×

Nic Asia
Dabur
Prabhu Bank

अब उपभोक्ताले नै थाहा पाउनेछन् आफूले पिएको पानीको गुणस्तर

काठमाडाैं | पुस २८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

 अब उपभोक्ताले समेत आफूले पिएको पानीको गुणस्तरको मापन गर्न सक्ने भएका छन् ।

yONNEX
IME BANK INNEWS

फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालिले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधि ल्याएको हो। ​स्मार्ट वाटर प्रविधिअन्तर्गत रहेको एक सेन्सरमार्फत खानेपानी समिति मात्र नभएर उपभोक्ताले समेत आफ्नो घरमा आएको खानेपानीको गुणस्तर थाहा पाउन सक्ने भएका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

दियालो टेक्नोलोजिज प्रालिले विकास गरेको प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रूपमा अटोमेशन गर्दै लगिरहेको छ । दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ, बिलिङदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरू विकास गरेको जनाएको छ। 

जसमा खानेपानीको गुणस्तर मात्र नभई खानेपानीको स्रोतदेखि उपभोक्ताका घरका धारासम्मलाई स्मार्ट बनाएको छ । हाल यस प्रणाली प्रयोग गर्न अधिकांश खानेपानी समितिले चासो देखाएका छन् ।


Advertisment
Lokantar App
Saurya island

राजधानीको टोखा खानेपानी समितिबाट पाइलट प्रोजेक्टका रूपमा शुरू गरिएको यस प्रणालीलाई लागु गर्न देशभरका खानेपानी समितिहरू उत्सुक देखिएका दियालोले जनाएको छ। हाल केही समितिहरूमा यस प्रणाली लागु हुने क्रममा छ ।

यसै क्रममा दियालो टेक्नोलोजिजले मंगलबार मोरङको उर्लाबारीमा प्रदेश नं. १ मा रहेका सबै खानेपानी समितिहरूबीच एक कार्यशाला गोष्ठी आयोजना गरेको थियो । कार्यशालामा दियालोका बिजनेस डेभलपमेन्ट हेड रोशन गौतमले दियालोको सफ्टवेयरका विशेषताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत पीआर खनालले समितिहरूका जिज्ञासाको जवाफ दिएका थिए।

Vianet communication

उक्त कार्यक्रम उद्घाटन गर्दै उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगा खरेलले पानीजस्तो महत्वपूर्ण वस्तुको उपभोक्ताले नै गुणस्तर हेर्न पाउनु भनेको प्रविधिको उच्चतम विकास भएको भन्दै खानेपानी समितिहरूलाई लागु गर्न आग्रह गरे। 

हालसम्म करिब ६ सय ओटा खानेपानी समितिहरूलाई डिजिटलाइजेशन गरिसकेको दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित यो  प्रणालीको विकास गरेको बताएको छ। 

करिब १० वर्ष अगाडि स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरू निर्माण गर्दै आएको छ । दियालोले मिटर रिडिङ मोबाइल एप, बिलिङ व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी,लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संशाधन व्यवस्थापन प्रणाली,एन.आर.डब्लु (पानी चुहावट विश्लेषण ) प्रविधि,ल्याब व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन, भूमिगत पानीको तह विश्लेषण, मोबाइल एप्लिकेशन,इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर,ट्यांकीको पानी तह मापन प्रविधिजस्ता प्रणालीको विकास गरेको छ ।

यी प्रणाली नेपालमा खानेपानी क्षेत्रलाई अन्तराष्ट्रिय स्तरको बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ७, २०७९

दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले ज...

चैत ११, २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २०० रुपैयाँ तोकिएको छ भने हरियो अंगुरको १२० रुपैयाँ त...

चैत १०, २०७९

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार कालो अंगुरको अधिकतम मूल्य प्रतिकिलो २२० तथा हरियो अंगुरको १५० रुपैयाँ रहेको छ ।&nb...

चैत ६, २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतमक मूल्य २२० रुपैयाँ निर्धारण भएको छ भने हरियो अंगुरको १५० रुपैयाँ छ । ...

चैत १, २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य २२० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १५० रुपैयाँ रहेको छ।   ...

चैत १३, २०७९

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अम्बाको प्रतिकिलो औसत मूल्य अधिकतम २२० रुपैयाँ रहेको छ भने आभोकाडोको ६०० रुपैया...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x