फागुन २८, २०७९
पाल्पाको तानसेनस्थित धवल पुस्तकालय प्रदान गर्दै आएको धवल दीर्घ साधना पुरस्कार वरिष्ठ साहित्यकार शशि पन्थी र धवल सिर्जना पुरस्कार कृष्ण उपन्यासका लेखक डा. शंकरप्रसाद गैरेलाई अर्पण गरिएको छ । पुरस्कारको राशी नगद २...
काठमाडाैं | पुस १६, २०७९
पतञ्जलि योग सूत्रको नेपाली अनुवादको पुस्तक प्रकाशनमा आएको छ । कमलप्रसाद ढुंगानाद्वारा अनुवादित पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो ।
पुस्तकमा योग सूत्रको शाब्दिक अनुवाद र त्यसको व्याख्या गर्ने प्रयास गरेका छन् अनुवादकले । महामुनि पतञ्जलिद्वारा लिखित योग सूत्र योग दर्शनको नामले परिचित छ, जुन षड्दर्शन मध्येको एक मानिन्छ ।
यसबाहेक षड्दर्शनमा न्याय सूत्र, वैशेषिक सूत्र, साङ्ख्या सूत्र, जैमिनि सूत्र (पूर्वमीमांसा) र वेदान्त सूत्र (उत्तर मीमांसा) पर्छन् । यिनका लेखक क्रमशः महर्षि गौतम, कणाद, कपिल, जैमिनि र वादरायण हुन् ।
योग सूत्रमा ४ पाद (खण्ड) र १९५ सूत्र छन् । यीमध्ये पहिलो समाधि पादमा ५१, दोस्रो साधन पादमा ५५, तेस्रो विभूति पादमा ५५ र चौथो कैवल्य पादमा ३४ सूत्र छन् । ग्रन्थले शुरूमै चित्तवृत्ति निरोधको प्रसङ्ग उठाएकोे छ ।
प्रथम ‘अथ योगानुशासन’को लगत्तै ‘योगश्चित्तवृत्तिनिरोधः’ सूत्र आउनुलाई यसैभित्र लिन सकिन्छ । चित्तको वृत्ति अनन्त छन्, हुन्छन् । नदीको छाल र समुद्रको तरंगजस्तो एउटा जान भ्याएको हुन्न अर्को आइसकेको हुन्छ, जसले मनमा भ्रम सिर्जना गरी सही तथा गलत छुट्याउन मुस्किल बनाइदिन्छ र अन्ततः यहीँबाट दुःखको संसार खडा हुन पुग्छ ।
प्रायः हामी संसारमा दुःख छ वा संसारले दुःख दियो, दिन्छ भन्ने गर्छाैं तर दुःखको कारण संसार होइन, यही चित्तवृत्ति नै हो । जबसम्म चित्त चलिरहन्छ, तबसम्म संसार पनि चलिरहेको हुन्छ । अनि जबसम्म संसार चलिरहन्छ तबसम्म दुःखको शृंखला पनि चली नै रहेको हुन्छ ।
संसार आफैंमा केही पनि होइन । ऊ हमेशा निरपेक्ष छ, निरपेक्ष नै रहन्छ । यसमा न सुख छ, न दुःख नै । आगोले चलाउन जान्दा फाइदा र नजान्दा हानि गरे जस्तै संसारलाई पनि खेलाउन जान्दा सुख र नजान्दा दुःख पाइन्छ । योग सूत्रले यही सांसारिक रंगमञ्चको खेलाडी बनेर रहेको चित्तका वृत्तिलाई निरोध गर्नुपर्ने सन्देश दिएको छ ।
चित्तको वृत्ति निरोध हुनासाथ संसारको गति रोकिन्छ । यसबाट जीवलाई ब्रह्मतर्पm उन्मुख हुन सजिलो पर्छ । ब्रह्म भन्नु नै के हो र ? आफैंभित्रको विराट पुरुष र उसको शक्ति तथा सामथ्र्य नै हो । यस सूत्रले त्यसैलाई चिनाउन खोजेको छ, देखाउन खोजेको छ । यस अनुसार योग सूत्रको आशय यो एउटै सूत्रमा समेटिएको देखिन्छ । बाँकी सूत्रहरूले चित्त भनेको के हो ? त्यसको वृत्ति कस्ता छन् ? कति छन् ? कसरी उत्पन्न हुन्छन् ? तिनलाई निरोध गर्ने साधन के–के हुन् ? निरोध गरेपछि कस्तो अवस्थामा पुगिन्छ र त्यसपछिको अवस्था कस्तो हुन्छ भन्ने देखाउने काम गरेको छ ।
योग अनेकार्थवाची शब्द हो । सोझो अर्थ त यही हो – जसले जीवात्मालाई परामात्मसँग जोड्ने तरिका सिकाएको छ तर यतिमा मात्र सीमित छैन । जो जुन क्षेत्रमा लागेका छन्, उनीहरूलाई त्यसै क्षेत्रसँग जोड्नु पनि योग नै हो । यस अर्थमा योग सूत्रले मुक्ति चाहनेका लागि ईश्वरमा मिलाउने र भुक्ति चाहनेका लागि कर्मकुशलता दिलाउने प्रयास गरेको छ भन्नु मनासिव हुनेछ ।
मानिसका उद्देश्य ४ किसिमका हुन्छन्, जसमा धर्म, अर्थ, काम र मोक्ष पर्छन् । मानिस यिनै उद्देश्य पूरा गर्नका लागि आएको हो । योग सूत्रले सोही उद्देश्य पूरा गर्ने तरिका सिकाउने भएकाले यसको महत्त्व हिजो जति थियो, आज पनि त्योभन्दा कम नरेको आफैं प्रस्ट हुन्छ ।
यस्तो महत्त्वपूर्ण ग्रन्थ अनुवाद गरेर अनुवादकले समाजलाई जुन किसिमको गुन लगाएका छन्, त्यसलाई प्रकाशित गरेर प्रकाशकले पनि उत्तिकै महत्त्वपूर्ण काम गरेका छन् । यस अर्थमा अनुवादक र प्रकाशक दुवै धन्यवादका पात्र भएका छन् ।
सामान्य प्रूफ मिस्टेकबाहेक अशुद्धि खासै छैन । १२६ पृष्ठको पुस्तकको मूल्य २७५ राखिनुलाई समय अनुसार महंगो भन्न मिल्ने अवस्था पनि छैन ।
पाल्पाको तानसेनस्थित धवल पुस्तकालय प्रदान गर्दै आएको धवल दीर्घ साधना पुरस्कार वरिष्ठ साहित्यकार शशि पन्थी र धवल सिर्जना पुरस्कार कृष्ण उपन्यासका लेखक डा. शंकरप्रसाद गैरेलाई अर्पण गरिएको छ । पुरस्कारको राशी नगद २...
प्रसिद्ध साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि एक लाख ५० हजार रुपै...
विगत ३ दशकदेखि नेपाली साहित्यमा पृथक पहिचान बनाएका लेखक रवीन्द्र समीरको १३औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ । लघुकथा विधाका अब्बल सर्जक समीरको यो दशौं लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि हो । कोरोना...
काभ्रेको पनौतीमा शनिबार पाँच कविलाई सम्मान गरिएको छ । अक्षरमाला साहित्यिक संस्थाद्वारा आयोजित वसन्त काव्यगोष्ठी, कवि सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा कवि रवीन्द्र आशिष शैली, ध्रुवनारायण जोन्छेँ, सीता विष्ट कार्की...
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीबाट लेखिएको ‘नइ र मेरो शताब्दी’ नामक निबन्ध कृतिको लोकार्पण गरेका छन् । सो कृतिका सम्पादक रहेका जोशीका ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...