×

NMB BANK
NIC ASIA

पेरुमा राजनीतिक संकट : वामपन्थी राष्ट्रपतिलाई हटाइएपछि विरोध प्रदर्शन जारी, अमेरिका खुशी

मंसिर २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पेरुका निवर्तमान राष्ट्रपति पेद्रो कास्टिलोलाई बिहीवार हिरासतमा लिइएको छ । 

Muktinath Bank

उनले कू गर्न खोजेको आरोप लगाउँदै सांसदहरूले महाभियोग लगाएर उनलाई हटाएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभियोजनकर्ताहरूले राष्ट्रपति भवन तथा केही मन्त्रालयहरूमा कास्टिलोका विरुद्ध प्रमाण खोज्नका लागि एकाबिहानै छापा मारेका थिए । उनीविरुद्ध विद्रोह तथा षड्यन्त्रको आरोप लगाएर अनुसन्धान गरिँदैछ । 


Advertisment
Nabil box
Kumari

आत्तिएको देखिएका वामपन्थी नेता कास्टिलो सर्वोच्च अदालतमा भिडियो कन्फरेन्समार्फत उपस्थित भएका थिए । अभियोजकर्ताहरूले उनलाई एक साता हिरासतमा राख्न निवेदन गरेका छन् । 

Vianet communication
Laxmi Bank

न्यायाधीशले उनीहरूको निवेदन स्वीकार गरेका छन् जबकि कास्टिलोका अधिवक्ता भिक्टर पेरेजले विद्रोहको अपराध हुँदै नभएको जिकिर गरेका थिए । 

कास्टिलोले संसद् विघटन गरी आफ्नो प्रत्यक्ष शासन चलाउन कोशिश गरेका थिए । तर उनको प्रयासलाई विफल पार्दै सांसदहरूले उनीमाथि बुधवार महाभियोगको पारित गरी अपदस्थ गराएका थिए । दिनभरिको राजनीतिक खिचातानीपछि कास्टिलो कारागारमा थुनिएका छन् भने तत्कालीन उपराष्ट्रपति दिना बोलुआर्टे राष्ट्रपति बनेकी छन् । 

कास्टिलोले शरण पाउनका लागि अनुरोध गरेको मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले खुलासा गरेका छन् । कास्टिलोलाई आश्रय दिन तयार रहेको ओब्राडोरले बताएको भए पनि उनलाई मेक्सिको दूतावासमा पुग्नुअघि नै प्रहरीले पक्राउ गरेको थियो ।

बोलुआर्टेलाई देशको राजनीतिक अस्थिरतालाई स्थिर बनाउने दबाब छ । कास्टिलोका सयौं समर्थकहरूले राजधानी लिमा र अन्य शहरहरूमा विरोध प्रदर्शन गरिरहेका छन् । 

तत्काल निर्वाचन गराइहाल्नुहुन्छ कि भनी पत्रकारहरूले सोधेको प्रश्नमा पेरुकी प्रथ महिला राष्ट्रपति बोलुआर्टेले देशलाई पुनः ट्य्राकमा ल्याउनका लागि सबै विकल्पहरूमा विचार गरिरहेको बताइन् । 

लिमामा हजारौं विरोधकर्ताहरूले कास्टिलोको रिहाइको माग गर्दै प्रदर्शन गरेको भए पनि प्रहरीले अश्रूग्यास प्रहार गरी उनीहरूलाई तितरबितर बनाएका थिए । प्रहरीले कैयौं विरोधकर्ताहरूलाई पक्राउ गरेको छ ।

‘पेद्रो कास्टिलो, पेरु तपाईंको साथमा छ !’ ‘रिहाइ गरिएन भने क्रान्ति हुन्छ !’ कास्टिलोका समर्थकहरूले यस्ता किसिमका नारा लगाएका थिए । 

कास्टिलोका धेरै समर्थकहरू दक्षिणतर्फ रहेको आयाकुचो र पुनो शहरमा छन् । उनीहरूले चाँडो आमनिर्वाचन गर्न माग गरेका छन् । 

कास्टिलोविरुद्धको महाभियोग प्रस्ताव पारित भएलगत्तै बोलुआर्टेले पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । उनले सन् २०१६ को जुलाईसम्म अर्थात् कास्टिलोको कार्यकाल पूरा हुन्जेलसम्मका लागि शासन चलाउने बताएकी थिइन् । 

यी ६० वर्षीया अधिवक्ताले अब मन्त्रिमण्डल गठन गर्नुपर्नेछ । त्यसबाट नै उनी पदमा बहाल रहिरहन सक्छिन् किन सक्दिनन् भन्ने कुरा निर्धारित हुन्छ । 

तर संसदमा उनको आफ्नै दल नभएकाले शक्तिमा रहिरहन बोलुआर्टेलाई महाभारत छ । 

‘उनको दल संसदमा छैन, उनी एक्ली छिन्,’ पेरुका पूर्व राष्ट्रपति ओलान्ता हुमालाले स्थानीय टीभीलाई बुधवार बताए । 

‘उनीसँग शासन चलाउने कुनै साधन छैन, उनले छिट्टै निर्वाचन गराउनुपर्छ,’ हुमालाले थपे ।

‘अहिले संसद् र राष्ट्रपतिबीचको युद्धविराम एक महिना वा त्यसभन्दा केही बढी रहला तर देशका ठूला समस्याहरू सतहमा आइहाल्छन्,’ उनको भनाइ छ । 

तर दक्षिणपन्थी राजनीतिकर्मी केइको फुजिमोरीले नयाँ राष्ट्रपतिलाई आफ्नो दलले समर्थन गर्ने बताएकी छन् । उनी पूर्व राष्ट्रपति अल्बर्तो फुजिमोरीकी छोरी हुन् । 

अमेरिकाले लोकतान्त्रिक स्थिरता सुनिश्चित गरेको भन्दै पेरुको प्रशंसा गरेको छ भने युरोपेली संघले पेरुका निकायहरूले राजनीतिक, लोकतान्त्रिक र शान्तिपूर्ण समाधान अपनाएकोमा समर्थन दिएको छ । 

पेरुमा विकसित पछिल्लो घटनाक्रम देशमा लामो समयदेखि चल्दै आएको राजनीतिक संकटको एक कडी हो । त्यहाँ महाभियोग प्रक्रिया सामान्य कुरा हो अनि सन् २०१६ पछि त्यहाँ छैटौं राष्ट्रपति नियुक्त भइसकेको अवस्था छ । 

कास्टिलोले १७ महिनाको कार्यकालमा अनेकौंपटक मन्त्रिमण्डल फेरबदल गरेका थिए । उनी तथा उनको परिवारविरुद्ध ६ वटा अनुसन्धान थालिएका छन् । उनलाई अपदस्थ गर्नुपर्ने भनी व्यापक विरोध प्रदर्शन गरिएका थिए । विपक्षीको दबदबा रहेको संसद्सँग उनको शक्तिसंघर्ष चलिरहेको थियो । 

कास्टिलो गाउँको एक विद्यालयमा शिक्षक रहिसकेका व्यक्ति हुन् र वामपन्थी राजनीतिमा लागेर उनी राष्ट्रपति बनेका थिए । बुधवार उनीविरुद्ध तेस्रोपटक महाभियोग लगाइएको थियो । पेरुको परम्परागत अभिजात वर्गबाट सत्ता खोसेपछि उनी तिनीहरूको तारो बनिरहेका थिए । 

टीभीमार्फत सम्बोधन गर्दै ५३ वर्षीय कास्टिलोले संसद् भंग गर्ने घोषणा गरेका थिए । उनले कर्फ्यु लगाइएको र कम्तीमा नौ महिना प्रत्यक्ष शासन चलाउने पनि बताएका थिए । 

उनको सम्बोधनको कठोर आलोचना गरिएको थियो । सांसदहरू उनीविरुद्धको महाभियोग पारित गराउन जोडतोडले लागिपरेका थिए । 

बुधवार राति कास्टिालोलाई पूर्वी लिमामा रहेको बार्बडिलो कारागार लगिएको थियो । त्यहाँ पूर्व राष्ट्रपति अल्बर्तो फुजिमोरी भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएर कैद सजाय काटिरहेका छन् । फुजिमोरी स्वयं पनि संसदबाट महाभियोग लागेर सन् २००० मा अपदस्थ भएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x