×

NMB BANK
NIC ASIA

भक्तपुरमा भरिभराउ पर्यटक, पर्यटन व्यवसायी उत्साहित

पुस १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अंग्र्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले भरिभराउ हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस संक्रमणका कारण झण्डै तीन वर्ष नोक्सान ब्यहोर्नु परेका कारण यहाँका पर्यटन व्यवसायी आन्तरिक पर्यटककै चाप थेगिनसक्नु भएपछि व्यवसायी उत्साहित भएका हुन् ।

Muktinath Bank

अंग्रेजी नयाँवर्ष, २०२३ को आगमनले भक्तपुरका पर्यटकीय स्थलदेखि होटलसम्म आन्तरिक पर्यटकले भरिएका छन् । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा नयाँवर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटल भरिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलुका बास बसेर आज बिहान सूर्योदयसँगै हिमाली दृश्य अवलोकन गर्न पर्यटकको नगरकोटमा बाक्लो उपस्थिति थियो । हरेक वर्ष विदेशी पर्यटकले भरिने यहाँका पर्यटकीय क्षेत्र कोरोना महामारी र नगरकोट जाने सडकको जीर्ण अवस्थाका कारण पर्यटन व्यवसाय ओरालो लागे पनि नयाँ वर्षमा भने उमंग थपेको पर्यटन तथा होटल व्यवसायी अशोक थापाले बताए । 


Advertisment
Nabil box
Kumari

नगरकोट बेस क्याम्प रिसोर्टका सञ्चालकसमेत रहेका थापाले भने, ‘विदेशी पर्यटकको चाप घटेको छ, स्वदेशी पर्यटकको चाप निकै बढेको छ, अंग्रेजी नयाँ वर्षमा पनि ३० प्रतिशत मात्रै विदेशी पर्यटक आए, ७० प्रतिशत स्वदेशी पर्यटकले यहाँका होटल भरिएका छन् ।’ यहाँका सीमित होटलमा मात्रै विदेशी पर्यटक जाने गरेको र अन्य होटल स्वदेशी पर्यटककै भरमा रहनुपरेको व्यवसायी बताउँछन् । 

Vianet communication
Laxmi Bank

सामान्यदेखि चार स्टारसम्मका होटल रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटकको चाप बढेपछि कोठा पाउन  मुस्किल परेको व्यवसायी थापाले बताए । चिसो रातमा पनि नयाँ वर्षको स्वागत र सूर्योदयको मजा लिन यहाँ पर्यटकको आगमन बढ्दा व्यवसायी उत्साहित भएको उनी बताउँछन् । कोभिड–१९ को संक्रमणले रित्तिएका यहाँका होटलमा नयाँ वर्ष २०७८ देखि चहलपहल भए पनि अंग्रेजी नयाँवर्ष २०२३ को आगमनसम्म आइपुग्दा विदेशीभन्दा स्वदेशी पर्यटकको आगमनले नगरकोट होटल भरिएको होटल मेरिगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछानेले बताए ।

‘मैले होटल क्षेत्रमा काम गरेको २२ वर्ष बढी भयो तर कोरोनाले होटल सुनसान भएको पहिलो पटक थियो, अब त उठ्न सकिँदैन कि भन्ने लागको थियो तर नेपाली र अंग्रेजी नयाँ वर्षमा एक महिनाअघिदेखि सबै होटल बुक हुन थालेपछि र स्वदेशी पर्यटकको आगमन बढेपछि अब उत्साह थपिएको छ’, लामिछानेले भने । 

नगरकोटबाट फर्कंदै गरेका काठमाडौं, बानेश्वर निवासी पदमलाल श्रेष्ठले एक साता अगाडिदेखिनै होटलको रुम बुक गरेको बताए । आफ्नो परिवार र आफन्त गरी ११ जना शनिवार साँझ आएर बसेको र नयाँ वर्षमा रमाएका उनले आन्तरिक पर्यटकको चाप बढेको देख्दा अचम्मित भएको सुनाए । 

चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं नगरकोट नाल्दुम पर्यटन व्यवसायी संघका पूर्वसचिव धनबहादुर लामाले नयाँ वर्ष २०२३ लाई स्वागत गर्न आन्तरिक पर्यटकको नगरकोटमा ओइरो लागेको बताए । उनले भने, ‘एकसाता अगाडिदेखि होटल बुक भए, हिजो यहाँका होटल खचाखच थिए, कतिपयले कोठा नपाउने अवस्था आयो, घर बाहिर पारिवारिक रमाइलो गर्ने परम्परा बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।’
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाले २०८२ सालमा नगरकोट भ्रमण वर्ष मनाउन लागेको बताएका छन् । त्यसका लागि नगरपालिकाले आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेको बताउँदै नगरकोटदेखि चाँगुनारायण मन्दिरसम्म पर्यटकको आगमनलाई विश्वमाझ प्रचार गर्न भ्रमण वर्ष मनाउने भएको बताए । 

यस्तै पर्यटकीय गन्तव्य सूर्यविनायक नगरपालिका–७ गुण्डु र ८ सिपाडोलको संगमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटल आन्तरिक पर्यटकले भरिएका छन् । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्य हेर्ने र रातभरि नाचगान गरी नयाँ वर्षको स्वागत गर्न स्वदेशी पर्यटकको घुइँचो लागेको पर्यटन एवं होटल व्यवसायी रामसुन्दर बकेँले बताए । 

समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृंखलाको समेत अवलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदयसँगै कञ्चनजंगा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ्रे, गौरीशङ्कर, धौलागिरी तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको भिलेज हाईल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताए । 

सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइँमा पर्न थालेको भन्दै उनले कोरोना महामारीपछि यति धेरै आन्तरिक पर्यटकको आगमनले यहाँका सबै होटल खचाखच भएको बताए । 
रानीकोटमा रु १६ करोडको लागतमा निर्माण भएको होटल भिलेज हाइल्याण्ड रिसोर्ट सञ्चालनमा आएलगत्तै कोरोनाका कारण बन्द गर्नु परेपनि अहिले भने पुनः आशा जगाएको बकेँले बताए । नयाँ वर्ष आफ्नो होटल सात दिन अघिदेखि नै बुक भएकाले कतिपय आउन चाहने स्वदेशी पर्यटकलाई पनि ठाउँ दिन नसकेर अन्यत्र पठाउनु परेको भन्दै उनले आगामी एकसातासम्मका लागि होटल आन्तरिक पर्यटकले भरिएको बताए ।

उनले भने, ‘रानीकोट नयाँ पर्यटकीय गन्तव्य बनेको हो, केही वर्षयता होटल व्यवसायीले करोडौँ लगानी गरिरहेका छन्, आन्तरिक पर्यटकको आगमनले पर्यटन व्यवसायी उत्साहित छन् । ’

घ्याम्पेडाँडामा रु १९ करोड भन्दा बढीको लागतमा सञ्चालनमा आएको नयाँ होटल ‘घ्याम्पेडाँडा रिसोर्ट’ का राजेन्द्र प्याथले आन्तरिक पर्यटकको चापले यहाँको होटल व्यवसाय चलेको बताए । घ्याम्पेडाँडामा अहिलेसम्मकै बढी लागतमा निर्माण भएको उक्त होटलले विदेशी र स्वदेशी पर्यटकलाई राख्दै आएको उनले बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x