माघ १९, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । आज (बिहीबार) साँझ अबेसम्म करिब साढे चार घण्टा लामो समयसम्म बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि प्रव...
काठमाडाैं | मंसिर २३, २०७९
मुख्यसचिव शंकरदास बैरागीले सबै मिलेर भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मुख्यसचिव बैरागीले भ्रष्टाचार नियन्त्रणमा भएको प्रगतिले मुलुकको सुशासनको सूचकांकमा समेत सुधार भई अन्तर्राष्ट्रियस्तरमा मुलुकको प्रतिष्ठा र छवि उँचो हुने बताए । उनले सार्वजनिक प्रशासन बेथिति, विसंगति र भ्रष्टाचारजन्य गतिविधि नगरी नागरिक र देशको सेवामा लाग्न आवश्यक रहेको बताए ।
मुख्यसचिव बैरागीले सरकारी निकायहरूले कानून र कार्यविधिको व्यवस्था अनिवार्यरूपमा पालना गरी सबै क्षेत्रमा कडाइकासाथ लागू गर्ने कुरामा जोड दिए । उनले भ्रष्टाचारले सामाजिक सेवा, प्रवाह र विकास व्यवस्थापनका साथै सामाजिक जीवनका सबै क्षेत्रमा नकारात्मक प्रभाव सिर्जना गर्ने भएकाले भ्रष्टाचारजन्य गतिविधिप्रति समाजका सबै सदस्य सचेत हुन जरुरी रहेको पनि बताए । उनले भ्रष्टाचारीलाई निरुत्साहन र सदाचारीलाई प्रोत्साहन गर्दै समृद्ध भविष्यको आधारशीला निर्माण गर्नु आजको आवश्यक्ता भएको बताए ।
मुख्यसचिव बैरागीले सबै निकायको तत्परता र सबै निकायको सहकार्यमा मात्रै भ्रष्टाचारलाई नियन्त्रण गर्न सम्भव रहेको उल्लेख गर्दै सार्वजनिक सेवा प्रवाहमा देखिएको विकृति, विसंगति र समस्याको समाधान गर्दै सार्वजनिक सेवालाई चुस्त, सहज, पारदर्शी र नागरिकमैत्री बनाउन आवश्यक रहेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । आज (बिहीबार) साँझ अबेसम्म करिब साढे चार घण्टा लामो समयसम्म बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि प्रव...
पार्टी सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछिको विकसित घटनाक्रमबारे टुंगोमा पुग्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकस परेको छ । नागरिकता प्रकरणमा सांसद र मन्त्री पद खारेज भए पनि पुनः गृहमन्त्री बन्न पाउनुपर्न...
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने तयारी गरेपछि सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलिसम्मको लागि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बिहीबार अपराह्न ४ बजेका ...
कांग्रेस नेता गुरु घिमिरेले छानबिन चलिरहेको भन्दै पदप्रतिको आशक्ति नदेखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुझाव दिएका छन्। सामाजिक सञ्जालमा घिमिरेले नागरिकताको विवादपछि सांस...
सरकारमा सहभागी तेस्रो ठूलो दल रास्वपा सरकारबाट तत्काल नबाहिरिने भएको छ। आज साँझ अबेरसम्म बसेको पार्टीको बैठकले सरकारमै रहने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिए। बैठक जार...
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । पा...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...