×

NMB BANK
NIC ASIA

सम्पादकीय

कायम रहोस् प्रचण्डको यो थालनी

पुस १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सिंहदरबारलाई ओझेल पारेर प्रधानमन्त्रीको सरकारी  निवासबाट सरकार सञ्चालन हुँदै आएकोमा नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यो प्रथा तोड्ने संकेत गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

‘केही नयाँ गर्ने’ भन्दै तेस्रोपटक सिंहदरबारको बागडोर सम्हालेका प्रचण्डले प्रधानमन्त्री कार्यालयलाई कामकाजी बनाउन शुरू गरेको छनक देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग सिंहदरबारमा छलफल गरे । सरकारका सचिवहरूलाई पनि सिंहदरबारमै निर्देशन दिए ।


Advertisment
Nabil box
Kumari

सरकार सञ्चालन र प्रशासनिक बैठकहरू सिंहदरबारमै राख्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । 

Vianet communication
Laxmi Bank

पछिल्ला वर्षहरूमा अपवादबाहेक सिंहदरबारमा मन्त्रिपरिषद्का बैठक बसेका थिएनन् । मन्त्रिपरिषद्को बैठकलगायत महत्त्वपूर्ण कामकाज निवासबाट गर्ने गलत प्रचलन संस्थागत हुन थालेको थियो । 

बालुवाटारको गोप्य कोठामा प्रधानमन्त्रीबाहेक असम्बन्धित व्यक्तिले कर्मचारी, सेना र प्रहरीको सरुवा बढुवाको लिस्ट तयार पार्ने जस्ता गलत काम हुने गरेको आरोप पनि लाग्दै आएको छ ।

प्रचण्डले त्यो गलत संस्कार करेक्सन गर्ने संकेत दिएका छन्, यसले कति निरन्तरता पाउने हो त्यो भने हेर्न बाँकी छ । 

कार्यालय समयभन्दा अघिपछि पनि सरकारी निर्णय गर्नुपर्ने भएकाले प्रधानमन्त्रीको सरकारी निवासलाई सरकारी अड्डासरह मान्यता दिइएको हो ।

सरकारका निर्णय पनि बालुवाटारबाट गर्ने, विदेशी राजदूतहरूलाई पनि त्यहीँ भेट्ने र राजनीतिक दलको बैठक पनि त्यहीँ बस्ने गलत प्रचलन दशकौंदेखि चल्दै आएको छ । चीन, भारत र अमेरिकाका राजदूतलाई प्रचण्डले पनि एकचरण बालुवाटारमै भेट गरिसकेका छन् ।

संसदको बैठक, राजनीतिक बैठक या उपत्यका बाहिरका कार्यक्रम बाहेक दैनिक कामकाज सिंहदरबारबाटै गर्ने प्रबन्ध गरे भने सुशासनका लागि एउटा कोशेढुंगा हुने थियो । प्रधानमन्त्री नै १० बजेदेखि ५ बजेसम्म सिंहदरबारमा बसे भने ‘सरकारी काम कहिले जाला घाम’ भन्ने प्रवृत्ति अन्त्य गर्दै कर्मचारी पनि पूरै समय कार्यालयमा बस्न बाध्य हुनेछन् । 

प्रचण्डले प्रधानमन्त्रीको तेस्रो कार्यकाललाई विगतको भन्दा फरक र स्मरणीय बनाउन खोजेका हुन् भने नागरिकका लागि सिंहदरबार प्रवेशमा लगाइएको बन्देज खोल्नु पर्छ । सर्वसाधारणले सरकारको प्रमुख प्रशासनिक निकायमा सहज प्रवेश पाउनु पर्छ । त्यति मात्र होइन प्रधानमन्त्रीसँग उनीहरूले भेट्न पाउनु पर्छ । 

कुनै एउटा मापदण्ड बनाएर हप्तामा ५० जना मात्र नागरिकसँग प्रधानमन्त्रीले अन्तरक्रिया गरे भने त्यो जनमुखी काम हुनेछ । जनताका वास्तविक पीरमर्का के हुन् भन्नेबारे प्रधानमन्त्रीले नागरिकको मुखबाटै सुन्न पाउने छन् । प्रधानमन्त्रीलाई सल्लाह दिनेहरूले वास्तविकता भन्दा बनावटी सल्लाह दिने गरेकाले सरकार र नागरिकबीच खाडल छ ।

बाबुराम भट्टराईले शुरू गरेको ‘हेल्लो सरकार’ले तत्कालीन अवस्थामा जनताका गुनासा प्रधानमन्त्रीले सुन्ने एउटा संयन्त्र खडा भएको थियो । त्यो संरचना अहिले कामकाजी छैन । नयाँ ढंगबाट त्यसलाई अगाडि बढाउन सकिन्छ ।

प्रधानमन्त्रीले शपथ लिएर कार्यभार सम्हालेको एक साता पुग्दैछ । न्यूनतम् साझा कार्यक्रम र सरकारको स्वरूप अझै आइसकेको छैन ।

अहिले नै धेरै उत्साही हुने या निराश हुने अवस्था छैन । यो शुरूआतलाई निरन्तरता दिँदै प्रचण्डले प्रधानमन्त्री कार्यालयलाई साँच्चिकै चुस्त र कामकाजी बनाऊन् ।

कार्यकर्तालाई जागिर खुवाउनका लागि सल्लाहकारको भजनमण्डली अहिले देशको अर्थतन्त्रले पनि धान्दैन । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x