×

NMB BANK
NIC ASIA

वडामै ज्येष्ठनागरिकलाई सामाजिक सुरक्षा भत्ता

पुस २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

हलेसी तुवाचुङ नगरपालिकाले नागरिकलाई वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरणदेखि योजना सम्झौतासम्मका सेवा दिने अभियान थालनी गरेको छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा वडागत योजना सम्झौता, ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण, बालिका विकास बचत भौचर हस्तान्तरण र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्न नगरपालिकाले अभियान सञ्चालन गरेको हो ।

Muktinath Bank

नगरवासी नागरिकको सहजताका लागि नगरपालिकाले शुरु गरेको अभियानको पहिलो दिन सोमबार वडा नं ११ राजापानीस्थित वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको छ । राजापानीको वडा कार्यालयमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा १५ वटा योजना सम्झौता गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिविरमा नगरपालिकाले सञ्चालन गरिरहेको बालिका बचत कार्यक्रमअन्तर्गत बैंकमा रकम जम्मा गरेर १० जनालाई भौचर हस्तान्तरण गरिएको जनाइएको छ । यस्तै दुई सय ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै औषधि वितरण गरिएको छ । शिविरमा एक सय ५० जनाले सामाजिक सुरक्षा भत्ता बुझेका छन् । (क) वर्गका एक, (ख) वर्गका चार, (ग) वर्गका दुई र (घ) वर्गका एक गरी ८ जनालाई अपाङ्गता परिचयपत्र र ३० ज्येष्ठ नागरिकलाई परिचयपत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

सामाजिक सुरक्षा भत्ता बुझ्न वृद्धवृद्धा लठ्ठीको सहारामा वडा कार्यालय आएका थिए । हलेसी तुवाचुङमा सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण शुरु भएपछि भत्ता बुझ्न बैंकसम्म पुग्नुपर्ने बाध्यता छ । राजापानीबाट हलेसीसम्म पुगेर फर्किँदा भत्ताको आधा रकम सकिएको सुनाउँदै हाल वडामै भत्ता पाउँदा धेरै खुसी लागेको वृद्धवृद्धाले प्रतिक्रिया दिएका छन् । वडासम्म आउन नसक्ने व्यक्तिको भत्ता परिवारका सदस्यलाई प्रदान गरिएको छ ।

Vianet communication
Laxmi Bank

यस्तै योजना सम्झौता गर्न नगरपालिकाको कार्यालयमा धाउँदा धेरै खर्च हुने गरेको उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै वडामै सम्झौता गर्न थालिएको छ । वडागत योजना सम्झौतादेखि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई वडामै पुगेर परिचयपत्र वितरण गर्न पाउँदा आफूहरूसमेत सन्तुष्ट भएको जनप्रतिनिधिले बताएका छन् ।

नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउन वडामै पुगेर सेवा प्रदान गर्ने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन अभियान शुरु गरिएको नगरप्रमुख विमला राईले बताइन् । “विशेषगरी सामाजिक सुरक्षा भत्ता लिने नागरिकलाई समस्या छ । भत्ता लिन हलेसी पुग्नुपर्छ । सवारीसाधन प्रयोग गरेर जाँदा आधा रकम उतै सकिने अवस्था छ”, उनले भनिन्, “त्यसैले वडामै पुगेर भत्ता वितरण गर्न थालेका छौँ । वडाका योजना साना छन् । सम्झौताका लागि नगरपालिका पुग्नुपर्ने उपभोक्ताको बाध्यता छ । उहाँहरूको समय र स्रोतको बचत गर्न शिविरमार्फत सेवा दिन थालेका हौँ ।”

वडा कार्यालय आएका कतिपय सेवाग्राहीको कागजपत्र नमिलेका कारण रित्तो हातसमेत फर्किका छन् । विशेषगरी सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीमा समस्या देखिएकाले त्यस्ता व्यक्तिको कागजपत्र मिलाएर पुनः उनीहरुलाई सहज वातावरणमा सेवा प्रदान गरिने वडाध्यक्ष अनिश कार्कीले बताए ।  

अभियानका क्रममा साविकको राजापानी गाविस वडा १ थुम्कीका लोकबहादुर बुढाथोकीलाई उनको घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरिएको छ । करिब एक वर्षदेखि प्यारालाइसिस रोगले ओछ्यान पर्नुभएका बुढाथोकीलाई उपप्रमुख रमेशकुमार राउत, वडाध्यक्ष अनिश कार्की, नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेलगायतको टोलीले परिचयपत्र प्रदान गरेको छ। रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x