×

NMB BANK
NIC ASIA

महाभियाेग प्रकरण

संवैधानिक इजलासमा शाक्यको प्रश्न– मुख्यसचिवले प्रधानमन्त्रीलाई पदमुक्त गर्‍यो भने के गर्ने ?

मंसिर २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्कृय भएको भनेर पत्र दिने संसद् सचिवालयका महासचिवले अराजकता निम्ताएको बताएका छन् । अधिकार नै नभएका कर्मचारीले आफूखुसी निर्णय गरेर क्षेत्राधिकार मिच्ने प्रवृत्ति बढ्दै गए मुलुक अराजकतामा फस्ने उनले टिप्पणी गरे ।

Muktinath Bank

शुक्रवार संवैधानिक इजलासमा चोलेन्द्रको निलम्बन फुकुवाविरुद्ध परेको रिटमाथिको सुनुवाइका क्रममा शाक्यले अधिकार नभएका व्यक्तिले महाभियोग फुकुवाको निर्णय गर्नु अत्यन्त गलत भएको बताएका हुन् । ‘न्यायपरिषद्को सचिवले प्रधानन्यायाधीशलाई मुक्त गरिदिने, संसद्को महासचिवले हुँदै नभएको अधिकार प्रयोग गरेर महाभियोग फुकुवा गर्ने ? भोलि कुनै मुख्य सचिवले प्रधानमन्त्रीलाई पदमुक्त गरिदिए भन्यो भने के होला ?’, शाक्यले प्रश्न गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रिट निवेदकमध्येका वरिष्ठ अधिवक्ता शाक्यले प्रतिनिधि सभाको कार्यकाल सकिँदैमा महाभियोग निष्कृय नहुने बताए । ‘प्रतिनिधि सभाको कार्यकाल सकिएपछि विधेयक स्वतः निस्कृय हुन्छ । तर, महाभियोग निष्कृय हुँदैन । विधेयकको परिभाषाभित्र महाभियोग पर्दैन’, शाक्यले भने । उनले महाभियोग निस्कृय भएको भन्ने संसद् सचिवालयको पत्र अनधिकृत भएकोले खारेज गरिदिन माग गरे । 


Advertisment
Nabil box
Kumari

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीकोे इजलासमा शुक्रवार सुनुवाइ भइरहेको छ । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x