माघ १९, २०७९
सर्लाहीमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय एक बालकको मृत्यु भएको छ। बुधबार साँझ ६ बजेतिर बरहथवा नगरपालिका–१६ सीतापुर कटानीमा भएको दुर्घटनामा भारतीय बालकको ज्यान गएको हो। कटानीस्थित ...
अपहरणपछि हत्या भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ र ८ पिडारीका दुई मृतक युवकका परिवारले गृहमन्त्री र प्रहरी प्रशासन विरुद्व जनकपुरधाममा प्रदर्शन गरेका छन् । आफूहरूले अपहरणकारीले फिरौती मागेको सम्बन्धी सम्पूर्ण जानकारी धनुषा प्रहरीलाई गराएको तर आइतबार प्रहरीले आफूहरू विरुद्व अभिव्यक्ति दिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।
मृतक परिवारले आफूहरूविरुद्ध कल रेकर्ड र डिटेल समयमै जानकारी नगराएको भनी प्रहरीले सञ्चार माध्यममा अभिव्यक्ति दिएपछि उनीहरू आक्रोशित भएका हुन् । प्रहरीले समयमै ध्यान र सक्रियता देखाउन नसक्दा आफूहरूको आफन्त अपहरणकारीले हत्या गरेको परिवारजनले आरोप लगाएका छन् । जनकपुरधाम ढल्केवर मुख्य सडक खण्डको पिडारी चोकमा यातायात अवरुद्व गर्दै गृहमन्त्रीविरुद्व नाराबाजी गरिएको थियो ।
युवाको हत्या गरी फरार भएका हत्यारालाई अनुसन्धानको दायरामा ल्याई कडा कारबाही गर्न स्थानीयले प्रशासनसँग माग गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने जगदिश साहका २२ वर्षीय छोरा रोहित र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २५ वर्षीय छोरा विष्णुको हत्या गरिएको अवस्थामा आइतबार बिहान भारतको बिहार राज्यको परिहारस्थित पर्सा गाउँको पश्चिमतर्फको चौरमा शव फेला परेको थियो । दुई साता अघि दुवै भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफ्ना आफन्तको घर गएका थिए ।
त्यहाँबाट गत पुस २७ गते एकाएक बेपत्ता भएका दवै जनाको परिवारलाई अपरहरणकारीले गत सोमबारसम्म भारतीय नम्बरबाट फोन गरी रु ५० लाख फिरौती मागेको थियो । अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए । परिवारले अपहरणकारीलाई २० लाख दिन राजी पनि भएका थिए । अपहरणकारीले रु २० लाख लिएर सर्लाहीको मलङ्गवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गरायो ।
गत मङ्गलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको थियो । धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले अपहरणको जानकारीपश्चात भारतीय प्रहरीसँग समन्वय गरेर स्थानीय प्रशासन खोजतलासमा सक्रियपूर्वक लागेको बताए ।
सर्लाहीमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय एक बालकको मृत्यु भएको छ। बुधबार साँझ ६ बजेतिर बरहथवा नगरपालिका–१६ सीतापुर कटानीमा भएको दुर्घटनामा भारतीय बालकको ज्यान गएको हो। कटानीस्थित ...
मानव बेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर उदयपुरगढी गाउँपालिका-२ घर भई टोखा नगरपलिका-३ बस्ने ४४ वर्षीय रवि थापा म...
कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा उनीसहित चार जनालाई आज प्रहरीले पक्राउ गरेको जनाएको छ। ...
पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा रक्सीले मातेका एक श्रीमानले आफ्नो श्रीमतीमाथि कुकर प्रहार गरेर घाइते बनाएका छन् । पृथ्वीचोक बसपार्कमा रहेको कृष्ण टोलका विरबहादुर विकले श्रीमती हरिमाया विकलाई निर्घात कुटपिट गर...
कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतिबस्तीमा म.२ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बेलौरी नगरपालिका–५ बस्ने ५० वर्षीय महात्मा चौधरीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भी...
घर नजिकै प्रहरी कार्यालय छ भने हामी ढुक्कले सुत्न पाउँछौं । छिमेकीको जग्गासाँधमा समस्या आयो भने प्रहरीलाई गुहार्छाैं । बाढी पहिरोमा उद्धारका लागि पनि प्रहरी नै गुहार्छौं । तपाईंहरूले शहर बजारमा प्रहरी...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...