चैत ९, २०७९
महँगो ड्राइ फ्रुटमा पर्ने काजु खानु स्वास्थ्यका लागि निकै लाभदायक छ। पछिल्लो समय त झन् यसको प्रयोग विभिन्न परिकारमा समावेश गर्न थालिएको छ। नेपाली तथा भारतीय खानाका विभिन्न परिकारमा यसलाई समावेश ग...
झापाको दमक –१० सेतुमारीमा एक दशकअघिबाट शुरु गरिएको सेतुमारी बजारको अस्तित्व नै सङ्कटमा पर्दै गएको छ । स्थानीय कृषि उत्पादनको सहज बजारीकरण गर्ने उद्देश्यले विसं २०६७ बाट बजार सञ्चालनमा ल्याइएको थियो ।
आफ्नै उत्पादन आफ्नै बजारको अवधारणाअनुरुप सेतुमारीमा बजार सञ्चालन गर्ने सोचले बजारको अवधारणा अघि बढाइएको भए पनि बजारले नियमित्ता नपाउँदा बजारस्थल बेवारिसे बन्न पुगेको दमक –१० पूर्व वडाध्यक्ष बोधराज न्यौपानेले बताए । हरेक हप्ताको मङ्गलबार लाग्नेगरी बजारको शुरुआत गरेको भए पनि त्यस कार्यले निरन्तरता पाउन नसक्नु सिङ्गो १० नं वडाकै लागि दुर्भाग्य भएको उनको भनाइ छ ।
सेतुमारी बजारमा साप्ताहिक पशु हाटसमेत लाग्ने गरेको स्थानीयवासी बताउँछन् । सो स्थानमा बजार सञ्चालनका लागि स्थानीय दाताले नौ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए । विशेष कारण केही समयपछि बजार सञ्चालन आउन नसक्दा त्यसैको निरन्तर स्वरुप एक दशक लामो समय बितिसक्दा पनि अहिलेसम्म यस स्थानमा पुनः बजार लाग्न सकिरहेको छैन । सेतुमारी बजार सञ्चालनमा आउँदा खुसी बनेका यस क्षेत्रका सर्वसाधारणको त्यो खुसी बजार बन्द भएसँगै अहिले निराशामा परिणत भएको छ ।
स्थानीयस्तरमा नै बजार सञ्चालनमा आउला र गाउँघरमा उत्पादित कृषि उपजले सहज बजार पाउला भन्ने आशा गरेका थियौँ तर व्यवहारमा सो कुरा हुन नसक्नु दुःखद् भएको जग्गादाता मध्येका देवेन्द्र श्रेष्ठले गुनासो गरे । “हामीले आज बजारको अवस्था यस्तो होला भन्नेसम्मको कल्पना पनि गरेका थिएनौँ तर दुर्भाग्य नै भन्नुपर्छ आज सेतुमारी बजारको अतित्वनै नामेटजस्तै हुँदैछ” उनले दुःखेसो पोखे ।
यहाँका श्रेष्ठ परिवारले बजार सञ्चालनका लागि निःशुल्क लाखौँ मूल्यको जग्गा उपलब्ध गराएका थियौँ, तर सम्बन्धित सरोकारवाला र सथानीयवासीले चासो र चिन्ता नराखिदिँदा बजारमा निर्माण भएका लाखौं मूल्यका पसल कवल पनि प्रयोगविहीन बनिरहँदा राज्यकोषको लाखौँ बजेट दुरुपयोगजस्तै बनेको उनले गुनासो गरे ।
आरआरएनएले निर्माण गरिएको एउटा पसल कवल रहेको छ । त्यसैगरी दमक नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा रु ५० लाख बढी लगानीमा सटरसहितका दुईवटा पसल कवलको निर्माण गरिदिएको छ । तर यस स्थानमा अझसम्म पनि पुनः बजार सञ्चालनमा आउन नसक्दा ती लाखौँ मूल्यका भौतिक संरचना प्रयोगविहीन बनिरहेका छन् । बजारका लागि भनेर निर्माण भएका सार्वजनिक शौचालय पनि जीर्ण बन्दै गएको छ ।
यस स्थानमा पुनः बजार सञ्चालनका लागि प्रक्रिया शुरु भइसकेको र अब चाँडै स्थानीयवासी तथा सरोकारवालासँग छलफल अघि बढाइने वडा नं १० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले बताए । वडाकै दिगो आयस्रोतको माध्यमका रूपमा बजार सञ्चालन गरी स्तरोन्नति गरिदै लगिने अध्यक्ष भण्डारीले बताए ।
सेतुमारी बजारस्थलमा जुन उद्देश्यले संरचना निर्माण गरिएको थियो त्यसको सही उपयोग हुन नसक्दा सुरक्षा चुनौतीसमेत बढ्दै गएको स्थानीयवासीले गुनासो गरेका छन् । बजार क्षेत्रमा निर्माण भएका भौतिक संरचना दुव्र्यसनीको थलो बन्लान कि भन्ने त्राससमेत पैदा हुँदै गएको स्थानीयवासीले चिन्ता व्यक्त गर्न थालेका छन् ।
यसैगरी बजारस्थल नजिकै रहेको सेतुमारी बसपार्कको जग्गा पनि प्रयोगविहीन बनेकोछ । स्थानीय दाताले बसपार्कका लागि निःशुल्क प्रदान गरेको सो संरक्षण गरिनुपर्ने स्थानीयवासीका माग रहेको छ । रासस
महँगो ड्राइ फ्रुटमा पर्ने काजु खानु स्वास्थ्यका लागि निकै लाभदायक छ। पछिल्लो समय त झन् यसको प्रयोग विभिन्न परिकारमा समावेश गर्न थालिएको छ। नेपाली तथा भारतीय खानाका विभिन्न परिकारमा यसलाई समावेश ग...
काठमाडौंको महाराजगञ्ज चक्रपथ चप्पल कारखाना अगाडि बिहीबार दुर्घटना भएको छ। दिउँसो ३ बजे २ वटा गाडी, २ वटा मोटरसाइकल र एक स्कुटर आपसमा जुधेका हुन्। चक्रपथ रुटमा चल्ने गाडी र भ्यान आपसमा ...
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रका लागि वर्षभरि दिइने बिदाको सूची प्रकाशित गरेको छ। ती बिदाहरू सरकारले दिइने बिदाकै आधारमा राष्ट्र बैंकले तयार पारेर सार्वजनिक गरेको हो। जसअ...
प्रहरी महानिरीक्षक (आईजीपी)को रेसमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको भर्ना प्रक्रियालाई लिएर लागेको आरोप पुष्टि नहुने देखिएको छ । एआईजी ज्ञवालीको भर्ना प्रक्रियाका विषयमा प्रारम्भिक अ...
नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा ...
प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरूको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन्। बिहीवार सामुदायिक ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...