×

NMB BANK
NIC ASIA

हिक्मतको यात्रा : ल फर्मको संचालकदेखि मुख्यमन्त्रीसम्म

पुस २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश १ का नव नियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्की चौथो मुख्यमन्त्रीमा नियुक्त भएका छन । पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानून मन्त्री भएका कार्की पूर्व कानून व्यावसायी समेत हुन् । 

Muktinath Bank

२०३६ सालमा अनेरास्ववियुमा आवद्ध भएका कार्की २०५३ सालमा नेपाल ल क्याम्पसमा स्ववियु सभापति भए । २०५५ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्वियु)केन्द्रीय अध्यक्ष भएका थिए । हिक्मत २०७१ मा एमालेको केन्द्रीय कमिटी सदस्य, २०७१ देखि २०७३ सम्म मेची अञ्चल इञ्चार्ज र २०७८ मा एमाले कमिटी सदस्य भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनेरास्वियुको अध्यक्षको कार्यकाल सकिएपछि कार्कीसहित ३ जना मिलेर २०५८ सालमा काठमाडौँमा ल फर्म खोलेका थिए । तर उनले फर्ममा लामो समय काम गरेनन् । परिवार नै राजनीतिमा सक्रिय रहेकोले उनी राजनीतिबाट अलग्गिन सकेनन् । 


Advertisment
Nabil box
Kumari

‘परिवारका सबै सदस्य राजनीतिमा थियौं’ हिक्मत कार्कीका दाजु तथा नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीले भने, ‘पछि परिवार पाल्न नै पो समस्या हुन्छ कि भनेर कानूनको विद्यार्थी भएकाले पनि ल फर्म खोल्न भनेका थियौं ।’ 

Vianet communication
Laxmi Bank

दीपक २०६४ र ०७४ को निर्वाचनमा तत्कालीन झापा ६ बाट निर्वाचित भएका थिए । २०६४ मा झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव हार्दा हिक्मतका दाजु दीपकले भने चुनाव जितेका थिए । 

दाजु दीपक र दिदी राधा कार्की पनि राजनीति गर्थे । ‘मेरो इन्स्पेक्टर बन्ने इच्छा थियो ।  भाइलाई कानून पढ्न लगायौ । उसले पनि राजनीति सुरु गर्‍यो । आफूले राजनीति गर्ने भएकाले उसलाई पनि राजनीति नगर भन्न सक्ने अवस्था थिएन । त्यहीँ कानुन व्यवसायी बनोस् भन्ने लागेको थियो । तर हामी दुवै जनाले राजनीति गर्‍यौं । बहिनी राधाले भने पछि शिक्षकको जागिर खाइन्’ दाजु दीपकले भने ।  

जागिर खान भने परिवारले दबाब नदिएको उनले बताए । दुई पटक गाविस अध्यक्ष हुँदै दुई पटक सांसद भएपछि भने भाइ हिक्मतलाई पनि राजनीति गर्न सजिलो भएको उनले बताए । कार्की एमालेमा ओली निकटका नेता हुन् ।

उनले नेपाल ल क्याम्पसबाट एलएलएमसम्मको अध्ययन गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x