चैत ८, २०७९
मौसम पूर्वानुमान महाशाखाले बुधवार कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्...
काठमाडाैं | माघ ४, २०७९
खानेपानी मन्त्रीका रूपमा जिम्मेवारी तोकिएका जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटेरै असन्तुष्टि जाहेर गरेका छन् ।
शुरूमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भए पनि अन्तिम समयमा मन्त्रालय हेरफेर गरिएपछि असन्तुष्ट खानले बुधवार प्रधानमन्त्री प्रचण्डलाई भेटेर कि रोजेको मन्त्रालय दिन कि त २ वटा मन्त्रालय उपलब्ध गराउन पार्टीका तर्फबाट माग गरेका हुन् ।
आफूहरूको असन्तुष्टि सम्बोधन नभए सरकारबाट बाहिरिने चेतावनी समेत उनले दिएका छन् । एउटै मात्र मन्त्रालय दिने हो भने शहरी विकास मन्त्रालय दिनुपर्ने उनको माग छ । अन्यथा खानेपानी र वन तथा वातावरण गरी दुई मन्त्रालय दिन उनले माग गरेका छन् ।
'बालुवाटारमा प्रधानमन्त्रीज्यूसँग भर्खर वार्ता गरेर आएको छु । खानेपानी एकल मन्त्रालय मात्र लिएर नबस्ने भनेर भनेको छु,' मन्त्री खानले लोकान्तरसँग भने, 'तपाईंहरूले गरेको वाचाबाट बेइमानी गर्नुभयो । यस्तो अवस्थामा मन्त्रालयको कार्यभार सम्हाल्न सकिँदैन भनेर प्रस्टसँग भनेको छु ।'
उनले अहिलेको अवस्थामा मन्त्रालय नजाने बताएका छन् ।
'केही परिवर्तन भएपछि मात्र सरकारमा जाने हो, नभए अहिलेको जिम्मेवारी हामी बहन गर्न सक्दैनौं,' उनले थपे, 'हाम्रो प्राथमिकता त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र शहरी विकास मन्त्रालय हो । ती मन्त्रालय नपाउने हो भने खानेपानीसहित खालि रहेको वन मन्त्रालय दिनुपर्छ ।'
आफूहरूले राखेको प्रस्तावमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक नै रहेको उनले दाबी गरे । 'अहिले बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक बसिरहेको छ । आशा छ, ३ बजेसम्म कुनै निर्णय आउला,' मन्त्री खानले लोकान्तरसँग भने ।
मौसम पूर्वानुमान महाशाखाले बुधवार कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्...
मौसम पूर्वानुमान महाशाखाले बिहीवार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पह...
कलंकी–कोटेश्वर खण्डअन्तर्गत खसीबजारदेखि बल्खुसम्मको सडकको 'सर्भिस लेन' डोजर लगाएर भत्काउन थालिएको छ । करीब साढे २ किलोमिटर सडकको पिच भत्काएर पुन: नयाँ पिच गर्न लागिएको हो । सामान्य रूपमा ह...
नेपाली सेनाले घोडेजात्राका अवसरमा ६६ वटा घोडा प्रयोग गर्दैछ । आज (मंगलवार) टुँडिखेलमा आयोजित समारोहमा हेभी घोडा १० वटा, लाइट घोडा ४६ वटा र पोनी घोडा १० प्रयोग गर्न लागिएको सेनाले जनाएको छ । सेनाका...
मन्त्रिपरिषद्को सोमवारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई २ लाख रुपैयाँ राहत दिन सरकारले बुधवारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकाल...
मंगलबार राति अफगानिस्तान केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्का भारतसहित विभिन्न देशमा महसुश भएको समाचारहरुमा जनाइएको छ। इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले भारतसहित तुर्कुमेनिस्तान,...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...