×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेशसभा पहिलो बैठक : ‘हाम्रो प्रतिपक्ष गरीबी हो’

पुस १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेशसभा अधिवेशन सोमवारदेखि शुरू भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश सभाको सोमवार बसेको पहिलो बैठकमा बोल्दै दलका नेताहरूले कर्णालीको अभाव, गरीबी र पछौटेपन नै प्रदेशको प्रतिपक्ष भएको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीमा राजनीतिक दलहरू सत्तापक्ष र प्रतिपक्ष नभई हाम्रो अभाव र गरीबी नै प्रतिपक्ष भएको बताए ।


Advertisment
Nabil box
Kumari

‘कर्णालीको प्रतिपक्ष भनेको रोग, भोक र गरीबी हो, यसलाई मेटाउन सबै दलहरू एकमत हुनुपर्छ,’ उनले भने, ‘राम्रा–राम्रा कानूनहरू बनाएर हामीले प्रदेशलाई विकासको बाटोमा लैजान सक्नुपर्छ, जनतालाई सांसदहरू सत्ताको लुछाचुँडीमा छैनन् भनेर देखाउन आवश्यक छ ।’

Vianet communication
Laxmi Bank

नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले विगत ५ वर्षको कार्यकालको गम्भीर समीक्षा गरेर अघि बढ्नुपर्ने टिप्पणी गरे । ‘कर्णाली पछि पर्‍यो, हेपियो भनेर गुनासो गर्ने अवस्था छैन, कर्णाली बनाउने ठाउँमा हामी आफैं पुगेका छौं,’ उनले भने, ‘विगतका कमीकमजोरी सुधार्दै आ–आफ्नो जिम्मेवारी अनुरूप प्रदेशका खराब सूचकांक सुधार गर्न लाग्न जरुरी छ ।’

कर्णालीमा विकास गर्ने नभई विकास खाने मनोविज्ञान हाबी भएको भन्दै त्यसको अन्त्य गर्नुपर्ने उनको भनाई थियो । नेता कँडेलले प्रदेश सरकारका क्रियाकलापका कारण जनताले प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठाइरहेकाले गम्भीर बन्नुपर्ने धारणा राखे ।

नेकपा माओवादी केन्द्र दलका नेता राजकुमार शर्माले संविधानमा प्राप्त उपलब्धि बचाउनु जनप्रतिनिधिको मुख्य दायित्व हुनुपर्ने विचार व्यक्त गरे । ‘व्यवस्था बचाउने सन्दर्भ तब मात्रै सम्भव छ, जब हामी तीनै तहका जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुन्छौं,’ शर्माले भने, ‘हामीले लोकतन्त्र, प्रजातन्त्र र स्वतन्त्रताको कुरा गरिरहेका छौं, लोकतन्त्रमा हामी जिम्मेवार भएर जनताप्रति समर्पित भएर काम गर्न सके सफलता प्राप्त गर्न सक्छौं ।’

राप्रपाका सन्तोषी शाहीले हिन्दू राष्ट्रलाई धर्मनिरपेक्ष गराउने र राजसंस्था हटाउने निर्णय गलत भएको बताउँदै भनिन्, ‘यसले गर्दा मुलुक थप अस्थिरतातर्फ धकेलिएको छ, भ्रष्टाचार बढ्न पुगेको छ ।’

नेकपा एकीकृत समाजवादीका कल्याणी खड्काले समृद्ध कर्णालीको साझा धारणा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले बहुमतको दम्भ नराखी कर्णालीको भ्रष्टाचार अन्त्यमा सबैले हातेमालो गर्न जरुरी रहेको औंल्याए ।

बैठकले प्रदेशसभा सञ्चालनका लागि ३ जना सांसदको नाम अनुमोदन गरेको छ । जसमा कांग्रेसबाट हिक्मतबहादुर विष्ट, एमालेबाट जितबहादुर मल्ल, माओवादी केन्द्रबाट भीमप्रकाश शर्मा रहेका छन् । प्रदेश सभाको अर्को बैठक पुस २५ गते दिउँसो १ बजे बस्ने भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x