×

NMB BANK
NIC ASIA

बाढीपीडितको पीडा बोल्ने गीत ‘चरी लैजा समाचार...’

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

यतिबेला तराईको बाढीले जनताको जनजीवन प्रभावित छ । नेपाली जनताका लागि भने वर्षेनी दोहोरिने यो ‘दुःख’ मा सरकार पनि मौन हुन्छ । जनता केही समय बोल्छन्, केही समयपछि यसबारेमा कहिल्यै विषयको उठान गर्दैनन् ।

बाढीले यतिबेला पूरै देश दुखेको छ । यही दुखलाई सम्प्रेषण गर्ने माध्यम बनेको छ गीत संगीत पनि ।

साहित्यकार तथा गीतकार संगीत श्रोताले ०६५ मा कोशी बाँधले निम्त्याएको बाढी र पहाडमा गइरहने पहिरोलाई आधार बनाएर गीत रचना गरे ‘चरी लैजा समाचार... ।’

त्यतिबेला लेखिएको गीत अहिले पनि सान्दर्भिक लाग्छ । अर्थात बाढीले दिने चोट रोकिएको छैन ।

‘साहित्यप्रतिको रुचिले गीत त लेख्थें, तर मुख्य विधा संगीत हो भन्ने लाग्दैनथ्यो ।’ संगीत श्रोता भन्छन्, ‘विभिन्न कार्यक्रममा यही गीत सुनाउँदा साथीहरुले रेकर्ड गर्न सल्लाह दिन्थे ।’

साथीहरुकै सल्लाललाई मानेर गीत रेकर्ड गराउने योजना बनाए । उनको योजनामा साथ दिएका थिए गायक अञ्जान बाबुले । गण्डक क्षेत्रमा गीत सुन्दै हुर्किएका अञ्जान बाबु र संगीत श्रोतालाई देउडा खालको गीत गाउन केही असजिलो पनि थियो ।

यही गीत चिया गफमा टेबुल बजाउँदै सुनाउँथे संगीत श्रोताले । चियाको चुस्कीसँगै टेबुलमा बजाइने यो गीत सुन्दा रमाइलो लाग्थ्यो । भावनात्मक लाग्थ्यो । लाग्थ्यो, गीतले बाढीपीडितको आवाज बोलिरहेको छ । तर, चर्चामा आउला भन्ने पनि लागेको थिएन । ‘आफूलाई मन परेर गीत गाएँ, यो गीत स्रोताले यति रुचाउनुहुन्छ भन्ने पनि लागेको थिएन ।’ गायक अञ्जान बाबु थप्छन्, ‘अहिले बल्ल गीतको चर्चा हुन थालेको छ ।’

अञ्जान बाबुको गायकीलाई धेरैले रुचाएका छन् । बेलाबेलामा मन छुने गीत गाउनुभयो भन्ने प्रतिक्रिया पाउँदा उनलाई रमाइलो लाग्छ । त्यसो त उनलाई रेडियो नेपालमा स्वर परीक्षण पास गर्छु भन्दा नै थाहा थियो लोकगीतमा मेरो स्वरले साथ दिन्छ भन्ने ।

अञ्जान बाबु र संगीत श्रोताको सम्बन्ध गीतमा मात्र छैन । दुवै पर्वतकै छिमेकी हुन् । नाताले दाजुभाइ पनि । त्यसैले पनि यी दुईको कुरा मिल्छ । ‘उनी संगीत र लेखनमा रुचि राख्छन्, मलाई गाउन रमाइलो लाग्छ ।’ अञ्जान थप्छन्, ‘भूकम्पको कथामाथि गाइएको गीत पनि श्रोताले रुचाउनुभएको छ ।’

संगीत श्रोताले आफूलाई यही नामले चिनाउन चाहन्छन् । नाममै संगीतको श्रोता भनेर खुलाए पनि उनको कमाइ खाने बाटो भनेको पत्रकारिता हो । साहित्यमा पनि उस्तै सक्रिय छन् । प्रगतीशील लेखक संघका सचिवालय सदस्य पनि हुन् संगीत श्रोता । ‘गणतन्त्रसँगै जनताको सत्ता आएको बेला बाढीले तराईलाई तहसनहस बनाएको थियो, मैले गीतमार्फत जनताको आवाज लेखेको हुँ ।’ संगीत श्रोता भन्छन् ।

‘चरी लैजा समाचार’ त्यतिबेला भन्दा अहिले अझ धेरैलाई मन परेको छ । गीत राम्रो भन्दै गायक तथा संगीतकारलाई फोन तथा म्यासेज आउन थालेका छन् । तर त्यतिबेला भने यो गीत गुपचुपजस्तै थियो ।

किन गुपचुप? ‘बजार मिडियाबाजी भएको थियो, हामीलाई राम्रो गीत बनाउन सके प्रचार नगरेपनि चर्चित हुन्छ भन्ने लाग्थ्यो ।’ संगीत श्रोता थप्छन्, ‘त्यतिबेला खासै चर्चामा आएन । अहिले धेरैले सुनेर मन छोएको बताउनुहुन्छ ।’

गीतकार संगीत श्रोताको भनाइसँग अञ्जान बाबुको पनि सहमति छ । ‘यही गीत ०७१ सालमा हिट्स एफएम अवार्डमा उत्कृष्ट लोकगीत पनि बन्यो तर चर्चामा आएन, हामीले न विज्ञापन ग–यौं, न त कुनै मिडियालाई दियौं ।’ अञ्जान बाबु मुस्कुराउँदै सुनाउँछन्, ‘हामीले चर्चा होला भन्ने सोचेका पनि थिएनौं ।’

यसपालीको बाढीमा गीतमार्फत बाढीपीडितलाई सम्बोधन गरिएको पनि शायद यही गीत होला ।

तर गीत तयार गर्नलाई महिनौं समय लागेको थियो । अहिले युट्युबको थुप्रै च्यानलमा भेटिन्छ । यतिबेला यो गीत सार्वजनिक गीतजस्तै बनिरहेको छ । संगीत श्रोता र अञ्जान बाबु दुवैले त्यतिबेला गीतको संरक्षणमा चासो नदिएको हो कि भन्ने कुरालाई भने स्वीकार्छन् । ‘यो गीत अहिले मात्र होइन, कालान्तरमा पनि सुनिनेछ ।’, अञ्जान थप्छन् ।

रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा गीतको बारेमा कतै केही नआएपनि ‘चरी लैजा समाचार’ ले वर्षेनी सन्देश बोकेर बजिरहन्छ । चरीको माध्यमबाट बाढीपीडितसँग समाचार पु–याउनुपर्ने स्थिति अहिले त छैन तर राहत अझैपनि पीडितसामू पुग्दैन । तिनै बाढीपीडितले यो गीत नसुनेका हुन सक्लान् तर सामाजिक सञ्जालमा गीत शेयर गर्दै पीडितको पीडामा सामेल हुने श्रोता भने प्रसस्तै भेटिन्छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x