चैत ८, २०७९
बुटवलका केही सामुदायिक स्कूल पढाइ, साधनस्रोत र विद्यार्थी संख्यामा अब्बल रूपमा दरिएका छन् तर एउटा इतिहास बोकेको फरक विद्यालय विद्यार्थी र स्रोतसाधनको अभावले छट्पटिएको छ । बुटवल उपमहानगरपालिकाको काखैमा रहेको...
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको उत्पादनले स्थानीय जनतालाई ६ महिना पनि खान पुग्दैन । यहाँ आलु, गहुँ, फापर जस्ता बाली उत्पादन हुन्छन् ।
उत्पादन कम भएको र खान–लगाउन नपुग्ने भए पनि यहाँका युवा निराश छैनन् । अन्य ठाउँका युवाहरू वैदेशिक रोजगारीमा आकर्षित हुँदा यहाँका युवा भने विदेशबाट आउने पर्यटकलाई घुमाएर पैसा कमाउने गर्छन् ।
पर्यटकको ‘गाइड’ बनेर स्थानीय युवाहरू पैसा कमाउँदै आएका छन् । गाउँपालिकाका अध्यक्ष मिङ्गा छिरी शेर्पाका अनुसार पासाङल्हामु गाउँपालिकाका मात्रै ४ हजार युवाहरू पर्यटक घुमाउने गाइड बनेका छन् ।
गाउँपालिकाले गाइड बन्नेका लागि तालिम समेत दिने गरेको छ । गत वर्ष पालिकामा मात्रै ६० हजारभन्दा बढी पर्यटक प्रवेश गरेको मिङ्गा छिरीले बताए ।
पालिकामै बस्ने पेम्बा छिरी शेर्पाका ३ जना दाजुभाइ हिमाल आरोहीका गाइड छन्, पेम्बा कान्छा हुन् । दक्षिण एसियाको अग्लो हिमाल सगरमाथाको आरोहण गरिसकेका छन् उनले । चाइनिज पर्यटकलाई उनले आरोहण गराएका छन् ।
पेम्बा छिरीले २ वर्षअघि पहिलोपटक आरोहण गरेका थिए । २२ वर्षको उमेरमा पहिलोपटक उनले हिमाल आरोहण गरेका थिए । गाउँकै विद्यालयमा ११ कक्षामा पढ्ने उनी उनले ट्रेकिङ तथा आरोहणको तालिम लिएका थिए । १५ दिनको तालिम लिएर हिमाल चढेको उनले बताए ।
टे«निङ धेरै समय लिइराख्नु नपर्ने उनी बताउँछन् । ‘बाहिरबाट आएका पर्यटकलाई चिसोसँग घुलमिल हुन समय लाग्ने भएकाले अप्ठ्यारो लाग्छ,’ उनले भने, ‘यही जन्मेर हुर्केकोलाई धेरै समस्या हुँदैन ।’ उनका माइला दाइ डा. कृपा शेर्पा भने साना–ठूला गरी १५–१६ पटक हिमाल चढेका छन् । विदेशी नागरिकलाई लिएर उनी हिमाल चढेका हुन् । उनी १८ वर्ष अगाडि पर्यटकको गाइड बनेर हिमाल चढेका थिए ।
साइला दाइ लाक्पा छिरी शेर्पाले पनि ९ पटक गाइड बनेर विदेशी पर्यटकलाई आरोहण गराएका छन् । हिमालको काखमा जग्गा जमिन भए पनि उत्पादन कम हुने गरेकाले परिवारका ३ जना दाजुभाइ पर्यटक घुमाउने गाइड बनेका हुन् । आफ्नो उत्पादनले खान–लाउन नपुगेपछि दाजुभाइ नै गाइड बनेका छन् । १ पटक हिमाल गाइड बनेर चढेबापत ५–६ लाख रुपैयाँसम्म लिने गर्छन् ।
वर्षमा २ पटक हिमाल चढ्नका लागि उपयुक्त समय मानिन्छ । चैत, वैशाख र असोज–कात्तिक । अन्य महिना उपयुक्त मानिँदैन । सगरमाथाको ६ लाख रुपैयाँसम्म लिने गरेका उनीहरूले अन्य हिमालमा भने कम लिने गरेका छन् ।
पहिलोपटक चढ्दा लुगा किन्न नै नपुग्ने उनीहरू बताउँछन् । लुगा महंगो भएकाले पनि पहिलोपटक मात्रै चढ्दा घाटा हुने गरेको छ । वेश क्याम्पसम्म पुग्दा छुट्टै र त्यहाँभन्दा माथि चढ्दा छुट्टै लुगा लगाएर उनीहरू आरोहीलाई घुमाउँछन् । तीनै जना दाजुभाइले एकैदिनमा पर्यटकलाई सगरमाथाको चुचुरोमा पुर्याउने गरेका छन् । अन्य गाइडले चुचुरोमा पुर्याउन २ दिन लगाउने गरेका छन् । चुचुरोमा पुगेर ओर्लनका लागि २ दिन लाग्ने गरेको उनीहरू बताउँछन् ।
हिमाल चढ्न आउने विदेशी पर्यटकले पुराना गाइड खोज्छन् । जति धेरै पुरानो गाइड गरेको कागजात आफूसँग भयो, त्यति नै माग बढ्ने गरेको पेम्बाको भनाइ छ ।
अमेरिका, चीन, जापान लगायतका देशबाट आउने हिमाल आरोहण गर्ने तथा ट्रेकिङ गर्ने यात्रुलाई घुमाउने गरेको पेम्बा बताउँछन् । ट्रेकिङ गर्न आएकाहरू हिमाली क्षेत्रको चिसोसँग घुलमिल भएपछि आरोही बन्ने गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा मात्र होइन, अन्य हिमाल पनि उत्तिकै आकर्षक हुने गरेका छन् । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये ८ वटा नेपालमै भएका कारणले पनि पर्यटकको रोजाइ हुने गरेको छ ।
ओढ्ने, ओछ्याउने, खाना र अक्सिजनको भारीसँगै धेरै जोस बोकेर हिमाल उक्लिने युवाहरूको पनि कमी छैन । हिमाली भेगका ६० प्रतिशतभन्दा बढी युवाहरू यो पेशामा आबद्ध भएका पेम्बाको अनुमान छ । चुचुरोमा पुगेर फर्किंदाको खुशीले उनीहरूलाई छुट्टै मज्जा दिन्छ ।
आरोहणको मौसममा कमाएको पैसाले बेमौसममा पनि गुजारा चलाउनुपर्छ । नेपालमा हरेक वर्ष मार्चदेखि मे र अगस्तदेखि डिसेम्बर महिनामा विदेशी पर्वतारोही आउने गर्छन्, जुन हिमाल चढ्नका लागि राम्रो मौसम मानिन्छ । ३ जना दाजुभाइले नै सल्लाह गरेर आरोहण गराउँछन् । आधार शिविरभन्दा माथि जानेहरूलाई ज्यालाबाहेक ५ लाखभन्दा माथि दिने गरिएको छ । आधार शिविरसम्म छुट्टै रेट कायम गरिएको हुन्छ, उनीहरूको भत्ता छुट्टै हुन्छ । पेम्बाका दिदीबहिनी पर्यटकहरूका लागि खान बनाउने काम गर्छन् ।
बुटवलका केही सामुदायिक स्कूल पढाइ, साधनस्रोत र विद्यार्थी संख्यामा अब्बल रूपमा दरिएका छन् तर एउटा इतिहास बोकेको फरक विद्यालय विद्यार्थी र स्रोतसाधनको अभावले छट्पटिएको छ । बुटवल उपमहानगरपालिकाको काखैमा रहेको...
आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ । नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन् । सीपय...
सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ । बागलुङ र म्याग्दी जि...
नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा मनाइएको छ । अघिल्ला वर्षझैँ यस वर्ष पनि नेपाली सेनाले काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमका बीच घोडेजात्रा मनाएको हो । ...
राष्ट्रिय तथ्यांक विभागले शुक्रवार नेपालको जनसंख्या सार्वजनिक गर्दा रूपन्देही ७७ जिल्लामध्ये धेरै जनसंख्या भएको तेस्रो जिल्लामा परेको छ । काठमाडौं र मोरङपछि धेरै जनसंख्या भएको जिल्ला रूपन्देहीमा ११ लाख २१ हजार ९५७...
पालतो शरीर, आकाशे रंगको निलो सर्ट, कालो जिन्स पाइन्ट अनि खुट्टामा सामान्य चप्पल । जाडो सकिएर तराईमा गर्मी उकालो चढ्दै थियो । कपिलवस्तुको पुरातात्विक तिलौराकोट क्षेत्रभित्र उभिएर त्यहाँको महत्त्वबारे जानका...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...