×

Nic Asia
Dabur
Prabhu Bank

अख्तियारले मनायो भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडाैं | मंसिर २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस एक कार्यक्रम आयोजन गरी मनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र अख्तियार दुवैको संयुक्त आयोजनामा अख्तियारको कार्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको उनले बताएका हुन् । 

yONNEX
IME BANK INNEWS

प्रधानमन्त्री देउवाले भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको भूमिका र सक्रियता आवश्यक रहेको बताए । उनले भ्रष्टाचार नियन्त्रणलाई सबैको समन्वयमा अघि बढाउँदै जनमुखी सेवा प्रवाह गर्न जरुरी रहेको बताए । उनले भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण र निर्मूल गरी स्वच्छ, स्वस्थ, नैतिक र विकसित समाजको निर्माण गर्न सबै एकजुट हुन आवश्यक भएको बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘समाजको कलंकको रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न, भ्रष्टाचारजन्य गतिविधिबाट टाढा रहन र भ्रष्टाचारजन्य कार्यकाविरुद्धमा आवाज मुखरित गरी सदाचार कायम गर्न आवश्यक भएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘भ्रष्टाचार नियन्त्रणको अन्तर्राष्ट्रिय दायित्वप्रति नेपाल सरकार पूर्णप्रतिबद्ध छ । भ्रष्टाचारविरुद्धको महासन्धिको कार्यान्वयन गर्न तीन वटै तहबाट राष्ट्रिय कार्ययोजना कार्यान्वयन भइरहेको छ ।’

उनले भ्रष्टाचार नियन्त्रणसम्बन्धी अभियान सञ्चालनको खाँचो रहेको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि कानून संशोधन गर्न आवश्यक भए सरकार तयार रहेको पनि बताए । 


Advertisment
Lokantar App
Saurya island

‘भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरी स्वच्छ, स्वस्थ र विकसित समाज निर्माणको लागि हामी सबै प्रतिबद्ध हुन आवश्यक छ । समाजको कलंकको रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न यस्ता गतिविधिबाट टाढै रहन र भ्रष्टाचारजन्य कार्यविरुद्ध आवाज मुखरित गरी भ्रष्टाचारका गतिविधिहरूको नियन्त्रणका लागि आवश्यक कार्य गर्नुपर्नेछ । सरकारी कामलाई चुस्त बनाउन र जनतालाई सुशासन र सहज व्यवस्थापनको अनुभूति दिनु आजको आवश्यक्ता हो’, प्रधानमन्त्री देउवाले भने, ‘भ्रष्टाचारजन्य गतिविधि हुन नदिन राज्यका सबै तहमा कडाइका साथ कानूनको पूर्ण पालना गर्न निर्देशन गर्दछु ।’

आयोगले भ्रष्टाचारका दृष्टिले उच्च जोखिम क्षेत्रमा विशेष निगरानी बढाइरहेको छ : प्रमुख आयुक्त राई

Vianet communication

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिबद्ध रहँदै आएको बताएका छन् । सोही कार्यक्रमको अध्यक्षता गरिरहेका उनले भ्रष्टाचार नियन्त्रणका लागि आएका उजुरीउपर तथ्य प्रमाणको आधारमा प्रभावकारी अनुसन्धान एवं अभियोजनको काम भइरहेको पनि बताए । 

प्रमुख आयुक्त राईले संविधानले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माणका लागि उपचारात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासको चारखम्बे रणनीतिलाई आयोगले अवलम्बन गरिरहेको स्पष्ट पारे । भ्रष्टाचारविरुद्ध कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायको समन्वयात्मक प्रयत्न हुन जरुरी रहेको औँल्याउँदै प्रमुख आयुक्त राईले भ्रष्टाचारका दृष्टिले उच्च जोखिम क्षेत्रमा विशेष निगरानी बढाउने कामलाई अघि बढाइएको उल्लेख गरे ।

‘भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको नेपाल पक्ष राष्ट्र बनिसकेको सन्दर्भमा यसबाट सृजित दायित्व, चुनौती र जिम्मेवारी निर्वाह गर्न विद्यमान कानून, नीति र संरचनामा समयानुकूल सुधार र परिवर्तन गर्ने गरिएको छ । भ्रष्टाचारविरुद्धको राष्ट्रिय कानुन, नीति र रणनीतिको तर्जुमा र कार्यान्वयन मूल्यांकनका लागि भ्रष्टाचारविरुद्ध कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायको समन्वयात्मक प्रयत्न हुन जरुरी छ’, राईले भने, ‘नेपालको संविधानले आयोगलाई प्रदान गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने मूल उद्देश्यसहितको उपचारात्मक, निरोधारात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासको चार खम्बे रणनीति अवलम्बन गरिएको छ । आयोगले भ्रष्टाचारविरुद्धको कार्यको अनुसन्धान र अभियोजनलाई अझै प्रभावकारी बनाउँदै जाने क्रममा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै जाने नीति अख्तियार गरेको छ । साथै भ्रष्टाचारको दृष्टिले उच्च जोखिमयुक्त क्षेत्रको विशेष निगरानी बढाउनका साथै जोखिममा आधारित अनुसन्धान पद्धति कार्यान्वयन गर्ने गरेको छ । जोखिमयुक्त क्षेत्रमा अग्रसरतापूर्वक निगरानी गरी भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान र अभियोजन गर्ने गरिएको छ ।’

प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको नीतिलाई व्यवहारमा उतार्ने काममा तीन वटै तहको सरकार, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको बताए ।

उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा. रामप्रसाद घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने मुख्यसचिव शंकरदास वैरागी र  ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष पदमिनी प्रधानाङ्गले पनि आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा अख्तियारका अन्य आयुक्तहरू, विभिन्न संवैधानिक निकायका पदाधिकारीहरू, विभिन्न मन्त्रालयका सचिव तथा विभागका महानिर्देशकहरूको समेत उपस्थिति थियो । 

hAMROPATRO BELOW NEWS
JYOTI
Maruti inside
TATA Below
साउन २९, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विभिन्न मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरूसँग अन्तरक्रिया गरेको छ । अख्तियारले सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरूको प्रभावकारिताका सम्बन्धमा नेपाल सरकारक...

मंसिर २६, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन नं. ४, बागमती, प्रदेश, मन्थली रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । खानेपानीसम्बन्धी कामक...

असार १७, २०७९

कर्मचारीको मुद्दा हेर्न गठन गरिएको प्रशासनिक अदालत मुद्दाविहीन भएपछि सुनसान बनेकाे छ । कर्मचारीहरूसँग सम्बन्धित मुद्दा पनि अधिकांश उच्च र सर्वोच्च अदालतमै दर्ता गरिँदा प्रशासनिक अदालत सुनसान बनेको हो ।  ...

मंसिर ९, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक अधिकार क्षेत्रलाई संकुचित बनाई नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानूनी व्यवस्था खारेजीको माग राख्दै मानवअधिकार तथा सुशासनको क्षेत्रमा क्रियाशील छ वटा सा...

मंसिर २३, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीले ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’को अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यालयका शाखा अधिकृत दिवश अधिकारीले सञ्चालन गरेको कार्यक्...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x