चैत १, २०७९
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य २२० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १५० रुपैयाँ रहेको छ। ...
ईओएल प्रालि नेपालमा केन्ट ब्रान्डका नयाँ एमसीबी र थप विद्युतीय सामानहरू नेपाली बजारमा ल्याएको छ ।
बिल्कुलै नयाँ आईस्मार्ट फेन्सी एंगल होल्डर, आईस्मार्ट फेन्सी ब्याटन होल्डर, आईस्मार्ट मोड्युलर एंगल होल्डर, आईस्मार्ट मोड्युलर ब्याटन होल्डर, आईस्मार्ट ६ए प्लग टप, मेल फिमेल बेला, मेटल बक्स ४एम २१ गज, मेटल बक्स १ र २ का २१ गज, नेक्स एमसीबी टीपीएन सिरिज उपलब्ध छन् ।
‘सबै नयाँ वस्तुहरू उत्कृष्ट विशेषताहरूले भरिपूर्ण छन् । सबै सामानहरू नेपालभर बजारमा सजिलै पाइन्छ,’ कम्पनीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ । केन्टसँग पहिले नै बजारमा नेक्स सिरिजको सेमी–मोड्युलर स्वीचहरू, विभिन्न प्रकारका फ्यानहरू, ग्यास र इलेक्ट्रिक गिजरहरू, हेलोजन हिटरहरू उपलब्ध छन् । केन्ट भारत ब्रान्ड नेपालीहरूको लोकप्रिय ब्रान्डहरूमध्ये एक हो ।
सीजी इलेक्ट्रोनिक्स चौधरी ग्रूपको एक कम्पनी हो, जसले विगत ४५ वर्षदेखि विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय तथा घरेलु सीजी ब्रान्डहरू उपलब्ध गराइरहेको छ । सीजी इलेक्ट्रोनिक्सले विभिन्न प्रकारका उपभोक्ता टिकाउ उत्पादनहरु उपलब्ध गराउँदै आएको छ ।
ईओएल प्रालि सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको सब्सिडी कम्पनीले २०१७ देखि प्रिमियम गुणस्तरका विद्युतीय उत्पादनहरू जस्तै फ्यान, सेमी–मोड्युलर स्वीचहरू, एमसीबी, होल्डरहरू र रुम हिटर, वाटर हिटर र गिजरहरू प्रतिष्ठित केन्ट भारत ब्रान्डका उत्पादनहरू मार्केटिङ र वितरण गर्दै आएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य २२० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १५० रुपैयाँ रहेको छ। ...
स्याङ्जाको गल्याङ नगरपालिकाले आठ सय ७६ दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो किस्ताबापत प्रतिलिटर रु १५ का दरले रु ३३ लाख ४६ हजार नौ सय १२ अनुदान किसानलाई उपलब्ध गरा...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार कालो अंगुरको अधिकतम मूल्य प्रतिकिलो २२० तथा हरियो अंगुरको १५० रुपैयाँ रहेको छ ।&nb...
नेपालकै लोकप्रिय एप हाम्रो पात्रो अन्तर्गतको डिजिटल वालेट हाम्रो पे शुरू भएको १ महिनामै १ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । हाम्रो पात्रोका प्रयोगकर्ताले छुट्टै एप डाउनलोड गर्नु नपर्ने र सहजै खाता खोल्न सकिन...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २०० रुपैयाँ तोकिएको छ भने हरियो अंगुरको १२० रुपैयाँ त...
अटोमोबाइल पार्टस् क्षेत्रमा प्रतिष्ठित सत्यदीप ग्रुपले खाद्य उद्योग तथा अक्सिजन ग्यास उत्पादन कार्यमा संलग्न एसबी ग्रुपसँग मिलेर ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज उत्पादन गरी नेपाली बजारमा ल्याउने भए...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...