×

Nic Asia
Dabur
Prabhu Bank

गृह मन्त्रालयले प्रहरी लगाएर उद्योग बन्द गर्नु गलत : क्रसर उद्योगी

काठमाडाैं | माघ ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

क्रसर तथा खानी उद्योगी व्यवसायी महासंघले कानुनबमोजिम दर्ता भएर सञ्चालन भएका उद्योग गृह मन्त्रालयले बन्द गराउनु कानुनविपरीत भएको भन्दै आपत्ति जनाएको छ ।

yONNEX
IME BANK INNEWS

शुक्रबार नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालयको कदमप्रति आपत्ति जनाएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

महासंघले पत्रकार सम्मेलनमार्फत उद्योगबाट उत्पादन भएका ढुंगा, गिटी, बालुवा तथा रोडा उद्योग तत्काल सञ्चालन गर्न दिन सरकारसँग माग गरेको छ ।

महासंघका महासचिव पुरुषोत्तम रेग्मीले इजाजत पत्र लिएका उद्योगहरू कानुनी प्रक्रिया पुर्‍याई दर्ता खारेजी गरेपछि मात्र उद्योग बन्द गर्न पाइने भए पनि मन्त्रालयले इजाजत पत्र खारेज नगरी प्रहरी लगाएर उद्योग बन्द गर्नु गलत भएको बताए । 


Advertisment
Lokantar App
Saurya island

उनले सरकारको उक्त कार्य लोकतान्त्रिक विधिअनुरुप नभएको भन्दै आपत्ति जनाए। उनले दर्ता भइ लगानी गरिसकेपछि मुआब्जा नदिई क्रसर उद्योगहरू बन्द गराउनु कानुनविपरित भएको भन्दै उक्त नियम नयाँ मापदण्ड नयाँ दर्ता हुने उद्योगहरूलाई लागू गर्नुपर्ने बताए ।

पत्रकार सम्मेलनमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारको क्रसर उद्योग बन्द गर्ने निर्णयले देशको अर्थतन्त्रलाई ठूलो नोक्सानी पुर्‍याएको जिकिर गरे ।

Vianet communication

सरकारले गलत निर्णयको कारण मुलुकको पूर्वाधार विकासका कामहरू पनि ठप्प भएको उनले गुनासो गरे । उनले यो व्यवस्थाले एक अर्ब रुपैयाँभन्दा बढी लगानी भएका क्रसर उद्योगहरू बन्द हुने अवस्थामा पुगेको बताए ।

क्रसर उद्योग बन्द गर्दा आठ खर्बका पूर्वाधारका आठ हजारभन्दा बढी आयोजना बन्द भएको उनको भनाइ थियो। ३ सय ४० अर्ब लगानी भएको निर्माण उद्योगसमेत बन्द हुँदा व्यवसायीहरू मारमा परेका उनले दुखेसो गरे ।

त्यस्तै क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले क्रसर उद्योग सञ्चालनको मापदण्ड नमान्ने नभनेको भन्दै देशको कानुनअनुसार नै स्थापना भएको बताए ।

उनले सरकारले बनाएको मापदण्डले कुनै पनि एउटा शहरमा घरसमेत बनाउन नसक्ने अवस्था रहेको बताए ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ९, २०७९

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विगत १० वर्षमा आगलागीका घटनाहरु तेब्बरले बृद्धि भएको बताएका छन् । त्यसको न्यूनीकरण तथा व्यवस्थापनका लागि संरचनागत...

चैत ९, २०७९

चैते नवरात्र शुरू भएसँगै बैतडीसहित सुदूर पहाडका शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।        चैते दशैंसम्म विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा हुने भएकाले नवरात्रको शुरूआत...

चैत ९, २०७९

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । गत फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास पड्किएर गम्भीर घाइते भएपछि भारतको मुम्बईस्थित नेशनल...

चैत ९, २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द बोल्ने ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ एक पाइलटलाई निलम्बन गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौँ&nd...

चैत ९, २०७९

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत् उत्पादन गर्ने क्रममा सिङ्गो खोला नै फर्काएर पानी प्रयोग गरिएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावरले जलविद्युत् आयोजनाका ला...

चैत ९, २०७९

काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फालेको भन्दै दुई जनालाई कारबाहीस्वरुप रु १२ हजार जरिवाना असुल गरेको छ । कामपाले आज कालिमाटी क्षेत्रमा सीपचन्द्र मण्डल र कामपाको ९ नं वडाका सानोकान्छा भारतीला...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x