×

NMB BANK
NIC ASIA

स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल

माघ १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गलकोट नगरपालिका –५ को हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाइएको छ । नगर अस्पतालको सबै मापदण्ड पूरा गर्न नगरपालिकाले दरबन्दी पूरा गर्ने, आवश्यक पूर्वाधार र सामग्रीको जोहो गर्ने तयारी गरेको छ । त्यसका लागि हालको जग्गा कम भएकाले दुई रोपनी जमिन थप गर्ने तयारीसमेत गरिएको वडा नं  ५ का अध्यक्ष पवन हमालले बताए । 

Sagarmatha Cement
Muktinath Bank

पन्ध्र शय्याको अस्पताल बनाउने तयारी पछि यहाँको संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता भएको हमालले जानकारी दिए । त्यसका लागि कम्तीमा दुई जना डाक्टर रहने व्यवस्थापन गरिएको छ । हाल दरबन्दीमा रहेका एकजना डाक्टरले मात्र सेवा प्रवाह नपुगेपछि अर्का डाक्टरको थप गर्न लागिएको हो । “छात्रवृत्ति करारमा आएका डा राजेश पौडेललाई नगरपालिकाले समेत सेवा थप गरेर राख्ने तयारी छ”, उनले भने, “नियमित डाक्टर बस्ने भएमा सेवाग्राहीमा पनि विश्वास बढेर नगर अस्पतालको गरिमा बढ्छ ।” गलकोट नगरपालिका वडा नंं ५ र ६ बाहेक ताराखोला गाउँपालिकालाई पायक पर्ने प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नति हुँदा गलकोट नगरपालिका भरका सेवाग्राहीले पनि सेवा लिन पाउने छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाले स्वास्थ्य मन्त्रालयलाई ‘ओएनएम’ सर्भे गरिदिन पनि आग्रह गरेको छ । यो अस्पतालमा नियमित उपचार सेवाबाहेक शल्यक्रिया सेवा पनि सञ्चालनमा छ । नगरपालिका र अस्पतालमा जानकारी नभई डाक्टर हिँड्ने प्रवृत्ति अन्त्य गर्न पनि अधिकांश नगरवासीले माग गरेका छन् । अस्पतालमा अहिले नै दैनिक ५० देखि ६० बिरामी आउने गर्छन् ।


Advertisment
Nabil box
Kumari

अस्पताल बन्नका लागि १५ शय्या, एक जना विशेषज्ञ डाक्टरसहित तीन डाक्टर, सुरक्षित प्रसूतिकर्मीलगायतको स्वास्थ्यकर्मीको दरबन्दी चाहिन्छ । औषधि र एम्बुलेन्सलगायतका साधन पनि प¥याप्त बनाएर अस्पताललाई चुस्त बनाउन लागिएको नगर उप्रमुख फमलाल निउरेले बताए । अमित बिल्डर्सले बनाएको केन्द्रको नयाँ भवनले अस्पताल सञ्चालनमा सहज भएको हो । अस्पताल भए पनि चाहिने अन्य पूर्वाधारका लागि भने जग्गा अभाव भएपछि नजकिको जग्गा व्यवस्थापन गर्न नगरपालिकाले चासो दिएको हो । 

Vianet communication
Laxmi Bank

मन्त्रालयका प्राविधिक आएर सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेपछि मात्रै सरकारले दरबन्दी र उपकरण दिने प्रक्रिया ‘ओएनएम’ हो । “ओएनएम सर्भे भयो भने पाइने सेवा सुविधाबाट गलकोट अस्पताल राम्रो चल्छ”, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देबप्रकास घिमिरेले भने, “आवश्यक स्थानमा सेवा प्रवाहमा चाहिने तालिमलगायतको सेवा कार्यालयले सहयोग गर्छ ।” हाल पाँच शय्या सञ्चालन भएको अस्पताललाई १५ पन्ध्र बनाउन लागिएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x