×

Nic Asia
Dabur
Prabhu Bank

स्वरोजगार

ज्ञानुको प्रतिभा : वनमा कुहिएर जाने सालका पात बटुलेर उद्यम

बुटवल | पुस ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

ठूला समारोह र भोजभतेरमा ‘प्लाष्टिक’ र ‘फाइबर’बाट बनेका भाडामा खानेकुरा पस्किएर दिने चलन बढेपछि मौलिक रैथाने पातबाट बन्ने नेपाली दुना–टपरी हराउन थालेका छन् । तातो वस्तु प्रयोग गर्दा मानव स्वास्थ्यमा समेत असर गर्ने प्लाष्टिकजन्य वस्तु प्रयोगले दुना–टपरी लोपोन्मुख अवस्थामा छ ।  

yONNEX
IME BANK INNEWS

परम्परा संरक्षण गर्दै वन जंगलमा झरेर खेर जाने सालका पातहरूलाई जम्मा गरी बुटवलकी ज्ञानु केसीले दुना–टपरी उद्योग सञ्चालनमा ल्याएकी छन् । राजनीतिज्ञ समेत रहेका केसीले झण्डै २५ लाख रूपैयाँको लगानीमा बुटवल–११ मा नेचुरल दुना–टपरी उद्योगी खोलेकी हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

संघर्षको बलमा उद्योगकी मालिक बनेकी ज्ञानुले अहिले उद्योग सञ्चालन गरी दर्जनौं महिलालाई आत्मनिर्भर मात्र बनाएकी छैनन्, उद्यम गर्न चाहनेका लागि प्रेरणाको स्रोत पनि भएकी छन् । उद्योगबाट उत्पादित सामग्रीले राम्रो बजार पाउन थालेको छ ।

बाल्यकालदेखि राजनीतिमा सक्रिय र उद्यम पनि गरिरहेकी ज्ञानुले आफूसँगै ग्रामीण क्षेत्रका महिलालाई आयआर्जनमा जोड्ने एउटा उपायका रूपमा यो उद्योग सञ्चालन गरेको बताइन् । ‘घरको चुलोचौकोमा मात्र आममहिला अल्झिनु हुँदैन,’ ज्ञानु भन्छिन्, ‘केही गरेर देखाउनुपर्छ । म उद्योगी बनेर मजस्तै महिलाहरूलाई रोजगारीमा जोड्न चाहन्थें, त्यो चाहना पूरा भएको छ ।’ उनले आमनिर्वाचनको समयमा उद्योगलाई समय दिन पाइनन् । उनी एमालेबाट समानुपातिक उम्मेदवार थिइन् । अन्तिममा उनी सांसद बन्न सकिनन् । 


Advertisment
Lokantar App
Saurya island

‘चुनावले गर्दा ३/४ महिना उद्योगलाई समय दिन सकिनँ,’ ज्ञानु भन्छिन्, ‘तर पनि चिन्ता छैन । अब उद्योगलाई राम्रोसँग चलाउँदै उत्पादन बढाएर बजार विस्तारको सोचमा छु । महिलाहरुका उत्पादनलाई स्थानीय र प्रदेश सरकारले प्रोत्साहन गर्नुपर्छ । त्यसतर्फ अझै ध्यान दिएको देख्दिँन ।’

दुना–टपरी उद्योगभन्दा अगाडि उनले बुटवलमै प्रशोधित पानी उद्योग चलाएकी थिइन् । गत वर्ष उद्योगलाई समय दिन नसकेर बिक्री गरिन् । उद्यमी बन्ने ज्ञानुको सपना भने पूरा भएको थिएन । पानी उद्योग बेच्नुअघि ज्ञानुले अन्य उत्पादनको मागबारे बजार अध्ययन गरेकी थिइन् । 

Vianet communication

राजनीतिक यात्राका क्रममा विभिन्न जिल्लामा पुग्दा महिलाहरू दुना–टपरी उद्योग सञ्चालन गरेर उद्यमी बनेको जानकारी उनले पाइन् । पूजा सामग्री पसलमा दुना–टपरीको माग आउने गरेको उनले बुझेकी थिइन् । होटल र रेस्टुरेन्टमा नयाँपन खोज्दै दुना–टपरीको प्रयोग गरेको पनि उनले थाहा पाइन् । अहिले रुपन्देहीका केही होटलको नाम नै दुना–टपरी छ, जहाँ दुना टपरीमा नास्ता पस्केर ग्राहकलाई दिइन्छ ।

बुटवलमा मागअनुसार दुना–टपरी आपूर्ति नभएको र अन्य जिल्लाबाट थोरै आउने गरेको पनि उनलाई थाहा भयो । दुना–टपरी व्यवसायमा राम्रो सम्भावना छ भन्ने थाहा पाएपछि उनले नवलपरासीमा रहेको टपरी उद्योग अवलोकन गरिन् । अन्ततः उनले यही व्यवसाय गर्ने निधो गरिन् ।

‘मलाई पहिल्यैदेखि म आफू मात्र स्वरोजगार बनेर हुँदैन । गाउँका महिलाहरूलाई पनि आयआर्जनमा जोड्नुपर्छ भन्ने लागिरहन्थ्यो,’ ज्ञानुले भनिन्, ‘अहिले मेरो उद्योगले त्यो अवसर दिएको छ ।’

पम्परागत नेपाली दुना–टपरीले बजारमा प्लाष्टिकका आयातित प्लेटसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ । जंगलमा प्रशस्त पाइने पातबाट दुना–टपरी बनाइने भएकाले कच्चा पदार्थ अभाव छैन । महिलाहरूलाई आयआर्जनका लागि दुनाटपरी उद्योग उपयुक्त हुने ज्ञानुको ठहर छ । ज्ञानुका अनुसार प्लाष्टिकभन्दा पातको टपरी केही महंगो पर्छ तर स्वास्थ्य र वातावरणका हिसाबले अत्यन्त अनुकूल छ ।

‘दुना–टपरीको कच्चा पदार्थ सबै प्राकृतिक भएकाले प्रयोगपछि फोहोर व्यवस्थापन सहज हुन्छ,’ ज्ञानु भन्छिन्, ‘आफ्नो वनपाखामा झरेर खेर जाने पात टिपेर बनाइने भएकाले कच्चा पदार्थको समस्या छैन । गाउँघरका महिलाका लागि सजिलो रोजगारी हुन्छ ।’

अहिले शहरमा प्लाष्टिकजन्य फोहोर व्यवस्थापन पालिकाहरूलाई टाउको दुखाइको विषय बनेको छ । यस्ता पातबाट बनेका वस्तुहरूको प्रयोगले प्लाष्टिकजन्य फोहोर नियन्त्रणका लागि केही मात्रामा भए पनि टेवा पुर्‍याउने ज्ञानुको विश्वास छ । 

हिन्दू संस्कारमा दुना–टपरी धेरै प्रयोग हुन्छ । वातावरणीय दृष्टिले कुरा बुझाउन सक्दा प्रयोग झन् बढ्छ । ‘आफ्नो पुँजीअनुसार मानिसले सस्तो वस्तु खोज्नु स्वाभाविक भए पनि सालको पातको दुना–टपरी प्रकृति, स्वास्थ्य र संस्कृतिसँग जोडिएकाले माग धेरै छ,’ उनले भनिन् । 

उद्योगका लागि ज्ञानुले सामुदायिक वनका पदाधिकारीहरूसँगै छलफल गरेर सहजीकरण गरेकी छन् । देवदहका दर्जनभन्दा बढी महिलाहरू उद्योगसँग जोडिएका छन् । रूपन्देहीको देवदहका केउली, चरंगे र भलुहीका महिलाहरू स्थानीय सामुदायिक वनबाट पात टिपेर लाफा बनाउँछन् । यसैबाट उनीहरू उद्योगसँग जोडिएका छन् । लाफा भनेको आवश्यताअनुसार सिन्काले पात गाँसेर फेरो नउठाइएको चरण हो । उद्योगबाट एउटा लाफाले आकारअनुसार गोटाको कम्तीमा ५० पैसादेखि बढीमा २ रूपैयाँसम्म पाउँछ । दुना, बौता र टपरीको फरक–फरक मूल्य हुन्छ । 

ज्ञानुका अनुसार पात टिपेर लाफा बनाउने र उद्योगमा मशिन चलाउने गरी कम्तीमा ४० जना महिला आयआर्जनमा जोडिएका छन् । १ जनाले दिनभरमा ४०० सम्म लाफा गाँस्न सक्छन् । टपरी नै गाँस्ने हो त्यसको एकचौथाइ पनि हुँदैन ।

यस्ता नेपाली उत्पादनले उपभोक्ताको बजारमा बहुराष्ट्रिय कम्पनीको उत्पादनलाई रोक्न मद्दत पुर्‍याएका छन् । विदेशी ब्राण्डको उत्पादनलाई निरुसाहित गर्न नेपाली उद्योगलाई प्रोत्साहन गरिनुपर्ने ज्ञानुको भनाइ छ । उत्पादित दुना–टपरीको मूल्य आकारअनुसार २ रूपैयाँदेखि ५ रूपैयाँसम्म छ । उद्योगले १२ इन्चको ठूलो टपरी ५ रूपैयाँ, १० इन्चको ४ रूपैयाँ, ७ इन्चको ३ रूपैयाँ र ५ इन्चको बौता २ रूपैयाँमा बेच्छ । 

‘पितृकार्य, पूजाआजा र होटल–रेस्टुरेन्टमा धेरैजसो बौताको माग हुन्छ,’ ज्ञानु भन्छिन्, ‘उत्पादन भएको लामो समयसम्म पनि बिग्रिँदैन । मार्केट राम्रो छ । डिमाण्ड पुर्‍याउन समेत धौंधौं भएको छ ।’

हरियोमा मशिनमा राख्दा पात डढ्ने सम्भावना भएकाले सुकाएर मात्रै मशिनबाट टपरी बनाइन्छ । पातमा सिन्का लगाएर गाँसेको लाफा मशिनमा राखेर फेरो उठाइन्छ । टपरीको आकार बाहेकको लाफाको भाग पनि मशिनले नै काट्छ ।

टपरी बनाउने ४ वटा हाइड्रोलिक अटोमेटिक मशिन छन् । एउटा मशिनले १ घण्टामा ४०० दुना–टपरी उत्पादन गर्छ । उद्योगमा जोडिएका महिलाको उत्साहबाट ज्ञानुको आत्मबल निकै बढेको छ । सालको पात वर्षभरि टिप्न नमिल्ने भएकाले माग र आपूर्तिको सन्तुलन मिलाउन चुनौती छ । ‘करीब ४ महिना सहज रूपमा पात पाइँदैन । त्यस बेलाका लागि पहिल्यै लाफा तयार गर्न सके वर्षभरि उत्पादन गर्न सकिन्छ,’ उनले भनिन् । सालका नयाँ रूखबाट पात टिप्ने व्यवस्थाका लागि सालझन्डी, मुर्गिया, बेलबास, पाल्पाको दोभान र कपिलवस्तुमा पनि छलफल भइरहेको छ ।

राजनीतिमा लागेका युवाहरूलाई उत्पादनसँग जोडिन ज्ञानु सुझाव दिन्छिन् । ‘राजनीतिलाई पेशा बनाउन हुँदैन भन्ने मेरो प्रस्ट मान्यता हो,’ ज्ञानु भन्छिन्, ‘हरेक युवा उत्पादनसँग जोडिनुपर्छ । राजनीतिलाई विकृतिमुक्त बनाउन पनि उद्यम र उत्पादनसँग जोडिनुपर्छ ।’

‘दुना–टपरीबाटै चिनिएकी ज्ञानु अब पात वा वनस्पतिबाट बन्ने चम्चा उत्पादन गर्ने सोचमा छिन् । टपरी थाल जस्तै हो । दुवा कचौरा जस्तै भयो । खानका लागि चम्चा पनि चाहियो । अब चच्चा बनाउनुपर्ने आवश्यकता छ । त्यसतर्फ सोचेकी छु,’ ज्ञानुले थपिन् । स–सानो पुँजीका साथै व्यावसायिक क्षमता र आँट जुटाएर उद्यमी बनेका महिला नेपालको सामाजिक–आर्थिक विकासको सशक्त माध्यम हुनसक्ने ज्ञानुको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १३, २०७९

राष्ट्रिय तथ्यांक विभागले शुक्रवार नेपालको जनसंख्या सार्वजनिक गर्दा रूपन्देही ७७ जिल्लामध्ये धेरै जनसंख्या भएको तेस्रो जिल्लामा परेको छ । काठमाडौं र मोरङपछि धेरै जनसंख्या भएको जिल्ला रूपन्देहीमा ११ लाख २१ हजार ९५७...

चैत ७, २०७९

नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा मनाइएको छ ।  अघिल्ला वर्षझैँ यस वर्ष पनि नेपाली सेनाले काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमका बीच घोडेजात्रा मनाएको हो । ...

चैत १४, २०७९

प्रदलेशसभाम सदस्यहरूका लागि दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन सम्बन्धी एक दिने कार्यक्रमको आयोजना विराटनगरको बिग होटलमा एक गैरसरकारी संस्थाले गरेको थियो । दिउँसो २ बजेदेखि होटलमा कार्यक्रम...

चैत १२, २०७९

अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार । बाणगङ्गा क्षेत्रको पूर्वपश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जंगली एरिया कटेर सूर्य ओढार पुग्न सकिन्छ । विगतमा खासै चर्चामा नआएको यो स्थान पछिल्लो समय  ...

चैत ११, २०७९

आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ । नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन् ।  सीपय...

चैत ८, २०७९

बुटवलका केही सामुदायिक स्कूल पढाइ, साधनस्रोत र विद्यार्थी संख्यामा अब्बल रूपमा दरिएका छन् तर एउटा इतिहास बोकेको फरक विद्यालय विद्यार्थी र स्रोतसाधनको अभावले छट्पटिएको छ । बुटवल उपमहानगरपालिकाको काखैमा रहेको...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x