×

NMB BANK
NIC ASIA

कर्णाली : दुई साता बित्यो मन्त्रीहरूले पाएनन् जिम्मेवारी, संसद बैठक पनि अनिश्चित

माघ १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (एमाले) र माओवादी केन्द्रबीच सहमति नहुँदा कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको छ ।

Muktinath Bank

मन्त्रिपरिषद्लाई पूर्णता र कार्यविभाजन गर्ने विषयमा दुई दलबीच लगातार भइरहेका छलफल विनानिष्कर्ष टुंगिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्रका नेता राजकुमार शर्मा एमाले, राप्रपा र एकीकृत समाजवादीका सांसदको सहयोगमा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


Advertisment
Nabil box
Kumari

भोलिपल्ट दुई मन्त्रीसहित उनले पद तथा गोपनीयताको शपथ लिएका थिए । एमालेबाट विनोदकुमार शाह र माओवादी केन्द्रका मंगलबहादुर शाही अझैं विना विभागीय छन् ।

Vianet communication
Laxmi Bank

दुई साता बितिसक्दासमेत मन्त्रीद्वयले जिम्मेवारी पाएका छैनन् । मन्त्रालयको जिम्मेवारी मात्र नभई उनीहरूलाई प्रदेश सरकारले आवाससमेत उपलब्ध गराएको छैन ।

मन्त्रालयको टुंगो लगाउन नसक्दा मुख्यमन्त्री कार्यालयले आवासको व्यवस्थापन गर्न नसकेको जनाएको छ ।

आवास भवनहरू सम्बन्धित मन्त्रालयको नाममा भएकाले विनाविभागीय मन्त्रीलाई तत्काल व्यवस्थापन गर्न नसकेको मुख्यमन्त्री कार्यालयको भनाइ छ ।

मन्त्रीहरूले जिम्मेवारी नपाउँदा पार्टी कार्यालय र मुख्यमन्त्री कार्यालयमै आउजाउ गरेर समय बिताउने गरेका छन् ।

मन्त्रिपरिषद् विस्तार र मन्त्रीहरूको कार्य विभाजन हुन नसक्दा मुख्यमन्त्री शर्माले सात वटा मन्त्रालयको नेतृत्व आफैले सम्हालेका छन् ।

मन्त्रिपरिषद्लाई पूर्णता दिएर संसदलाई आवश्यक बिजनेश दिनुको साटो सत्ता साझेदार दलहरूले अनावश्यक समय गुजारेका छन् ।

सभामुख र उपसभामुख निर्वाचन गरेर संसद बैठक स्थगित गरिएको छ । कर्णालीमा गठबन्धनमा एमाले, माओवादी केन्द्र र राप्रपामात्र छन् । ७ मन्त्रालय रहेको यहाँ सत्ता साझेदार दलका २४ सांसद छन् ।

मुख्य र आकर्षक मन्त्रालयमा एमाले र माओवादी केन्द्र दुवैले दाबी गरेका छन् । राप्रपाले आफूले पनि मन्त्री पाउनुपर्ने माग राख्दै आएको छ ।

यहाँ राप्रपाका एक सांसद छन् । तर सत्ता साझेदार प्रमुख दुई दल राप्रपालाई मन्त्रालय दिन तयार छैनन् ।

राप्रपालाई संसदीय समितिको नेतृत्व या राज्यमन्त्री दिएर सत्ता गठबन्धनमा सहभागी गराउने मनसाय ती दलको छ ।

तर एमाले माओवादी केन्द्रको उक्त प्रस्तावप्रति राप्रपाले आपत्ति जनाइसकेको छ ।

आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालयमा एमाले–माओवादी केन्द्रको अडान छ ।

मुख्यमन्त्री नियुक्त हुनुअघि एमाले र माओवादी केन्द्रबीच ३/३ मन्त्रालय लिने सहमति जुटेको थियो ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज कालीबहादुर मल्लले मंगलबार साँझसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताए ।

‘बैठक बसिरहेका छौं, अब छिट्टै टुंगोमा पुग्छौं,’ उनले भने । एमाले प्रदेश कमिटी अध्यक्ष एवं विना विभागीयमन्त्री विनोदकुमार शाहले मंगलबार साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा आफू आशावादी रहेको र वार्ता सकारात्मक रूपले भइरहेको बताए ।

मन्त्रालयको संख्या घटाइयो

कर्णाली प्रदेशमा शुरुआती चरणकै मन्त्रालय कायम राखिने भएको छ ।

नेकपा विघटनपछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्केपछि बनेको सत्ता समीकरण कांगे्रस–माओवादी पाँचदलीय गठबन्धनले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ऊर्जा र जलस्रोतलाई अलग गरेको थियो ।

माओवादी केन्द्रका नेता राजकुमार शर्मालाई मुख्यमन्त्रीमा सर्मथन गर्नुअघि एमालेले मन्त्रालयको संख्या घटाउनुपर्ने शर्त राखेको थियो ।

सोही शर्तअनुसार दुई दलबीच चारबुँदे सहमति भएपछि शर्मा मुख्यमन्त्री बनेका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा गाभ्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् निर्णयबमोजिम प्रदेश सरकारले उक्त निर्णय राजपत्रमा प्रकाशन गरिसकेको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x