माघ १८, २०७९
भारतले आज बजेट सार्वजनिक गर्दै विद्युतीय गाडी सस्तो बनाउने नीति लिएको छ । भारतको बजेटले विद्युतीय उपकरण तथा ऊर्जामा आधारित सवारीसाधान सस्तो बनाएको छ । भारतले मोबाइल फोनको उत्पादन बढाउनका उपकरण तथा कच्...
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।
मुलुकको अर्थतन्त्रको अवस्थालाई ध्यानमा राख्दै सरकारी कार्यालयले मात्रै नभएर सार्वजनिक संस्थाहरुले पनि आर्थिक मितव्ययिता अपनाउन आवश्यक रहेको उनको भनाइ छ । सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता, फजुल खर्च कटौति र स्रोतको परिचालनमा ध्यान केन्द्रित गर्नुपर्ने अवस्थामा रहेको भन्दै बैंकहरुले पनि त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
अर्थमन्त्री पौडेलले पारदर्शीता, इमान्दारिता, व्यवसायिक क्षमता दक्षताका आधारमा नै सार्वजनिक संस्थानहरुको उन्नती हुने बताए । सार्वजनिक संस्थानहरुमा राजनीतिक हस्तक्षेपबाट बाहिर निकाल्ने पनि उनको भनाइ छ ।
सार्वजनिक संस्थानमा व्यावसायिक दृष्टिकोणले बजारमा भएका सक्षम पात्रहरुलाई प्रतिष्पर्धाका माध्यमबाट व्यवस्थापनको जिम्मावार दिनुपर्ने उनले बताए । अर्थमन्त्रालयको जिम्मेवारीमा रहँदासम्म सरकारका तर्फबाट बैंक, राष्ट्र बैंक वा अन्य संस्थानहरुमा कसैप्रति पनि सरकारको तर्फबाट कुनैपनि राजनीतिक हस्तक्षेप नहुने उनले प्रष्ट पारे ।
अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रमा केही समस्या र चुनौतीहरुको चाप रहेको बताए । सरकारले राजश्व परिचालन, पुँजीगत खर्च, बैंकहरुमा लगानीयोग्य रकम तरलता सहजता बनाउनुपर्ने र बैंककोे ब्याजमा वाञ्छित सीमामा राख्नुपर्ने चुनौति रहेको बताए । सरकारले माग र आपूर्तिका बीचमा रहेका समस्या समाधान गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
अर्थतन्त्रलाई चलायमान बनाउन, उद्यमशीलता विकास गर्न, रोजगारी सिर्जना गर्न र आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न बैंकको महत्वपूर्ण भुमिका रहेको उनको भनाइ छ । सरकार उच्च किसिमको आर्थिक वृद्धि गर्न प्रतिवद्ध रहेको उनले बताए ।
मन्त्री पौडेलले अहिलेका अर्थतन्त्रको चुनौति सामना गर्न बैंकको सकारात्मक र रचनामत्मक भुमिका रहने अपेक्षा गरे । सरकारको लगानी भएका बैंक आफ्नो मुनाफामा मात्रै केन्द्रित हुन नहुने उनको सुझाव छ ।
भारतले आज बजेट सार्वजनिक गर्दै विद्युतीय गाडी सस्तो बनाउने नीति लिएको छ । भारतको बजेटले विद्युतीय उपकरण तथा ऊर्जामा आधारित सवारीसाधान सस्तो बनाएको छ । भारतले मोबाइल फोनको उत्पादन बढाउनका उपकरण तथा कच्...
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मकाउले नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ । मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँचबुँदे ध्यानाकर्षण पत्...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरुलाई नकस्न बैंकहरुसँग आग्रह गरेका छन् । बुधवार आर्थिक मिडिया सञ्चालक संघ नेपालले काठमाडौंमा गरेको अर्थतन्त्रका चुनौति र समाधानका उपाय व...
अर्थ मन्त्रालयले मंगलवार वार्षिक करीब साढे २४ अर्ब रुपैयाँ खर्च कटौती गर्ने सहितको निर्णय गरेको छ । सार्वजनिक निकाय तथा सरकारी बजेटबाट हुने खर्चमा मितव्ययिता कायम गर्न अर्थ मन्त्रालयले खर्च कटौतीका लागि विभिन्न ...
नेपाल राष्ट्र बैंकले बिहीबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसा रहेको छ । यसैगरी युरोपियन युरो एकको ...
झापाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ । गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...