×

NMB BANK
NIC ASIA

सडक निर्माणको काम शुरू भएपछि स्थानीय खुशी

मंसिर २४, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर ‘ए’ अन्तर्गतको सडक निर्माणको काम ५ महिनापछि शुरू हुँदा स्थानीय खुशी भएका छन् ।
  
गत आर्थिक वर्षको असारसम्म काम भएर स्थगित भएको काम निर्माण कम्पनीले शुरू गरेको हो । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालय धनगढीबाट निर्माण भइरहेको स्मार्टसिटी कार्यक्रम अन्तर्गतको सडक निर्माण कार्य रोकिँदा स्थानीय निकै आक्रोशित भएका थिए ।

Muktinath Bank

‘सडकको काम अलपत्र हुँदा दर्जनौं दुर्घटना भए । कैयौलाई चोटपटक लाग्यो,’ स्थानीय व्यापारी गंगाराम चपाईंले भने, ‘अब आशा गरौं काम शुरू भएको छ, सम्पन्न नहुँदासम्म काम रोकिने छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडकमा बिच्छाइएका गिट्टीका कारण टीकापुरका ताराप्रसाद अधिकारी मोटरसाइकल दुर्घटनामा पर्दा उनको हात भाँच्चियो । उपचारका लागि नेपालगञ्ज पुगे । एकातिर अनावश्यक खर्च त अर्कोतिर महिना दिनसम्म अपाङ्गताजस्तो भएर बस्दा निकै पीडा बोध भएको उनी बताउँछन् । ‘म दुर्घटनामा पर्नेमध्येको एक उदाहरण मात्रै हुँ । म जस्ता अरु सडककै कारण दुर्घटनामा पर्नुभयो,’ अधिकारीले भने, ‘सडक निर्माणको काम शुरू हुँदा अहिले खुशी छौं । अब काम होस् । कसैले असहज सडकका कारण समस्यामा नपरोस् भन्ने हो ।’


Advertisment
Nabil box
Kumari

सडकको काम अलपत्र हुँदा सवारी चलाउन निकै समस्या हुँदै आएको थियो भने पैदल यात्रुलाई समेत सास्ती थियो । बजार क्षेत्रमा सडकबाट उड्ने धुलोले जनजीवन झन कष्टकर बनाएको थियो । 

Vianet communication
Laxmi Bank

टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडकबहादुर शाहले रोकिएको सडकको कामले गति लिने विश्वास व्यक्त गरे । ‘हामीले संघीय कार्यालयको प्रमुखलाई नै बोलाएर सडकको अनुगमन गराएका छौं । आशा छ अब सडक निर्माणले गति लिनेछ,’ नगर उपप्रमुख शाहले भने, ‘आशा गरौं चालू आर्थिक वर्षको अन्तिमसम्म काम पूरा हुन्छ । असारसम्म काम सम्पन्न गर्ने गरी हाम्रो दबाब र निगरानी बढाउने छौं ।’
   
शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालय धनगढीका प्रमुख रमेश सिंहले चालू आवका लागि आयोजनाको जिम्मेवारी प्रदेशलाई गएका कारण केही समस्या भएको बताए । ‘पहिले प्रदेशमार्फत काम गराउने गरी योजनाको बजेट विनियोजन भएको थियो । त्यसबेला हामीले त्यसमा चासो दिएका थिएनौं,’ कार्यालय प्रमुख सिंहले भने, ‘अब आयोजनाको जिम्मेवारी कार्यान्वयन एकाइलाई आइसकेको छ । अब काम सम्पन्न गर्न हामीले ताकेता गर्छाैं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x