×

X
Nic Asia
Dabur
Prabhu Bank

खुलारूपमा पेट्रोलियम पदार्थ बिक्री नगर्न प्रहरीको अनुरोध

काठमाडाैं | माघ ११, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुला रूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गए राति सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुनेभएकाले बिक्री वितरण नगर्न अनुरोध गरेको हो । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पछिल्लो समय काठमाडौँका केही पेट्रोलपम्पबाट खुलारूपमा बोत्तल, जर्किनलगायत भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्री वितरण भएको भन्दै त्यसलाई तत्काल रोक्न पेट्रोलपम्प सञ्चालकलाई आग्रह गरेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

पेट्रोलपम्पबाट सिधैँ सवारीसाधनमा भर्नेबाहेक खुलारूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न, नगराउन सञ्चालकलाई सूचित गरिएको प्रहरीले जनाएको छ । मङ्गलबार दिउँसो एक युवाले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेपछि प्रहरीले उक्त सूचना सार्वजनिक गरेको हो । 

सुरक्षा संवेदनशीलताको सूचनाविपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम हैदसम्मको कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ । रासस


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १९, २०७९

नेपाल प्रहरीका ५३ एसपी र ११६ जना डीएसपीको आज सरुवा भएको छ।  माघ महिनाको तलबभत्ता सरुवा भएको दरबन्दी पाउनेगरी आज प्रहरी प्रधान कार्यालयले उनीहरूको सरुवा गरेको हो।   एसपी सरुवा सूची

माघ १९, २०७९

काभ्रेमा बसको ठक्करले ८ वर्षीया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले बस जलाइदिएका छन्।  आज दिउँसो बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद्ध नगरपालिका-७ स्थित २० किलो,भकुण्डेवेशीमा बालिकाला...

माघ १९, २०७९

दाङको तुलसीपुरमा बाहिरी चक्रपथ निर्माण हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीका अनुसार शीतलपुरबाट मजगैसम्मको बाहिरी चक्रपथ निर्माण गर्नका लागि अध्ययन गरिने भएको हो ।  उपमहानगरपा...

माघ १९, २०७९

मोरङको सुन्दरहरैँचा नगरपालिका– १० मा लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले विगत एक महिना अगाडि वन कार्यालयमा लगाएको ताला अझै खुल्न सकेको छैन। व...

माघ १९, २०७९

अर्थ मन्त्रालयले सहसचिवहरुको कार्यविभाजन गरेको छ। मन्त्रालयले बिहीबार कार्यविभाजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जानकारी दिएको छ।  जसअनुसार श्रीकृष्ण नेपाल आर्थिक सहायता समन्वय महाशा...

माघ १९, २०७९

मानव बेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर उदयपुरगढी गाउँपालिका-२ घर भई टोखा नगरपलिका-३ बस्ने ४४ वर्षीय रवि थापा म...

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

माघ १९, २०७९

– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

ad
x