माघ २०, २०७९
सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्दै छ। हिजो बिहीबार अपरान्ह बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मन्तव्यसँगै सकिएको बैठक आज पुनः बस्न लागेको हो । आजको बैठकमा...
काठमाडाैं | मंसिर २३, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिबद्ध रहँदै आएको बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि आएका उजुरीउपर तथ्य प्रमाणको आधारमा प्रभावकारी अनुसन्धान एवं अभियोजनको काम भइरहेको पनि बताए ।
प्रमुख आयुक्त राईले संविधानले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माणका लागि उपचारात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासको चार खम्बे रणनीतिलाई आयोगले अवलम्बन गरिरहेको स्पष्ट पारे । भ्रष्टाचारविरुद्ध कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायको समन्वयात्मक प्रयत्न हुन जरुरी रहेको औँल्याउँदै प्रमुख आयुक्त राईले भ्रष्टाचारका दृष्टिले उच्च जोखिम क्षेत्रमा विशेष निगरानी बढाउने कामलाई अघि बढाइएको उल्लेख गरे ।
‘भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको नेपाल पक्ष राष्ट्र बनिसकेको सन्दर्भमा यसबाट सृजित दायित्व, चुनौती र जिम्मेवारी निर्वाह गर्न विद्यमान कानुन, नीति र संरचनामा समयानुकूल सुधार र परिवर्तन गर्ने गरिएको छ । भ्रष्टाचारविरुद्धको राष्ट्रिय कानुन, नीति र रणनीतिको तर्जुमा र कार्यान्वयन मूल्यांकनका लागि भ्रष्टाचारविरुद्ध कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायको समन्वयात्मक प्रयत्न हुन जरुरी छ’, राईले भने, ‘नेपालको संविधानले आयोगलाई प्रदान गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न भ्रष्टाचार मुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने मूल उद्देश्यसहितको उपचारात्मक, निरोधारात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासको चार खम्बे रणनीति अवलम्बन गरिएको छ । आयोगले भ्रष्टाचारविरुद्धको कार्यको अनुसन्धान र अभियोजनलाई अझै प्रभावकारी बनाउँदै जाने क्रममा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै जाने नीति अख्तियार गरेको छ । साथै भ्रष्टाचारको दृष्टिले उच्च जोखिमयुक्त क्षेत्रको विशेष निगरानी बढाउनका साथै जोखिममा आधारित अनुसन्धान पद्धति कार्यान्वयन गर्ने गरेको छ । जोखिमयुक्त क्षेत्रमा अग्रसरतापूर्वक निगरानी गरी भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान र अभियोजन गर्ने गरिएको छ ।’
प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको नीतिलाई व्यवहारमा उतार्ने काममा तीन वटै तहको सरकार, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको बताए ।
सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्दै छ। हिजो बिहीबार अपरान्ह बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मन्तव्यसँगै सकिएको बैठक आज पुनः बस्न लागेको हो । आजको बैठकमा...
बाँकेबाट बिहीबार पक्राउ परेका कैलाली २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई हवाईजहाजबाट धनगढी ल्याइएको छ । नेपालगन्जबाट जहाजमै काठमाडौं लगिएका उनलाई त्यहाँबाट श्रीएयरलाइन्सको जहाजमा धनगढी ल्य...
बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई प्रहरीले आज शुक्रबार अदालतमा उपस्थित गराउने भएको छ । ट्र्याक्टरमा आगजनीको मुद्दामा १२ वर्ष अगाडि दोषी ठहर देखिएका प्रतिनिधिस...
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक स्थायित्व र सरकार सञ्चालनमा प्रमुख राजनीतिक दलबीच सहमतिको विकल्प नभएको बताएका छन् । सामाजिक सञ्जालमा ट्वीट ग...
पार्टी सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछिको विकसित घटनाक्रमबारे टुंगोमा पुग्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकस परेको छ । नागरिकता प्रकरणमा सांसद र मन्त्री पद खारेज भए पनि पुनः गृहमन्त्री बन्न पाउनुपर्न...
लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक आजबाट शुरु हुनेभएको छ । प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । बैठकमा सांसदहरुले प्रदेशका समसामयिक विषयमा ध...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...