माघ १६, २०७९
आज सुदूरपश्चिम र कर्णाली प्रदेशको एक दुई ठाउँमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैगरी प्रदेश १, मधेस र बागमती प्रदेशमा पनि आंशीक बदली रहने छ । देशभर पश्चिमी वायुको सामान्य ...
काभ्रेपलाञ्चोकको पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गरिँदै छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।
पाँचखाल नगरपालीकाका नगरप्रमुख महेश खरेलका अनुसार मुलुकमै पहिलो पटक पाँचखाल नगरपालिका–७ मा महिला तथा कृषिलाई केन्द्रित गरी औद्योगिक ग्राम सञ्चालन गर्न लागिएको हो । “मुलुकको आर्थिक क्षेत्रमा महिला उद्यमीको ठूलो भूमिका छ”, उनले भने। हरित औद्योगिक ग्राम स्थापना गर्न स्थानीय तहले दक्षिण एसियाली महिला विकास मञ्चसँग सहकार्य गरेको छ ।
स्थानीय उत्पादन र कच्चा पदार्थको प्रयोगमा जोड दिन सो कार्यक्रमले महिला उद्यमशिलता विकास र आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमाया दनुवार बताउँछिन् । यसका लागि पाँचखाल–७ मा ९८ रोपनी जग्गा २५ वर्षका लागि उपलब्ध गराउने योजना छ । औद्योगिक ग्राम सञ्चालनपछि रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने नगरप्रमुख खरेलले बताए ।
हरित ग्राम निर्माणका लागि पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासङ्घ, नेपालबीच २०७६ भदौमा त्रिपक्षीय सम्झौता भएको हो । प्रारम्भिक चरणमा रु ६० लाख विनियोजन गरिएको थियो । बागमती प्रदेशका सङ्घीय अनुदान प्राप्त स्थानीय तहमा औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत चार जिल्लाका पाँच स्थानीय तहमा आर्थिक वर्ष २०७६÷७७ मा सरकारले औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको थियो । त्यसअनुसार काभ्रेपलाञ्चोकमा तीन तथा मकवानपुर, दोलखा र चितवनमा एक÷एक औद्योगिक ग्राम निर्माण गर्न सरकारले ९२ लाख बजेट छुट््याएको थियो । रासस
आज सुदूरपश्चिम र कर्णाली प्रदेशको एक दुई ठाउँमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैगरी प्रदेश १, मधेस र बागमती प्रदेशमा पनि आंशीक बदली रहने छ । देशभर पश्चिमी वायुको सामान्य ...
कर्णालीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अहिलेको अवस्था भनेकै जनताको अवस्था परिवर्तन भएको बताएका छन् । प्रेस सेन्टर नेपाल १९औँ स्थापना दिवसका अवसरमा उक्त सङ्गठनको कर्णाली प्रदेश समितिद्वारा आज राजधा...
विराटनगर महानगरपालिका –६ र ११ को सिमानास्थित केशलीया नहरबाट करिब १८ केजी अवैध लागूऔषध गाँजा आइतबार प्रहरीले बरामद गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको चेकिङ टोलीलाई पूर्व...
गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ । आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको हिमपातले यहाँको दृश्य निकै मनमोहन बनेको ...
कर्तव्य ज्यान मुद्दाका फरार २ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका –१ बस्ने ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षीय बहादुर तामाङ रहेका छन्...
सुखिपुर नगरपालिका –८ बस्ने राजेश चौधरीको कोल्ड स्टोर सप्लायर्सबाट बिभिन्न कम्पनीको रक्सी चोरी गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुखिपुर नगरपालिका &n...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...