पुस २७, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' जिम्मेवारी सम्हालेपछि पहिलोपटक गोरखा पुगेका छन्। ‘एघारौँ गोरखा महोत्सव एव प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०७९’ कार्यक्रम उद्घा...
बागलुङको पश्चिम दुर्गम बुर्तिबाङको विपन्न परिवारकी रीमा तेनी अवसरको खोजीमा ३ वर्षअघि बुटवल झरिन् । २ छोराको जिम्मेवारी बोकेकी उनलाई अटो रिक्सा चलाउन धेरैले सुझाए ।
रिक्सा चलाउने ज्ञान नभएकी उनी काका नाता पर्नेको सम्पर्कमा पुगेपछि जिन्दगीको बाटो बदलियो ।
साढे ३ लाख रुपैयाँ ऋणधन गरेर उनले ‘सेकेन्ड ह्यान्ड’ ई–रिक्सा (विद्युतीय रिक्सा) किनन् । ‘श्रीमान्ले बेवास्ता गरेपछि केही गरेर देखाउँछु भनेर हिम्मत बटुलेर बुटवल झरेकी हुँ,’ ३६ वर्षीया रीमा भन्छिन्, ‘अहिले मेरो रिक्सा नै जीवनसाथी बनेको छ । बिहान रिक्सा लिएर निस्किन्छु । दैनिक २ हजार ५०० रुपैयाँसम्म कमाइ हुन्छ । यसैमा सन्तुष्ट छु ।’
दुर्गम गाउँबाट अनेकौं हण्डर खाँदै आएकी रीमाको सफलता कैयौ युवतीको लागि प्रेरणाको स्रोत बनेको छ । बुटवल उपमहानगरपालिका–११ नहरपुरमा बस्दै आएकी उनका २ छोराहरू नहरपुर माविमा पढ्छन् ।
अहिले जसोतसो रिक्साको ऋण चुक्ता गरिसकिन् उनले । बिरानो शहरमा आएर पाएको उपलब्धिले रीमा आफैंलाई पनि अहिले अचम्मित बनाउँछ । ‘निरन्तरता र लगाब भए असम्भव केही छैन भन्ने मेरो जीवनयात्राले देखाएको छ,’ उनी भन्छिन्, ‘अहिले नगरपालिकाले रिक्सा चलाउन कडाइँ गरेको छ । गरिखाने वातावरण सिर्जना गर्ने दायित्व पालिकाको हो ।’
उनले अभियन्ताका रूपमा बुटवलमा स्वरोजगार मजदुरहरूलाई गरिखाने वातावरणमा बन्देज लगाउन नपाइने भन्दै अधिकारको पक्षमा आवाज उठाएकी पनि छन् ।
बुटवल–७ की अटोचालक कल्पना थापालाई पनि अहिले बुटवलमा धेरैले चिन्छन् । गुल्मीको पूर्तिघाट घर भएकी थापाले हिम्मत र पौरखबाट रिक्सा हाँक्दा धेरै महिला लोभिन्छन् । उनको कलिलै उमेरमा विवाह भयो, २ छोरा जन्मिए । पति चन्द्रबहादुरलाई वैदेशिक यात्रा पनि खासै फापेन । उनले आद्यौगिक क्षेत्रमा काम गर्थिन् । त्यसबाट सन्तुष्ट नभएर उनले आफैं ४ लाख रूपैयाँमा रिक्सा किनेर बुटवलका सडकमा दौडाउन थालेकी छन् ।
‘मेरो जीवनको भरोसा नै रिक्सा बनेको छ,’ कल्पना भन्छिन्, ‘बिहान बाबुहरूलाई स्कूल पठाएर निस्किन्छु । उनीहरू आउने बेलामा डेरामा पुग्छु । उनीहरूलाई खाजा–नास्ता खुवाएर फेरि निस्किन्छु । दैनिक राम्रो कमाइ हुन्छ । सुखदुःखको साथी रिक्सा बनेको छ ।’
जीवनमा दुःखबाट निस्किन हिम्मत जुटाउनुपर्ने कल्पनाको तर्क छ । ‘हिम्मत भएको मान्छेमा जिन्दगीको बाध्यता पनि थपियो भने उपाय खोज्दा कुनै न कुनै बाटो फेला परिहाल्ने रहेछ,’ थापा भन्छिन्, ‘पहिला महिला चालक भनेर विश्वास गर्दैन्थे । अहिले बाटोमा भेटिने बढी यात्रुले मलाई ‘रेस्पोन्स’ गर्नुहुन्छ । जोखिमपूर्ण काम भएकैले मैले दुःखले आत्मनिर्भर हुने सीप सिकें । कसैप्रतिको निर्भरताले मान्छेलाई दास बनाउँछ भन्ने पनि अहिलेको कामबाट बुझेकी छु ।’
परिवारको पर्खाल र सामाजिक बारबन्देज छिचोल्दै सम्भावनाको खोजीमा हिँडेकी बुटवलकै लक्ष्मी घर्तीले पनि रिक्साको ‘हेन्डिल’ समाउन थालेको २ वर्ष पुग्यो । उनका पति जीवन अटो रिक्सा चलाउँदा दुर्घटनामा परेर घाँटीको हड्डी भाँचिएर घरमै बस्नुपर्ने अवस्था आएपछि उनले पतिकै पेशा अँगालिन् । ‘श्रीमानको आम्दानी बन्द भएपछि मैले रिक्सा चलाउन थालें,’ बुटवल–११ रानीगञ्ज बस्दै आएकी लक्ष्मी भन्छिन्, ‘भाडाको ना१ह ५९८० नम्बरको रिक्सा चलाउँदै दैनिक साहुलाई ५०० रुपैयाँ बुझाउँछु । बाँकी १ हजारदेखि १५ सयसम्म बचेको कमाइले घर खर्च धानेकी छु ।’
‘अभाव र पीडाबाट आएँ, आँट गर्ने हो भने नयाँ–नयाँ गन्तव्य तयार हुने रहेछन् । अब महिला आफैंले म सक्छु भनेर अवसर खोज्नुपर्ने रहेछ । राज्यले यो यथार्थ बुझेर स्वाबलम्बन भएका महिलाहरूलाई प्रोत्साहन गर्नुपर्छ,’ हिम्मतका साथ उनले थपिन् ।
पति दुर्घटनामा परेपछि लक्ष्मीलाई आफूजति दुःखी धर्तीमा कोही छैन जस्तो लाग्थ्यो तर अहिले आफैंले रिक्सा हाँकेर सबैलाई चकित मात्र पारेकी छैनन्, ५ जनाको परिवार पाल्ने खर्च आफैं कमाइरहेकी छन् । आफ्नो परिश्रमको कमाइ खर्च गर्दा प्राप्त हुने आत्मसम्मान अरूले दिएर नहुने उनले बुझेकी छन् । ‘व्यक्तिलाई अवसर दिने, सिर्जनशील बनाउने र आत्मनिर्भर बन्न प्रेरित गर्ने वातावरण निर्माण गर्ने हो भने महिलाहरूले पनि गर्न नसक्ने भन्ने केही छैन,’ लक्ष्मीले भनिन् ।
प्रतिकूल परिस्थितिका बाबजुद पनि दृढतापूर्वक पाइला चाल्ने हो भने अवरोधहरू पन्छिँदै जाने रहेछ भन्ने लक्ष्मीले बुझिसकेकी छन् । लक्ष्मीको परिवार अर्घाखाँचीको सितगंगा नगरपालिका–१३ बाट रोजगारीको सिलसिलामा बुटवल झरेको हो ।
बुटवलकै दुर्गा नेपालीले पनि अटोरिक्सा चलाउन थालेको ३ वर्ष भयो । दुर्गा संयमले अटोचालक बनेकी हुन् । शुरुशुरुमा उनले रिक्सा चलाउँदा कानेखुशी गर्ने छिमेकीहरू अहिले प्रशंसा गर्न थालेका छन् । बुटवल ठूलो बजार र असीमित आकारको छ, यहाँ रोजगारी खोज्नेको संख्या बढ्दो छ ।
‘दैनिक २ हजार रुपैयाँसम्म कमाइ हुन्छ । नगरपालिकाले दर्ता नगरेका रिक्साहरूलाई चल्न नदिने भनेको छ । यसले धेरै मजदुरहरू मारमा पर्ने भएका छन्,’ दुर्गाले भनिन् । काम गर्न सक्ने आत्मविश्वास राखे पुरूषले गर्ने काम पनि महिलाले गर्न सक्ने उनले बताएकी छन् । ‘हामी महिलाहरू प्रायः कुनै काम गर्दा डराउने गर्छाैं तर आत्मविश्वासका साथ काम गरे हामी पनि पुरुषसरह काम गर्न सक्छौं,’ दुर्गा थप्छिन् ।
बुटवलकै गोमा खनालले निधक्क भएर अटो चलाउन थालेको पनि ३ वर्ष भयो । क्षमता र परिस्थितिले साथ दिएको गोमालाई ‘हेभी’ गाडी चलाउनेसम्मको रहर छ । रिक्सा चलाउँदै उनले बुझिन् – यो पेशाले आफैंलाई आत्मनिर्भरसँगै स्वाभिमानी पनि बनाउँदो रहेछ ।
आफ्नै क्षमताले तरंग ल्याउन सफल अटोचालक गोमा आफू आमनेपाली महिलाभन्दा पृथक नभएको बताउँछिन् । ‘म परम्परागत परिवेशमा हुर्किएँ । मैले पाएको विपन्न परिवारको वातावरण धेरै नेपाली महिलाले पाए होला । कतिले मभन्दा निकै राम्रो पनि पाएका होलान् । महत्त्वपूर्ण कुरा चाहिँ महिलाका सवालमा समाज बदलिँदै गएको छ । हामी कहाँ धेरै राम्रो भइसक्यो त भन्दिनँ तर निराश हुनुपर्ने वातावरण अब छैन । महिलाले पनि केही गरेर देखाउन सक्नुपर्छ,’ उनले भनिन् ।
यतिबेला साना सवारीसाधन चलाउने महिलाको संख्या बढ्दै गएको छ । साना यातायातका साधनले शहरमा ट्राफिक जाम र अन्य विभिन्न समस्या थपिए पनि महिलालाई स्वाबलम्बनको बाटोतिर लगेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' जिम्मेवारी सम्हालेपछि पहिलोपटक गोरखा पुगेका छन्। ‘एघारौँ गोरखा महोत्सव एव प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०७९’ कार्यक्रम उद्घा...
विक्रम संवत् २०३२ सालमा विकट पहाडी जिल्ला बाजुराबाट भीमबहादुर सिंह कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–४ लठ्ठाघाट बसाइँ सरे । भारतसित सीमा जोडिएको दोधाराचाँदनीमा २०२२ साल सेरोफोरामा बसाइ शुरूआत भए प...
ठूला समारोह र भोजभतेरमा ‘प्लाष्टिक’ र ‘फाइबर’बाट बनेका भाडामा खानेकुरा पस्किएर दिने चलन बढेपछि मौलिक रैथाने पातबाट बन्ने नेपाली दुना–टपरी हराउन थालेका छन् । तातो वस्तु प्रयोग...
कैलाश मानसरोवर ! जहाँ लेक लाग्ने डरले तन्नेरी पुस्ता जान डराउँछन् । ट्राभल एजेन्सीहरूले वृद्ध, श्वासप्रश्वास सम्बन्धी समस्या भएका नागरिकलाई लैजान मान्दैनन् । ८८ वर्षको उमेरमा समुन्द्र सतहभन्दा ४ हजार ५९० मिटर उचाइ...
तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होछार पर्व मनाएका छन् । काठमाडौं उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरूमा हर्षोल्लासपूर्ण रूपमा सोनाम ल्होछार मनाएका हुन्...
नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी जंगी अड्डामा आयोजना भएको छ। आज प्रधानसेनापति प्रभुराम शर्माले सेना दिवसका अवसरमा विशेष समारोह उद्धाघटन गरेका छन्। प्रदर्शनी मिति माघ ९ गतेसम्म जंगी अड्&z...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...