×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : संसद् भवनअगाडि आत्मदाहदेखि जर्किनमा पेट्रोलियम पदार्थ बेच्न रोकसम्म

माघ ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन जना बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् । मंगलबार सम्पन्न मन्त्रिपरिषद् बैठकले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
००००
गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले मंगलवार शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ मन्त्रीलाई शपथ गराएका हुन् । मुख्यमन्त्री खगराज अधिकारीले मंगलवार नै मन्त्रिपरिषद विस्तार गरेका थिए । ७ सदस्यीय मन्त्रिपरिषदमा माओवादीका हरि चुमानले भौतिक पूर्वाधार विकास र यातायात मन्त्रालय पाएका छन् । एमालेका रोशन गाहालाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मा दिइएको छ ।
००००
कर्णाली प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डा विषय टुंगिएको छ । दुई साताअघि नै दुई दलले मुख्यमन्त्रीबाहेक बाँकी तीनरतीन मन्त्रालय लिने सहमति भए पनि कुन मन्त्रालय कसले लिने भन्ने विषय मंगलबार टुंगो लगाइएको हो ।

Muktinath Bank

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज कालीबहादुर मल्लले मन्त्रालय भागबण्डाबारे दुई दलबीच लिखित सहमति भएको जानकारी दिए ।
उनका अनुसार एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले लिने भएका छन् ।
००००
बागमती प्रदेश सरकारले बुधबार पूर्णता पाउने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पूर्णता दिने निर्णय गरेको हो ।
उक्त बैठकले प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने निर्णय समेत गरेको छ । गत पुस २६ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय घटाउने निर्णय गरेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ५ सदस्यीय कार्यदल समेत गठन गरेका थिए ।
००००
लुम्बिनीमा रिक्त रहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेले रोल्पाका कुमार दशौदीलाई उम्मेदवार बनाउने भएको छ । उपनिर्वाचन माघ २५ गते हुँदै छ ।
००००
बानेश्वरस्थित संसद् भवनअगाडि एक व्यक्तिले मंगलवार आफैंलाई आगो लगाएका छन् । झोलामा बोकेर ल्याएको प्रज्ज्वलनशील पदार्थ खन्याएर उनले शरीरमा आगो लगाएका हुन् । जल्दै गरेको अवस्थामा उनलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएपनि उपचारका क्रममा निधन भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 यसैबीच प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्नलाई रोक लगाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरेर काठमाडौँमा सञ्चालित पेट्रोल पम्पहरूलाई जर्किन तथा बोतलमा पेट्रोलियम पदार्थ विक्रीवितरण गर्न रोक लगाएको हो । 


Advertisment
Nabil box
Kumari

काठमाडौँमा सञ्चालित केही पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको काठमाडौँ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसरकाठमाडौँ ले जारी गरेको सूचनामा भनिएको छ, ‘पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपामा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुनेछ ।’ 
असुरक्षित बिक्री र ओसार पसार गर्दा आगलागी हुने र भौतिक क्षति हुने हुनाले सो विषय सुरक्षा संवेदनशीलतासँग जोडिएको प्रहरीको भनाइ छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता र खर्चिलो र भड्किलो भएपछि यसमाथि प्रश्न उठेको भन्दै यसमा सुधार आउने बताएका छन् । संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले आफू तेस्रोपटक प्रधानमन्त्री भएदेखि नै संघीयतामा देखिएका कमजोरीलाई सुधार्न लागेको बताएका हुन् । 
००००
कांग्रेस नेता रामचन्द्र पौडेलले निराशाको कालो बादललाई फाल्न राष्ट्रिय एकता गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता पौडेलले अति दलबन्दीबाट लोकतन्त्र जकडिएको भन्दै कांग्रेस र कम्युनिस्ट मिलेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।
००००
नेकपा एमालेका सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतो आफ्नो पार्टीको सम्पर्कमा नरहेको भन्दै गृह प्रशासनलाई पक्राउ गर्न चुनौती दिएका छन्। 
संसदको बैठकमा सांसद महासेठले सोधे, ‘साँच्चै नै लक्ष्मी महतो अपराधी नै हो त । अपराधी हो भने वर्तमान सरकार लक्ष्मी महतोलाई सम्मानित र प्रतिष्ठित पदकबाट सरकारले सिफारिस गरेर किन दिएको । त्यो बेला अपराध हेर्नुभएन ? पहिलेको सरकारले लक्ष्मी महतोको मुद्दा आजको होइन। सात वर्षभन्दा बढी भइसक्यो असईको हत्या भएको।’
००००
बैंक तथा वित्तीय संस्थाहरूले मंसिर मसान्तसम्ममा ४८ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छन् । बैंकहरूले ५३ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर यस्तो कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकले जारी गरेको २०७९ माघ ४ गतेसम्मको तथ्यांकले देखाएको छ ।

Vianet communication
Laxmi Bank

राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा मंसिर मसान्तसम्ममा संकलन भएको निक्षेप तथा कर्जा प्रवाहको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले मात्रै ४७ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस्तो निक्षेपबाट वाणिज्य बैंकहरूले मात्रै ४२ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।
००००
मंगलवार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजारले बढेर सुनको मूल्यमा १ लाख ६ हजार ३०० कायम नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए ।
००००
मंगलबार दिउँसो बाजुरा केन्द्रविन्दु बनाएको गएको भूकम्पमा परेर एक जनाको मृत्यु भएको छ। गौमुल गाउँपालिका २ का अन्दाजी ३५ वर्षीया जमुना रोकायाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 
मंगलबार बाजुरालाई केन्द्रविन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो। जसको धक्का सुदूरपश्चिमलगायत कर्णाली प्रदेशसम्म महसुस भएको थियो।
००००
नेपाली सेनाका एक जवान झुन्डिएको अवस्थामा फेला परेका छन् । ती जवान बालाजुस्थित रसुवा घर गेस्ट हाउसको एउटा कोठामा फ्यानमा झुन्डिएर मृत अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
००००
जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मनोज पाण्डेलाई दोषी ठहर गरेको छ । न्यायाधीश दीपक ढकालको इजलासले मंगलबार पाण्डेविरुद्ध बाल यौन दुव्र्यवहारको अभियोगमा दाबी पुग्ने ठहर गरेको हो । अदालतले सजाय भने अर्को पेसी तोकेर निर्धारण गर्ने भएको छ ।
००००
माघ १ गते कास्कीको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२–५००  जहाजबारे जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले दुर्घटनस्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डसहित कागजात सङ्कलन गरेको छ ।
००००
राष्ट्रिय टोलीका सदस्य मोहमद आदिल आलमले दुई खेलमा स्पट फिक्सिङ गरेबापत १२ लाख बुझेको खुलेको छ । आदिलसहित पूर्व राष्ट्रिय खेलाडी महबूब आलमलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उक्त तथ्य खुलाएको हो ।

महबूबले कम्तीमा २ नेपाली खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव गरेको खुलेको छ भने आदिल दुईवटा खेलमा फिक्सिङमा सामेल भएको पाइएको छ ।
सीआईबीका अनुसार आदिललाई एक खेलमा एउटा नो बल र एउटा वाइड फाल्न लगाइएको थियो । उनले खेलेका कम्तीमा दुई खेलमा सोही प्रकृतिको खेल देखिएको सीआईबीले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x