माघ १६, २०७९
विराटनगर महानगरपालिका –६ र ११ को सिमानास्थित केशलीया नहरबाट करिब १८ केजी अवैध लागूऔषध गाँजा आइतबार प्रहरीले बरामद गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको चेकिङ टोलीलाई पूर्व...
पहिलो चरणको काम पूरा भएको तीन वर्ष पुग्नै लाग्दा पनि तुलसीपुर बसपार्क निर्माणको दोस्रो चरणको काम अघि बढ्न सकेको छैन । बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको बताइएको छ ।
रु ३४ करोडको लागतमा बसपार्क निर्माण गर्न गुरुयोजना तयार भएको थियो । तुलसीपुर उपमहानगरपालिकासँग पर्याप्त बजेट भएन । त्यसैले बिभिन्न चरणमा काम गर्ने गरी निर्माण थालिएको थियो । पहिलो चरणमा नगर विकास समितिबाट रु १० करोड ५० लाख ऋण लिएर बसपार्क निर्माणअघि बढाइएको थियो । नगर विकास कोषले २०७४ सालमा ९० प्रतिशत ऋण र १० प्रतिशत अनुदानमा बजेट उपलब्ध गराएको थियो ।
“पहिलो चरणमा एक तलाको टर्मिनल भवन, ५२ व्यापारिक सटर, सार्वजनिक शौचालय तथा सडक र सडकबत्ती निर्माण ग¥यौँ”, उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीले भने । उक्त काम २०७६ सालमै सम्पन्न भएको थियो । “बजेट अभावले दोस्रो चरणको काम अघि बढ्न सकेको छैन”, उनले भने, “बाँकी काम रु २४ करोडमा नभ्याउने अवस्था छ। बजेट जुटाउनुपर्ने देखिन्छ ।”
उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट काम गर्ने सम्भावना नभएपछि कार्यपालिकाले नगर विकास समितिसँग ऋण माग गर्ने निर्णय गरेको छ । छैटौँ कार्यपालिका बैठकले दोस्रो चरणको कामका लागि ऋण माग गर्ने निर्णय गरेको हो । टर्मिनल भवनलाई तीन तला बनाउनुपर्ने, सडकबत्ती जडान गर्नुपर्ने, क्लब टावर, कम्पलेक्स निर्माण, ढल निकास, पम्प व्यवस्थापन, पार्किङस्थल व्यवस्थापनलगायतका काम अझै बाँकी छन् । पाँच बिघा क्षेत्रफलमा उक्त बसपार्क निर्माण गरिँदै छ ।
यातायात व्यवसायीले भने संरचना निर्माण संरचना निर्माण गर्न आफूहरूबाट कर उठाएको बताएका छन् । पार्किङ शुल्क पनि बढी लिने गरेको व्यवसायीको गुनासो छ । अझै पेट्रोलपम्प, क्यान्टिन, टर्मिनल भवन, यात्रु प्रतिक्षालय, स्वास्थ्य जाँच, सिसी क्यामेरा, ग्रिनपार्क, शौचालयलगायतको उचित व्यवस्थापन हुनसकेको उनीहरुको आरोप छ ।
विसं २०५३ अघि हाल उपमहानगरपालिकाको कार्यालयभन्दा दक्षिणतर्फको पार्कमा तुलसीपुर बसपार्क थियो । सो बसपार्क २०५३ फागुनमा पातुखोलाको किनारमा स्थानान्तरण गरिएको थियो । त्यसको २१ वर्षपछि आधुनिक बसपार्क निर्माण सुरु भएको हो । निर्माणको जिम्मा शिवशक्ति कन्स्ट्रक्सनले लिएको हो । रासस
विराटनगर महानगरपालिका –६ र ११ को सिमानास्थित केशलीया नहरबाट करिब १८ केजी अवैध लागूऔषध गाँजा आइतबार प्रहरीले बरामद गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको चेकिङ टोलीलाई पूर्व...
संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज काठमाडौँ आइपुगेकी छन्। दुईदिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने यहाँस्थित अमेरिकी रा...
आज सुदूरपश्चिम र कर्णाली प्रदेशको एक दुई ठाउँमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैगरी प्रदेश १, मधेस र बागमती प्रदेशमा पनि आंशीक बदली रहने छ । देशभर पश्चिमी वायुको सामान्य ...
भक्तपुरको जगातीमा आइतबार गरिएको चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २५ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । १ सय ५ भन्दा बढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाईटहरु द...
वर्दिया प्रहरीले फरार सूचीका प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष पेश गरेको छ । प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी हिक्मतबहादुर बोहराका अनुसार मधुवन नगरपालिका ९ का मानबहादुर बाठालाई आइतबार प्रहरीले पक्...
कर्णालीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अहिलेको अवस्था भनेकै जनताको अवस्था परिवर्तन भएको बताएका छन् । प्रेस सेन्टर नेपाल १९औँ स्थापना दिवसका अवसरमा उक्त सङ्गठनको कर्णाली प्रदेश समितिद्वारा आज राजधा...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...