्राउ गरेको केन्याको प्रहरीले जनाएको छ । उक्त फुटेजमा विद्यालयको प...
फिलिपिन्सका थप चार सैन्य अड्डामा अमेरिकी सैनिकहरूको पहुँच दिलाउने विषयमा अमेरिका र फिलिपिन्सले बिहीवार एउटा सम्झौताको घोषणा गरेका छन् । लामो समयदेखिका यी दुई साझेदारले चीनको सैन्य उदयलाई प्रतिकार ...
बेलायतको बैंक अफ इङ्ल्यान्डले जीवनयापनको लागत, सार्वजनिक क्षेत्रको हडताल र मन्दीको डरलाई बढावा दिने दोहोरो अङ्कको मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले बिहीबार ब्याज दरमा ०.५ प्रतिशत बिन्दुले वृद्धि गर्ने अपेक्षा ...
युरोपेली संघले रुसका पेट्रोलियम पदार्थमाथि लगाएको प्रतिबन्धका कारण अमेरिकाका पूर्वी भागमा रहेका राज्यहरूमा इन्धन अभाव हुन सक्ने ब्लूमबर्गले खबर दिएको छ । उक्त खबरमा उल्लेख भएअनुसार, अमेरिकाको पेट्रोलिय...
यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा नशामा रहेका ई–रिक्सा चालकलाई प्रहरीले समात्न सकेको छैन । भारतको पञ्जाबस्थित अमृतसरको भिडियोलाई गगनदीप सिंहले ट्विटरमा राखेका छन् । प्रहरीस...
उत्तर कोरियाले अमेरिकासँग आणविक हतियार सहित पूर्ण भिडन्त गर्न सकिने चेतावनी बिहीवार दिएको छ । अमेरिका र दक्षिण कोरियाबीच पछिल्लो संयुक्त वायुसेना अभ्यासपछि सर्वोच्च नेता किम जोङ उन आक्रोशित भएपछि उत्त...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...