कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
सरुवा भएर जाँदा बेडबिस्तरा बोक्नुपर्ने बाध्यता अन्त्य गर्ने सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले बताएका छन् ।
सोमवार सशस्त्र प्रहरीको २२औं स्थापना दिवसको उपलक्ष्यमा बोल्दै उनले आगामी दिनमा बिस्तरा बोकेर जाने बाध्यताको अन्त्य गर्ने बताए ।
‘सरुवा भएर जाँदा बेडबिस्तरा बोकेर जाने बाध्यात्मक व्यवस्था हटाउने कार्य २०७९ भित्रै सम्पन्न गरिन्छ,’ आईजीपी अर्यालले स्थापना दिवसको समारोहमा भने, ‘फिल्डमा अप्ठ्याराहरू छन् । त्यसका बाबजुत पनि काम गर्दै आएको सशस्त्र प्रहरी बलमा आगामी दिनमा तल्ला तहका कर्मचारीहरुलाई बेडबिस्तरा बोक्नुपर्ने अवस्थाको अन्त्य गर्छु ।’
उनले आचरणमा आएको विचरणलाई सुधार्न पनि निर्देशन दिए । व्यावसायिकता, इमान्दारिता, बफादारिता र आचरण सुधारलाई मूलमन्त्र बनाएर काम गर्न उनले निर्देशन दिए । ‘त्यसका बाबजुद, प्रत्येक कमाण्डरले नैतिकवान भएर असल आचरण प्रदर्शन गर्नुपर्छ । स्रोतसाधनको सीमितताको निहुँमा कर्तव्यबाट विमुख हुने छुट हामीमध्येका कसैलाई छैन,’ आईजीपीले भने ।
हिमाली क्षेत्रका सीमा नाकामा खटिएका सशस्त्र प्रहरीका कर्मचारीलाई मौसम अनुसारको लत्ताकपडाको व्यवस्था गर्नका लागि प्रक्रिया अगाडि बढाएको आईजीपीले बताएका छन् ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...