चैत ९, २०७९
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलको बैठक बिहीबार दिउँसो बस्दैछ । पछिल्लो समयमा फेरिएको राजनीतिक समीकरणका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । लुम्बिनी प्रदेशमा माओवादी केन्...
बागमती प्रदेशले दोस्रो कार्यकालको शुरुआती चरणमा मन्त्रालयहरू घटाएर अनावश्यक व्ययभार घटाउने भएको छ ।
प्रदेशमा चौथो मुख्यमन्त्री रूपमा गत पुस २६ गते शपथ ग्रहण गरेलगत्तै शालिकराम जम्कट्टेलले मन्त्रालयहरू घटाउन कार्यदल गठन गरेका थिए ।
मुख्यसचिव मुकुन्द निरौलाको संयोजकत्वमा ५ सदस्यीय कार्यदलले अन्तत प्रदेशका मन्त्रालयहरू घटाएर ९ वा ११ वटा मात्र बनाउन मुख्यमन्त्री जम्कट्टेललाई प्रतिवेदन बुझाएका छन् ।
प्रदेशका मुख्यसचिव निरौलासहित आन्तरिक तथा कानुन मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव तथा कानुन र प्रशासन हेर्ने सचिव रहेको कार्यदलले आज प्रतिवेदन बुझाएको हो ।
प्रदेशका मुख्यसचिव निरौलाले मुख्यमन्त्री जम्कट्टेललाई प्रतिवेदन हस्तातरण गर्दे बागमती प्रदेशमा ११० जना प्रदेशसभा सदस्य रहेको र संविधानतः पनि २० वटासम्म मन्त्रालयहरू बनाउन मिल्ने भएता पनि प्रदेशको काम र व्ययभारका आधारमा ९ वा ११ वटा मन्त्रालय बनाउन प्रतिवेदमा उल्लेख गरेको बताए ।
प्रतिवेदन बुझदै मुख्यमन्त्री जम्कट्टेले जनतामा प्रदेश प्रति क्रमश वितृष्णा पैदा भइरहेको र अनावश्यक रूपमा मन्त्रालय थप्दा प्रदेशको व्ययभार पनि बढेको बताए ।
उनले भने, 'सुझावसहित प्रतिवेदन प्राप्त भएको छ । आजै मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रतिवेदनको आधारमा निर्णय गर्नेछौं ।'
यसअघि बागमती प्रदेशमा १४ मन्त्रालय रहेका थिए ।
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलको बैठक बिहीबार दिउँसो बस्दैछ । पछिल्लो समयमा फेरिएको राजनीतिक समीकरणका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । लुम्बिनी प्रदेशमा माओवादी केन्...
दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ । नेविसंघका मनोज डिसीले अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई हराउँदै निर्वाचित भए। ...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० दलीय गठबन्धनलाई खण्डित गर्ने रणनीतिमा एमाले नलाग्ने बताएका छन् । प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा माओवादी केन्द्रलाई लक्ष...
गाउँपालिका महासंघ सुदूरपश्चिमको दोस्रो अधिवेशनबाट लोकेन्द्रबहादुर शाहीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित डोटीको केआईसिंह गाउँपालिकाका अध्यक्ष शाही अध्यक्षमा निर्वाचि...
त्रिभुवन विश्वविद्यालयका केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि निर्वाचन प्रक्रिया क्याम्पसले शुरु गरेका छ...
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनका दलहरूलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि स...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...