माघ १४, २०७९
रुपन्देहीको एउटा गाउँपालिकाले कृषि मिटर जडान गरी विद्युत्को महसुल तिरिदिने निर्णय गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा रहेको कोटहीमाई गाउँपालिकाले सिँचाइ समस्या समाधानका लागी सो निर्णय गरेको जनाएको छ ...
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्ला दिनहरूमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरू देखिएको बताएका छन् ।
सोमवार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
अर्थमन्त्री पौडेलले बैंकहरूको ब्याजदर कम हुँदै गएकाले यसको तीव्रताका लागि आफूहरू लागेको बताए । उनले महंगो ब्याजदरलाई सीमाभित्र राख्नुपर्छ भन्ने सरकारको सोच भए पनि ब्याजदर र मुद्रास्फीतिको सम्बन्ध हुने बताए ।
अर्थमन्त्री पौडेलले निजी क्षेत्रले वित्तीय क्षेत्रमा पहुँचको माग गरेको भन्दै त्यसमा भएका कमीहरू र समाधानका उपायहरू सरकारलाई दिन आग्रह गरे । उनले राष्ट्र बैंक स्वायत्त कानूनको आधारमा सञ्चालित स्वायत्त संस्था भएकाले राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसाबले हस्तक्षेप नगर्ने बताए ।
उनले भने, ‘वित्तीय क्षेत्रमा पहुँचको कुरा गर्नुभएको छ, कस्तो कमी र कस्तो समाधान हो ? त्यस हिसाबमा पनि सुझाव दिनुहुनेछ । ब्याजदर महंगो भयो भन्ने चर्चा छ, ब्याजदर कुनै न कुनै रूपमा मुद्रास्फीतिसँग जोडिएको छ, त्यसैले हामीले मुद्रास्फीति र महंगीलाई नियन्त्रण गर्दै महंगो ब्याजदरलाई पनि सीमाभित्र राख्नका लागि पहल गर्नुपर्छ भन्ने वर्तमान सरकारको सोच हो । राष्ट्र बैंक आफैं स्वायत्त कानूनको आधारमा सञ्चालित स्वायत्त संस्था हो । त्यसले आफ्ना विषयमा स्वतन्त्र निर्णय गर्ने अधिकार राख्छ । राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसाबले हस्तक्षेप गर्दैन । पछिल्ला दिनहरूमा ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरू देखिएका छन् । हामी यसबारे गहन छलफलमा छौं । यो प्रक्रियाले अलिकति तीव्रता लेओस्, वाञ्छित सीमाभित्र कायम हुन सकोस् र मेरा प्रयासहरू त्यसमा केन्द्रित हुनेछन् ।’
अर्थमन्त्री पौडेलले लघु तथा घरेलु साना र मझौला उद्योगको क्षेत्रलाई कसरी प्रवद्र्धन गर्ने र यस क्षेत्रका समस्या कसरी समाधान गर्ने भन्ने सार्थक उपाय खोज्नुपर्ने बताए । उनले वर्तमान सरकार कुनै पनि नीति बनाउँदा र निर्णय गर्दा सम्बन्धित क्षेत्रसँग छलफल गरेर मात्रै निर्णय गर्ने पक्षमा रहेको बताए ।
उनले सरकार साना उद्योगका समस्या केलाएर निवारणका लागि लाग्ने पनि बताए । उनले एसएमई क्षेत्रमा नीतिगत अस्पष्टता भए ती क्षेत्रहरूको पहिचान गरी मन्त्रालयलाई बुझाउन पनि आग्रह गरे । उनले प्रक्रियागत रूपमा देखिएका झन्झटहरूलाई समेटेर सेवाप्रवाह चुस्त बनाउन, पारदर्शी तुल्याउन सरकारलाई आवश्यक सुझाव दिन पनि निजी क्षेत्रसँग आग्रह गरे ।
उनले भने, ‘आकारमा सानो तर योगदानमा ठूलो यो क्षेत्र लघु तथा घरेलु साना र मझौला उद्योगको क्षेत्रलाई कसरी प्रवद्र्धन गर्न सक्छौं । यो क्षेत्रका समस्या कसरी सम्बोधन गर्न सक्छौं र सबैभन्दा सार्थक उपाय हामी खोज्न सक्छौं । त्यो धेरै महत्त्वपूर्ण छ । यो सम्मेलन समस्या केन्द्रित होस् । सरकार कुनै पनि क्षेत्रको नीति निर्माणका सन्दर्भमा कुनै पनि क्षेत्रका निर्णयका सन्दर्भमा सरकारले वा नीति निर्माताहरूले, निर्णयकर्ताहरूले निर्णय गर्ने र नीति अघि सार्ने र त्यो इम्पोज गर्न यो सोचबाट बाहिर आउन चाहन्छौं । हामी कुनै पनि नीतिगत निर्णयमा पुग्नुभन्दा अघि कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुअघि सम्बन्धित समुदायसँग बसेर छलफल गर्न, सुझाव सुन्न चाहन्छौं र त्यही सुझावको आधारमा सही निष्कर्षमा पुग्न, ती निर्णयको कार्यान्वयन होस् भन्ने चाहन्छौं । यो वर्तमान सरकारको दृष्टिकोण छ । साना उद्योगका समस्याहरूलाई बुझ्नका लागि हामी लागिपर्नेछौं । नीतिगत अस्पष्टता छ भने यहाँहरूले छान्नुभएको छ भने मैले छैन भनेर प्रतिवाद गर्दिन तर तर कुन–कुन प्रश्नमा नीतिगत अस्पष्टता छ र कस्तो नीतिगत स्पष्टताको अपेक्षा गर्नुभएको छ, यो विषयमा पनि केही निष्कर्ष निस्कियोस् । प्रक्रियागत झन्झटको समस्यालाई हाइलाइट गर्नुभएको छ, प्रक्रियागत रूपमा साँच्चिकै धेरै झन्झटहरू छन्, हाम्रा निर्णयका तरिकाहरूमा निर्णय कार्यान्वयनका तरिकाहरूमा झन्झटहरू छन् । यसले गर्दा आमनागरिकहरूसँगै लघु, घरेलु, साना तथा मझौला उद्योगको क्षेत्रमा सहभागीहरू पनि पीडित हुनुभएको छ । प्रक्रियागत झन्झट हटाउन र सेवाप्रवाह चुस्त बनाउन, पारदर्शी तुल्याउन के कस्ता तरिका हुन्छन्, ती सुझावहरू दिन पनि आग्रह गर्छु ।’
अर्थमन्त्री पौडेलले निजी क्षेत्रका कतिपय मागहरू सरकारले सम्बोधन गर्ने काम शुरू भइसकेको बताए । उनले कर बुझाउन जाँदा दुःख व्यहोर्नुपरेको अवस्थाको गुनासोलाई अब सरकारले सम्बोधन गर्ने पनि विश्वास व्यक्त गरे । उनले कर्मचारीहरूले कर बुझाउन जाँदा दिएका झन्झटहरूबारे मन्त्रालयलाई जानकारी गराउन समेत निजी क्षेत्रसँग आग्रह गरे । उनले राज्यका कुनै पनि निकायले नागरिकलाई हैरान बनाउने काम गर्न नहुने भन्दै दुःख दिएको पाए कारबाहीको दायरामा ल्याउने बताए । आर्थिक क्षेत्रमा देखिएका समस्यालाई सरकार र अर्थ मन्त्रालयको मात्र समस्या नठानेर सबैको समस्याका रूपमा लिन पनि निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
रुपन्देहीको एउटा गाउँपालिकाले कृषि मिटर जडान गरी विद्युत्को महसुल तिरिदिने निर्णय गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा रहेको कोटहीमाई गाउँपालिकाले सिँचाइ समस्या समाधानका लागी सो निर्णय गरेको जनाएको छ ...
नेपालमा गहुँ आयात हुन नसक्दा बजारमा मैदाको चरम अभाव हुन थालेको छ । भारत सरकारले ३० वैशाख २०७९ मा गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव देखिएको नेपाल मैदा उद्योग संघले जानका...
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार सम्हालेको ११ माघमा एक महिना पूरा भएको छ । अर्थमन्त्रीको रूपमा पौडेल आएपछि आमनागरिक र निजी क्षेत्रको अपेक्षा एकाएक बढेको थियो । हुन त मन्त्री तथा प्रधानमन्त्रीको...
कृषि प्रधान देश नेपालमा मलकै हाहाकार बर्सेनि दोहोरिरहन्छ । मल नपाएर किसान आन्दोलित हुनुपर्ने, मलकै कारण उत्पादन कम हुने र सरकारलाई बर्सेनि टाउको दुखाइको विषय मलको सहज आपूर्ति कसरी गराउने भन्नेमा हुने गरे...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको ३१० र अंगुर हरियोको १९० रुपैयाँ प्रतिकिलो औसम मूल्य रहेको छ । यसैगरी ...
अर्थ मन्त्री विष्णु पौडेलले भन्सार कार्यालयहरूमा अनधिकृत गतिविधि नगर्न निर्देशन दिएका छन्। आज बिहान भन्सार विभागको कार्यालयमा भन्सारका व्यवसायीहरूसँग छलफल कार्यक्रममा त्यस्ता गतिविधि गर्नेहरूमाथि क...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...