×

NMB BANK
NIC ASIA

नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा

पुस २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ शनिबार साँझ नुवाकोटको विदुर नगरपालिका-१० शुभघाट आइपुगेको छ ।

Muktinath Bank

गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ काठमाडौँसम्म पैदल जाने क्रममा धादिङको भर्‍याङ भुरुङ हुँदै नुवाकोट आइपुगेको हो । शुभघाटमा आइपुगेको टोलीलाई जिल्लास्थित जनप्रतिनिधि, स्थानीयवासीसहितका सरोकारवालाहरुले भव्य स्वागत गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धादिङको शिवदल गणका गणपति प्रमुख सेनानी अशोकराज बराल, उपसेनानी विशाल काजी र नेत्रावती-डबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले शनिबार नुवाकोटको जबरजङ्ग गणका गणपति प्रमुख सेनानी अरुण कार्की र म्यागङ गाँउपालिका-५ का वडाध्यक्ष जीतबहादुर तामाङलाई संयुक्त रुपमा एकीकरण टर्च र्‍याली हस्तान्तरण गरे।


Advertisment
Nabil box
Kumari

नुवाकोटको जबरजङ्ग गणको नेपाली सैनिकले ग्रहण गरेको ‘एकीकरण टर्च र्‍याली’ नुवाकोटको सामरीभञ्याङ स्थित पौवामा आएर विशेष कार्यक्रम पश्चात नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिँडेको पदमार्ग पछ्याउँदै सामरीभञ्याङ, कागुने, विदुर नगरपालिका–१० शुभघाट आइपुगेको हो ।

Vianet communication
Laxmi Bank

र्‍यालीलाई स्वागत गर्न भर्‍याङ भुरुङ र सामरीभञ्याङमा आयोजित स्वागत कार्यक्रममा नेपाली सेनामार्फत् सुरु गरेको अभियान इतिहासको जगेर्ना, पुर्खाले पुराएको योगदानको संरक्षण र मेटिदै जान थालेको तत्कालीन पुरातात्विक, धार्मिक तथा ऐतिहासिक संरचनाको जगेर्ना गरेर पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने स्थानीय रामेश्वर खड्काले बताए ।
 
नुवाकोटको त्रिशूलीबाट धादिङतर्फ गोर्खा राज्य र काठमाडौँतर्फ कान्तिपुर राज्य भएकाले गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय गर्दै नेपाल एकीकरण अभियान सुरु गरेका थिए । नुवाकोट विजयबाट नै विशाल नेपालको निर्माण सम्भव भएको भन्दै गोरखाबाट काठमाडौँसम्मको एकीकरण यात्रा ऐतिहासिक र महत्वपूर्ण रहेको जबरजङ्ग गणका गणपति कार्कीले बताए । 
 
कान्तिपुर राज्यको अधिनमा रहेको नुवाकोटमाथि विजय पश्चात नुवाकोटका जनताको साथ लिएर नै पृथ्वीनारायण शाहले काठमाडाैँ उपत्यकासहितका अन्य राज्यमाथि विजयी हासिल गरेकाले उक्त पदमार्गको संरक्षण, पर्यटक प्रवद्र्धन र पुर्खाले पुर्‍याएको योगदानको सम्मान स्वरुप युवा पिँढीमा राष्ट्रभाव उत्पन्न गराउन ‘एकीकरण मार्ग पदयात्रा’ प्रभावकारी हुने नेपाली सेनाले जनाएको छ ।
 
र्‍यालीमा सहभागी सैनिकहरु पृथ्वीनारायण शाहको समयमा उनको फौजले प्रयोग गरेको जस्तै पोषाक र हतियारमा सजिएका छन् । गोरखा दरबारबाट निकालिएको ‘एकीकरण टर्च’ अर्थात् ‘दिपज्योति’ र्‍यालीमा पृथ्वीनारायण शाहले स्थापना गरेको नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजा संलग्न छ ।  
 
‘एकीकरण टर्च’ र्‍याली आइतबार बिहान शुभघाटबाट केउरिनी चौतारो हुँदै नुवाकोटस्थित साततले दरबार पुग्नेछ । पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएर देशको शासन सञ्चालन चलाएको साततले दरबार परिसरमा आयोजित विशेष स्वागत कार्यक्रम पश्चात ‘एकीकरण टर्च र्‍याली’ काठमाडौँतर्फ लाग्ने छ ।

साततले दरबारबाट धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हुँदै पुस २६ मा काठमाडौँतर्फ लाग्नेछ । सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुस २७ मा विशेष कार्यक्रम गरेर र्‍यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x