फागुन १९, २०७९
संरचना निर्माण वा विस्तारको काम गर्न स्थानीय तहहरूलाई नेपाल टेलिकमले अनुरोध गरेको छ। जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केवल व्यवस्थापन कार्यका क्रममा आ...
काठमाडाैं | पुस १५, २०७९
अवैध मोबाइल सेट आयातलाई निरुत्साह गर्न भन्दै सरकारले ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) स्थगित गरिएको छ । आज (शुक्रवार)देखि लागू गर्ने भनिएको एमडीएसएस स्थगित गरिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयन शुरु गरेकै दिन सिष्टम लागू हुन सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काललाई एमडीएमएस लागू नगर्न निर्देशन दिएपछि रोकिएको प्राधिकरणले बताएको छ ।
यसअघि आजदेखि एमडीएमएस लागू गर्ने तयारी भएको थियो । सरकारले विदेशबाट आउने नेपालीले ल्याउन पाउने मोबाइलमा लाग्ने भन्सारलाई हटाएर यसअघिकै व्यवस्था कार्यान्वयन गर्न दिएको निर्देशनसँगै एमडीएमएस लागू पनि स्थगित भएको छ ।
भन्सार विभाग र नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रधानमन्त्री स्वयंले तयारी पूरा गरेर अलिपछि लागू गरौँ भन्ने निर्देशन दिएपछि यो प्रणाली स्थगित गरिएको भएको दूरसञ्चार प्राधिकरणका एक अधिकारीले बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रवारदेखि यो प्रणाली पूर्णसञ्चालनमा ल्याउने भएकाले मोबाइल सिस्टममा अनिवार्य दर्ता गर्न सार्वजनिक सूचना जारी गरेको थियो । यद्यपि, प्रधानमन्त्रीको निर्देशनपछि यो प्रणाली लागू हुने मिति अनिश्चित बनेको छ ।
मोबाइल दर्ता गर्नुपर्ने व्यवस्थाले विदेशबाट फर्कने नागरिकले थप सास्ती पाउने भन्दै यसको चर्को आलोचना भएको थियो । यस सम्बन्धमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि चासो देखाएका थिए । अर्थमन्त्री र प्रधानमन्त्री दुवैको छलफलपछि यो प्रणाली हाललाई स्थगित गरिएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार तयारी गर्न थप समय दिइएको हो ।
संरचना निर्माण वा विस्तारको काम गर्न स्थानीय तहहरूलाई नेपाल टेलिकमले अनुरोध गरेको छ। जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केवल व्यवस्थापन कार्यका क्रममा आ...
रुसको प्रोग्रेस एमएस-२१ कार्गो अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरको गैर-नाभिगेबल भागमा खसेको रुसको राज्य निगम रोस्कोसमोसले आइतबार जनाएको छ । अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट अनडक गरेपछ...
नेपाली ग्राहकले चाहेअनुसार टेलिभिजन वितरण सेवाका लागि अलाकार्ट प्रणाली लागू गर्ने तयारी भइरहेको छ । सरकारले नीतिगत व्यवस्था गरेरै यो प्रविधि लगाउने भएको हो । सञ्चार मन्त्रालयले नीतिगत व्यवस्था गरेरै...
नेपाल टेलिकमले आफ्ना विभिन्न स्थानमा रहेका विविध उपकरण र संरचनामा क्षति पुगेको भन्दै क्षतिको सूचना दिन अनुरोध गरेको छ। आज एक सूचना जारी गर्दै टेलिकमले आफ्ना विभिन्न उपकरण र संरचनामा क्षति ...
नेपाल टेलिकमले सह–प्रवक्ता पदमा उपप्रबन्धक परमात्मा भट्टराईलाई तोकेको छ । कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यवसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक भट्टराईलाई कम्पनीको सह–प्रवक्ता तोकिएको ...
नेपाल दूरसञ्चार प्राधिकरणले दिएको शर्तविपरीत नेपाल टेलिकमले डेढ महिनादेखि फाइभजी परीक्षण गरिरहेको छ । नियामक निकायले सबै उपभोक्तालाई परीक्षण गर्नु भनेको भए पनि टेलिकमले भने आन्तरिक रूपमा मात्रै...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...